तब अब्शालोमले भन्ने, “गर्थे तपाईं आफ्नो मामला जित्ने योग्य हुनुहुन्छ, तर राजा दाऊदले तपाईंहरूको कुरै सुन्दैनन्।”
Cross references
तिमीहरूले आफ्नो आमा-बाबुलाई आदर गर्न पर्छ। यसो गर्यौ भने तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरद्वारा दिइने भूमिमा धेरै समयसम्म बाँच्न सक्नेछौ।
“यदि कुनै मानिसले आफ्नो आमा-बाबुलाई सराप्छ भने त्यसलाई मार्नै पर्छ।
तिनीहरू मोशा र हारूनको विरोध गर्न जम्मा भए अनि तिनीहरूलाई भने, “तपाईंहरू हाम्रो अगुवाहरू भएको अब हामीलाई पूरा भयो! सम्पूर्ण समुदाय पवित्र छन् अनि परमप्रभु हाम्रो माझमा हुनुहुन्छ। तपाईंहरू किन आफैंलाई परमप्रभुका अरू मानिसहरू भन्दा उच्चाको सम्झनु हुन्छ?”
हामीहरूलाई दूध र मह बगिरहेको देशबाट तिमीले बाहिर लिएर आयौ। तिमीले हामीलाई मार्नको निम्ति मरूभूमिमा ल्यायौ अनि हामीलाई देखाउन चाहान्छौ कि हामी माथि तिम्रो अधिकार छ।
दाऊदले इस्राएलभरि नै शासन गरे। दाऊदले आफ्ना मानिसहरूलाई असल र निष्पक्ष न्याय दिन्थे।
मानिसहरूले आफ्ना छिमेकीहरूलाई असत्य कुराहरू भन्छन्। प्रत्येक मानिसले आफ्ना छिमेकीहरूलाई झूट बोलेर चिप्लो घस्छन्।
असल मानिसले परमप्रभुबाट अनुग्रह पाउँछ, तर एउटा धूर्त मानिसले दण्ड मात्र पाउँछ।
कति मानिसहरूले आफ्नो बाबुको विरोधमा कुरा गर्छन् अनि आफ्नी आमा प्रति कुनै आदर गर्दैनन्।
जुन आँखाले आफ्नै बाबुलाई खिसी गर्छ, आफ्नी आमाको आज्ञालाई घृणा गर्छ, बेंसीको कागले त्यसलाई ठुंङ्गछ अनि गिद्धले मासु खान्छ।
यरूशलेमका मानिसहरूले आफ्नो आमा बाबुको सम्मान गर्दैनन्। तिनीहरूले शहरहरूमा विदेशीहरूलाई सताउँछन तिनीहरूले टुहुरा-टुहुरी अनि विधुवाहरूलाई पनि त्यो स्थानमा ठग्छन्।
“यसपछि एकजना एकदमै निष्ठुर अनि घिनलाग्दो मानिस आउनेछ। उसले राज परिवारको एकजना उत्तराधिकारी हुने सम्मान पाउनेछैन। आफ्नो चलाकीद्वारा ऊ अप्रत्याशित ढंगले राजा हुनेछ।
परमेश्वरले भन्नु भएको छ, ‘आफ्ना बाबु र आमाको आदर गर।’फेरि उहाँले भन्नु भएको छ, ‘जसले आफ्ना बाबु अनि आमालाई अपमान गर्छ त्यसलाई मार्नुपर्छ।’
पावलले भने, “दाज्यु-भाइहरू, मलाई थाहा थिएन कि उनी प्रधान पूजाहारी हुन्। धर्मशास्त्रमा यस्तो लेखिएको छ, तिमीले तिम्रा मानिसहरूका अगुवाको विषयमा खराब कुराहरू गर्नु हुँदैन।’
सबै मानिसहरु प्रति सम्मान दर्शाऊ। परमेश्वरका परिवारका सबै भाइ-बहिनीहरुलाई प्रेम गर। परमेश्वरमाथि डर राख अनि राजा प्रति आदर जनाऊ।