Home Bibles 1 इतिहास 22:11 · नेपाली बाइबल
1 इतिहास 22:11 · नेपाली बाइबल

दाऊदले यो पनि भने अब छोरा, “परमप्रभु तेरो साथ रहून्! तँ सफल बन् अनि तैंले मन्दिर बनाउने छस् भनी परमप्रभुले भन्नु भए जस्तै परमप्रभु तेरो परमेश्वरको निम्ति मन्दिर निर्माण गर।

Cross references

1 शमूएल 20:13

यदि मेरा पिताले तपाईंलाई चोट पुर्याउन चाहनुभएको हो भने म तपाईंलाई भन्नेछु म यहाँबाट तपाईंलाई सुरक्षित जानदिनेछु। प्रतिज्ञा गरेको काम मैले गरिन भने परमप्रभुले मलाई सजाय दिनुहुन्छ। परमप्रभु तिमीसँग रहून् जसरी उहाँ मेरा पितासँग हुनुहुन्छ।

1 इतिहास 22:16

तिनीहरू सुन, चाँदी, काँसा अनि फलामका काम गर्नमा सिपालु छन्। तँसित अधिक निपुण कर्मीहरू छन् जसको गन्ती लिन सकिंदैन। अब काम शुरू गर। अनि परमप्रभु तेरो साथ रहून्।”

1 इतिहास 28:20

दाऊदले आफ्ना छोरा सुलेमानलाई यो पनि भने, “शक्तिशाली र साहसी बन अनि यो काम पूर्ण गर। नडराऊ र निरूत्साहित नहोऊ किनभने परमप्रभु मेरा परमेश्वर तँसित हुनुहुन्छ। सबै कार्य पूर्ण नभएसम्म उहाँले तँलाई सहायता गर्नु हुनेछ। उहाँले तेरो साथ छोड्नु हुनेछैन। तैंले परमप्रभुको मन्दिर निर्माण गर्नेछस्।

2 इतिहास 1:1

सुलेमान एक अति शक्तिशाली राजा भए किनभने परमप्रभु तिनका परमेश्वर तिनका साथ हुनुहुन्थ्यो। परमप्रभुले सुलेमानलाई अति महान बनाउनु भयो।

2 इतिहास 6:10

अहिले परमप्रभुले जे गर्छु भन्नु भएको थियो त्यही गर्नु भएको छ। म मेरा पिताको स्थानमा नयाँ राजा भएको छु। दाऊद मेरा पिता थिए। अहिले म इस्राएलको राजा भएको छु। यही नै परमप्रभुले प्रतिज्ञा गर्नु भएको थियो। अनि मैले इस्राएलका परमप्रभु परमेश्वरको नाउँमा मन्दिर बनाएको छु।

यशैया 26:12

परमप्रभु, तपाईंले हामीलाई शान्ति दिनुहुनेछ, किनभने हामी जे गर्छौं ती सबै तपाईंले पूर्ण गर्नु भएकोछ।

मत्ती 1:23

“कन्या गर्भवती हुनेछिन्, र एउटा पुत्र जन्माउने छिन्, तिनीहरूले उहाँको नाउ इम्मानुएल राख्नेछन्।”(इम्मानुएलको अर्थ हो “परमेश्वर हामीहरूसित हुनुहुन्छ।”)

मत्ती 28:20

जे जे मैले तिमीहरूलाई आज्ञा गरे ती सबै पालन गर्न तिनीहरूलाई सिकाओ। अनि जगतको अन्तसम्म म सदैव तिमीहरूका साथमा हुनेछु।” 

रोमी 15:33

परमेश्वर जो शान्तिका स्रोत हुनुहुन्छ, तिमीहरू सबैसित रहुन्। आमिन।

2 तिमोथी 4:22

परमेश्वर तिम्रो आत्मा साथ रहुन्। तिम्रो साथमा अनुग्रह रहोस्। 

Interlinear

Choose Theme