Home Bibles ☰ Books एज्रा 2:70 · नेपाली बाइबल
एज्रा 2:70 · नेपाली बाइबल

पूजाहारीहरू, लेवीहरू, केहि अन्य मानिसहरू, गवैयाहरू, द्वारपालहरू अनि मन्दिरका सेवकहरू आफ्ना शहरहरूमा बस्थे अनि सबै इस्राएलीहरू आफ्ना शहरहरूमा बस्थे।

Cross references

1 इतिहास 9:2

सबै भन्दा पहिला फर्केर आउने अनि आफ्नै भूमि र शहरहरूमा बस्ने मानिसहरू केही इस्राएलीहरू, पूजाहारी, लेवीहरू अनि सेवकहरू जो मन्दिरमा काम गर्छन् तिनीहरू थिए।

1 इतिहास 11:2

अतीतमा तपाईले हामीलाई युद्धमा अगुवाइ गर्नु भयो। तपाईले शाऊल राजा हुँदा पनि हाम्रो अगुवाई गर्नु भयो। परमप्रभुले तपाईलाई भन्नु भयो, ‘दाऊद तँ इस्राएलका मेरा मानिसहरूलको गोठालो हुनेछस्। तँ मेरा मानिसहरूको प्रधान हुनेछस्।”

एज्रा 2:1

त्यस प्रदेशका यी मानिसहरू कैदबाट फर्केका थिए। जसलाई बाबेलका राजा नबूकदनेसरले कैदी बनाएर बाबेलमा लगेका थिए। तिनीहरू प्रत्येक आफ्नै शहर यरूशलेम अनि यहूदामा फर्किए।

एज्रा 6:16

त्यस पछि इस्राएलका मानिसहरू, अनि लेवीहरू र अन्य फर्किआएका कैदीहरूले परमेश्वरको यो मन्दिरको समर्पणको उत्सव खूबै र्हषसाथ मनाए।

नहेम्याह 7:73

जब सातौं महीना आयो अनि पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू मन्दिरका सेवकहरू अनि समस्त इस्राएलीहरू पनि आफ्ना शहरहरूमा बसे।

नहेम्याह 11:3

यिनीहरू ग्रामीण अगुवाहरू हुन् जो यरूशलेममा बस्थे। तर यहूदाको शहरहरूमा, सबैजना तिनीहरूको शहरहरूमा आफ्ना सम्पत्तिमा बस्थे इस्राएलका केही मानिसहरू, इस्राएल पूजाहारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका सन्तानहरू।

Interlinear

Choose Theme