तब सुलेमान राजाको रूपमा परमप्रभुको सिंहासनमा बसे। सुलेमानले आफ्ना पिताको स्थान लिए। सुलेमान खूबै सफल भए। इस्राएलका सम्पूर्ण मानिसहरूले सुलेमानको आज्ञा पालन गरे।
Cross references
मोशाले यहोशूमाथि आफ्नो हात राखेका थिए अनि उनलाई नयाँ अगुवा नियुक्त गरे। तब नूनका छोरा यहोशू बुद्धिको आत्माले भरिए। यसकारण यहोशूले भनेको इस्राएलीहरूले मान्न थाले परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरू तिनीहरूले पालन गरे।
राजा दाऊद समक्ष जानुहोस्, अनि उनीसँग भन्नुहोस्, ‘महाराज, मेरा स्वामी, तपाईंले मलाई वचन दिनु भएको थियो। तपाईं पछि मेरो छोरो सुलेमान राजा हुनेछ भनी वचन दिनु भएको थियो। तब किन अदोनियाह नयाँ राजा हुँदैछ?’
आज म अतीतमा दिएको वचन पूरा गर्नेछु। इस्राएलका परमप्रभु परमेश्वरको शक्तिको आधारमा मैंले त्यो वचन दिएको थिएँ। मपछि तिम्रो छोरा सुलेमान अर्को राजा हुनेछ भनी मैंले वचन दिएको थिएँ। म पछि ऊ मेरो राज सिंहासनमा विराजमान हुनेछ। म आफ्नो प्रतिज्ञा पूरा गर्नेछु!”
त्यसपछि उसँग यहाँ फर्केर आऊ। सुलेमान मेरो सिंहासनमा बस्नेछ अनि मेरो ठाउँमा नयाँ राजा हुनेछ। मैले सुलेमानलाई इस्राएल अनि यहूदाको शासकको रूपमा छानेको छु।”
सुलेमान राज-सिंहासनमा बसेका छन्! राजाका अधिकारीहरू राजा दाऊदलाई अभिवादन पनि गर्दैछन्। तिनीहरू भन्दै छन्, ‘राजा दाऊद, तपाईं महान् राजा हुनुहुन्छः अब हामी प्रार्थना गर्छौ, तपाईंको परमेश्वरले सुलेमानलाई पनि महान् राजा बनाउनुहुनेछ।
अब सुलेमान राजा भए। आफ्ना पिता दाऊदको सिंहासनमा उनी विराजमान भए अनि आफ्नो राज्यको शासन पूर्ण नियन्त्रणका साथ गर्न थाले।
पूजाहारीले सबै मानिसहरूलाई बाटो देखाए। तिनीहरू परमप्रभुको मन्दिरबाट राजाको महलमा गए। राजाका विशेष रक्षकहरू र सेनापति राजासँगै गए। अनि अरू सबै मानिसहरूले उनीहरूको अनुसरण गरे। तिनीहरू राजाको घरको प्रवेशद्वारमा पुगे। तब राजा योआश सिंहासनमा बसे।
जब तेरो मृत्यु हुनेछ अनि तँ तेरा पिता-पुर्खाहरूसित मिल्नेछस म तेरो आफ्नै छोरालाई नयाँ राजा बनाउनेछ। नयाँ राजा तेरा छोराहरू मध्ये एक जना हुनेछ। अनि म उसको राज्यलाई शक्तिशाली बनाउनेछु।
दाऊदले यो पनि भने अब छोरा, “परमप्रभु तेरो साथ रहून्! तँ सफल बन् अनि तैंले मन्दिर बनाउने छस् भनी परमप्रभुले भन्नु भए जस्तै परमप्रभु तेरो परमेश्वरको निम्ति मन्दिर निर्माण गर।
परमप्रभुले मलाई धेरै छोराहरू दिनु भएको छ। अनि ती सबै छोराहरूबाट परमप्रभुले सुलेमानलाई इस्राएलको नयाँ राजा बनाउन निम्ति छान्नुभयो। वास्तवमा, इस्राएल परमप्रभुको राज्य हो।
सुलेमान एक अति शक्तिशाली राजा भए किनभने परमप्रभु तिनका परमेश्वर तिनका साथ हुनुहुन्थ्यो। परमप्रभुले सुलेमानलाई अति महान बनाउनु भयो।
सुलेमानले परमेश्वरलाई भने, “तपाईं मेरा पिता दाऊद प्रति अति दयालु हुनुहुन्थ्यो। तपाईंले मलाई मेरा पिताको स्थानमा नयाँ राजा बन्नका निम्ति चुन्नु भयो।
परमप्रभु तिमीहरूका परमेश्वरको प्रशंसा होस्। उहाँ तपाईंसित प्रसन्न हुनुहुन्छ अनि परमप्रभु तपाईंका परमेश्वरका निम्ति शासन गर्न तपाईंलाई उहाँको सिंहासनमाथि राख्नु भएको छ। परमेश्वरले इस्राएललाई प्रेम गर्नु हुन्छ। इस्राएललाई सदा-सर्वदा सहयोग प्रदान गर्नु हुन्छ। यसकारण उहाँले तपाईंलाई इस्राएलमाथि न्याय र धार्मीकता पालन गर्ने राजा बनाउनु भयो।”
सुलेमान चालीस वर्षसम्म यरूशलेममा सम्पूर्ण इस्राएलका राजा थिए।
यहोयादाले सेनाका सेना-नायकहरू, प्रमुखहरू, मानिसहरूका शासकहरू अनि देशका सबै मानिसहरूलाई आफ्ना साथ लिए। तब यहोयादाले राजालाई परमप्रभुको मन्दिर बाहिर ल्याए अनि माथिल्लोद्वार भएर तिनीहरू राज भवनमा गए। त्यस स्थानमा तिनीहरूले राजालाई सिंहासनमा बसाए।
परमप्रभुले दाऊदप्रति एक प्रतिज्ञा गर्नु भएथ्यो। परमप्रभुले दाऊदप्रति विश्वासी रहन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभुले वचन दिनु भएको थियो कि दाऊद कै परिवारबाट राजाहरू आउने छन्।
यी हितोपदेशहरू दाऊदका छोरा सुलेमानका हुन्। सुलेमान इस्राएलका राजा थिए।