Home Bibles ☰ Books 1 राजा 10:12 · नेपाली बाइबल
1 राजा 10:12 · नेपाली बाइबल

सुलेमानले मन्दिर र महलमा अघि दलानी बनाउन काठ प्रयोग गरे उसले गाउने बजाउनेहरूका निम्ति वीणा र साराङ्गाी बनाउनमा काठ प्रयोग गरे। कसैले पनि यस प्रकारको काठ इस्राएलमा ल्याएको थिएन अनि कसैले पनि त्यस प्रकारको काठ कहिल्यै देखेको थिएन।

Cross references

1 इतिहास 23:5

चारहजार लेवीहरू द्वार-पालक हुनेछन् अनि 4,000 विशेष वाध्य-यन्त्र लेवीहरू बनाएको छु। ती यन्त्रहरू तिनीहरूले परमप्रभुको स्तुतिका निम्ति प्रयोग गर्नेछन्।”

1 इतिहास 25:1

दाऊद र सेनापतिहरूले आसापका छोराहरू हेमान अनि यदूतूनलाई विशेष कार्य गर्नका निम्ति छानेका थिए। तिनीहरूको विशेष काम सारङ्गी, वीणा अनि झ्यालीहरूको प्रयोग गरी परमेश्वरको वचनको अगमवाणी गर्नु थियो। यस प्रकारले सेवा गर्ने मानिसहरूको सूची यहाँ छः

1 इतिहास 25:6

हेमानले परमप्रभुको मन्दिरमा गाउन आफ्ना छोराहरूको अगुवाइ गरे। ती छोराहरूले झ्याली, वीणा अनि साराङ्गीहरू प्रयोग गरे। राजाको आज्ञा अनुसार आसाप यदूत अनि हेमनले परमेश्वरको मन्दिरमा सेवा गर्ने त्यो तिनीहरूको यही तरिका थियो।

भजनसंग्रह 92:1

परमप्रभुको गुण-गान गर्नु असल कुरा हो। सर्वोच्च परमेश्वर, तपाईंको गुण-गान गर्नु असल कुरा हो।

भजनसंग्रह 150:3

नरसिंहा र तुरही फुकेर परमेश्वरको प्रशंसा गर! वीणाहरू बजाएर उहाँको प्रशंसा गर।

प्रकाश 14:2

अनि मैले बाढी आएको आवाज अथवा ठूलो गर्जनको आवाज जस्तो स्वर्गबाट आएको सुनें। मैले सुनेको आवाज वीणा बजाउँदा मानिसहरुको आवाज जस्तै थियो।

Interlinear

Choose Theme