यी मानिसहरू यहूदा, बिन्यामीन, एप्रैम अनि मनश्शे कुल समूहहरूका थिए अनि तिनीहरू यरूशलेममा बस्थे।
Cross references
यी सबै मानिसहरू आफ्ना परिवारहरूका अगुवाहरू थिए। तिनीहरूको नाउँ तिनीहरूको वंशावलीको सूचीमा प्रधानहरूको रूपमा राखिएका छन्। तिनीहरू यरूशलेममा बस्थे।
जब लेवीहरूले इस्राएल छाडे तब इस्राएलका सम्पूर्ण परिवार समूहका ती मानिसहरू, जो इस्राएलका परमप्रभु परमेश्वर प्रति विश्वसनीय थिए, आफ्ना पिता पुर्खाहरूका परमप्रभु परमेश्वरलाई बलि चढाउन यरूशलेम आए।
तर, आशेर, मनश्शे अनि जबूलूनका केही मानिसहरूले स्वयंलाई विनम्र तुल्याए अनि यरूशलेम तिर गए।
मानिसका अगुवाहरू यरूशलेममा बसे अनि बाँकी रहेका मानिसहरूले प्रत्येक दशजनामा एकजनालाई यरूशलेममा बस्नका निम्ति ल्याउन चिट्टा लगाए। अनि रहेका दशै अंशमा नौ अंश अन्य शहरूमा बसे।
अनि कोही यहूदाका मानिसहरू अनि कोही बिन्यामीनका मानिसहरू यरूशलेममा बसे।यी यहूदाका सन्तानहरू थिए जो यरूशलेममा बसेः अतायाहरू, उज्जियाहका छोरा, अमर्याहको छोरा, शपत्याहको छोरा, महलेलका छोरा पेरेसका कुलका।