तब राजा रहबामले अग्रज मानिसहरूसित कुरा-कानी गरे जसले पहीला तिनका पिता सुलेमानका सेवा गरेका थिए। रहबामले तिनीहरूलाई भने, “ती मानिसहरूलाई के भन्ने सल्लाह तपाईंहरू मलाई दिनुहुन्छ?”
Cross references
अब्शालोमले अहीतोपेललाई भन्छन्, “कृपया अब हामीले के गर्नु पर्छ भन।”
तर अब्शालोमले भने, “अहिले एरेकी हूशैलाई बोलाऊ। म उसलाई पनि सोध्छु, उसले के भन्छ सुनौं।”
बूढा-प्रधानहरूलाई सोधखोज गर, तिनीहरूका पिता-पुर्खाहरूले के सिके।
हामी भन्छौ, ‘ज्ञान बूढापाकाहरूमा नै पाइन्छ लामो जीवनले बुद्धि ल्याउँछ।’
म स्वयंले सोचें, ‘बूढा मानिसहरू पहिला बोल्नु पर्छ। बूढा मानिसहरू धेरै लामो बाँचे। यसकारण तिनीहरूले धेरै कुराहरू सिके।’
एक मूर्खले उसले जे गर्छ त्यसैलाई ठीक सोच्छ तर एक ज्ञानीले अरूबाट उपदेश लिन्छ।
उपदेश सुन अनि अनुशासीत भई बस। यस प्रकार अन्त्यमा तिमी ज्ञानी हुनेछौ।
आफ्नो साथी अनि बाबुको साथीलाई कहिल्यै नभूल्नु। आपद आइलागेको समयमा भाइ भनी टाडो सहायता माग्न नजानु कारण टाडाको भाइ भन्दा छिमेकी नै उपयोगी हुन्छ।
ती सबै जनाले अगमवक्ता यर्मियालाई भने, “हाम्रो नम्र बिन्ति ग्रहण गर्नुहोस् र हाम्रा निम्ति तथा बाँचेका यी मानिसहरूको लागि परमप्रभु तपाँईंका परमेश्वरसित प्रार्थना गरिदिनु होस्। एकपल्ट हामीहरू बहुसंख्यामा थियौ तर अहिले तपाईं देख्नु हुन्दैछ हामी केही मात्र बाँचेका छौं।
तिमीहरूले गल्ती गरिरहेका छौ जुन गल्ती तिमीहरूकै मृत्युको कारण बनिनेछ। तिमीहरूले मलाई परमप्रभु तिमीहरूका परमेश्वरकहाँ पठायौ र भन्यौ, ‘हाम्रो लागि परमप्रभु हाम्रा परमेश्वरसंग प्रार्थना गरिदेऊ अनि परमप्रभुले भन्नुभएको प्रत्येक कुरा हामीलाई भनिदिनु अनि हामी त्यो मान्नेछौ।’