Home Bibles ☰ Books 1 राजा 10:13 · नेपाली बाइबल
1 राजा 10:13 · नेपाली बाइबल

तब राजा सुलेमानले शीबाकी रानीलाई ती उपहारहरू दिए जुन तिनले आफ्नो लागि चुनिन। तब उनले तिनलाई यस्ता वस्तुहरू दिए जो तिनले मागिन्। त्यसपछि, रानी र उनका सेवकहरू आफ्नो देश फर्किए।

Cross references

1 राजा 9:1

यस प्रकार सुलेमानले परमप्रभुको मन्दिर अनि आफ्नो महलको निर्माण कार्य पूरा गरे। सुलेमानले ती सबै चीजहरू बनाए जो उनी बनाउन चाहन्थे।

1 राजा 10:2

तिनले सेवकहरूको साह्रै ठूलो समूह लिएर यरूशलेम तिर यात्रा गरिन्। ठूलो संख्यामा मसाला, रत्न अनि धेरै सुन बोक्ने ऊँटहरू पनि तिनीहरूसित थिए। तिनले सुलेमान सँग भेट गरिन् अनि उनलाई ती सबै प्रश्नहरू सोधिन् जो उनले सोचेकी थिइन्।

2 इतिहास 9:12

राजा सुलेमानले शबाकी रानीलाई तिनले चाहेका अनि याचना गरेका सबै चीजहरू दिए। तिनले शबाकी रानीले आफूलाई दिएको भन्दा अधिक दिए। त्यस पछि शबाकी रानी र तिनका सेवकहरू विदा भए आफ्नै देशमा फर्की गए।

भजनसंग्रह 20:4

तिमीले खास जे चाहन्छौ परमेश्वरले त्यही दिऊन्। उहाँले तिम्रा सबै योजनाहरू सफल पारी दिऊन्।

भजनसंग्रह 37:4

आनन्दसित परमप्रभुको सेवा गर अनि उहाँले तिमीहरूलाई तिमीले चाहको कुराहरू दिनुहुनेछ।

मत्ती 15:28

तब येशूले भन्नुभयो, “हे नारी तिमीमा ठूलो विश्वास रहेछ। तिमी जे चाहान्छौ म गर्नेछु।” अनि त्यसको छोरी त्यसैबेला निको भइहाली।

यूहन्ना 14:13

अनि मेरो नाममा केही पनि माग्यो भने, म त्यो तिमीहरूको लागी गरिदिनेछु। तब पिताको महिमा पुत्रको माध्यमाबाट देखिनेछ।

एफिसी 3:20

तर तिमीहरुले त्यो प्रेम बुझ्न सक भन्ने मेरो पार्थनाछ।परमेश्वरको शक्ति जो हामीभित्र काम गरिरहेकोछ, त्यसले हामीले सोचेको वा कल्पना गरेको भन्दा धेरै गर्न सक्छ।

Interlinear

Choose Theme