यस प्रकार सुलेमानले परमप्रभुको मन्दिर अनि आफ्नो महलको निर्माण कार्य पूरा गरे। सुलेमानले ती सबै चीजहरू बनाए जो उनी बनाउन चाहन्थे।
Cross references
सुलेमानले मिश्रका राजा फिरऊनकी छोरीसँग विवाह गरेर उनीसँग सन्धि गरे। सुलेमानले उनलाई दाऊद शहरमा ल्याए। यस समयमा सुलेमान आफ्नो महल र परमप्रभुको मन्दिरको निर्माण गर्दै थिए। सुलेमान यरूशलेमको वरिपरि पर्खाल पनि बनाइरहेका थिए।
तिनीहरूले मन्दिरको निर्माण कार्य वर्षको दोस्रो महीना जिब महिनामा शुरू गरेका थिए। इस्राएलका राजाको रूपमा सुलेमानको चौथो वर्ष बितेको थियो।
उनले चाँदी र सुन परमप्रभुको मन्दिरको भण्डारमा थन्काए।
परमप्रभुको मन्दिर अनि राजाको महल बनाउनलाई राजा सुलेमानलाई बीस वर्ष लाग्यो।
अनि बीस वर्षपछि राजा सुलेमानले सोरका राजा हीरामलाई गालीलमा 20 वटा शहरहरू दिए। सुलेमानले राजा हीरामलाई यी शहरहरू दिए किनभने हीरामले सुलेमानलाई मन्दिर र महल बनाउनमा सघाउ पुर्याएका थिए। हीरामले सुलेमानालाई सबै धूपी र सल्लाका रूख अनि सुन दिएका थिए जो सुलेमानले मागेका थिए।
राजा सुलेमानले ती शहरहरू पनि बनाए जहाँ अन्न र चीजहरू राख्नेगरे अनि उनले आफ्ना रथ अनि घोडाहरूका लागि ठाउँ बनाए। राजा सुलेमानले धेरै चीजहरू बनाए जो उनले यरूशलेम, लबानोन अनि अन्य आफूद्वारा शासित ठाउँहरूमा चाहेका थिए।’
जब सुलेमानले प्रार्थना पूर्ण गरे तब आकाशबाट आगो झर्यो अनि होमबलि र बलिदानहरूलाई जलाइ दियो। परमप्रभुको महिमाले मन्दिर भरियो।
सुलेमानले परमप्रभुको मन्दिर अनि राज-महलको निर्माण कार्य पुरा गरे। सुलेमानले परमप्रभुको मन्दिर अनि आफ्नो महलको निर्माण कार्य पूर्ण गर्नका निम्ति जे जति योजना बनाएका थिए त्यसमा तिनलाई सफलता प्राप्त भयो।
परमप्रभुको मन्दिर अनि आफ्नो भवन निर्माण गर्नका निम्ति सुलेमानलाई बीस वर्ष लाग्यो।
अनि मैले ठूला-ठूला काम गर्न शुरू गरें। मैले आफ्नो लागि घरहरू बनाएँ र दाखको बगैंचा लगाएँ।
मेरा आखाँले जे देख्थे र चाहन्थें तिनीहरूलाई मैले प्राप्त गरें। म जे गर्थें, मेरो मन सधैं त्यसले प्रसन्न हुन्थ्यो र त्यो प्रसन्नता मेरो कठोर परिश्रमको फल थियो।
एकोहोरो लागि रहनुमाभन्दा आफूसित जो छ त्यसैमा सन्तोष हुनु राम्रो हो। सधैं धेरै खोजिरहनु व्यर्थ हो। यो पनि हावालाई पक्रडन खोज्नु जस्तै हो।