Home Bibles ☰ Books 2 इतिहास 9:8 · नेपाली बाइबल
2 इतिहास 9:8 · नेपाली बाइबल

परमप्रभु तिमीहरूका परमेश्वरको प्रशंसा होस्। उहाँ तपाईंसित प्रसन्न हुनुहुन्छ अनि परमप्रभु तपाईंका परमेश्वरका निम्ति शासन गर्न तपाईंलाई उहाँको सिंहासनमाथि राख्नु भएको छ। परमेश्वरले इस्राएललाई प्रेम गर्नु हुन्छ। इस्राएललाई सदा-सर्वदा सहयोग प्रदान गर्नु हुन्छ। यसकारण उहाँले तपाईंलाई इस्राएलमाथि न्याय र धार्मीकता पालन गर्ने राजा बनाउनु भयो।”

Cross references

व्यवस्था 7:8

तर परमप्रभुले तिमीहरूलाई आफ्नो महान् शक्तिद्वारा मिश्र देशबाट बाहिर निकाल्नु भयो, तिनीहरूको दासत्वबाट मुक्त गराउनु भयो र मिश्र देशका राजा फिरऊनको नियन्त्रणबाट तिमीहरूलाई स्वतन्त्र बनाउनु भयो। किन? किनभने परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरूका पिता-पुर्खाहरूसंग गरेको प्रतिज्ञा पूर्ण गर्नलाई यस्तो गर्नु भयो।

2 शमूएल 8:15

दाऊदले इस्राएलभरि नै शासन गरे। दाऊदले आफ्ना मानिसहरूलाई असल र निष्पक्ष न्याय दिन्थे।

2 शमूएल 15:25

राजा दाऊदले सादोकलाई भने, “परमेश्वरको पवित्र सन्दूकलाई यरूशलेममा नै छोड। यदि परमप्रभु मसित खुशी हुनुहुन्छ भने मलाई यरूशलेम र उहाँको मन्दिरलाई हेर्ने मौका दिनुहुन्छ।

2 शमूएल 23:3

इस्राएलको परमेश्वरले भन्नु भयो। इस्राएलको चटानले मलाई भन्नुभयो, “जसले मानिसलाई न्यायपूर्वक शासन गर्छ, जसले परमेश्वरको सम्मान दिएर शासन गर्छ,

1 राजा 3:28

इस्राएलका मानिसहरूले राजा सुलेमानको निर्णय सुने। तिनीहरूले उनको धेरै नै आदर र सम्मान गरे किनभने उनी बुद्धिमान थिए। तिनीहरूले देखे सही न्याय गर्नमा उनीसँग परमेश्वरको बुद्धि थियो।

1 राजा 10:9

परमप्रभु तपाईंको परमेश्वरको स्तुति होस्! उहाँले तपाईंलाई इस्राएलको राजा बनाएर खुशी हुनुहुन्छ। परमप्रभु परमेश्वरले इस्राएललाई सदा-सर्वदा प्रेम गर्नुहुन्छ। वहाले तपाईंलाई राजा बनाउनु भयो। यसकारण तपाईंले तपाईंको अधीनसित के सही हो अनि सच्चाइले कार्य गर्नु होस्।”

1 इतिहास 17:22

तपाईंले तपाईका इस्राएली मानिसहरूलाई सदा-सर्वदा तपाईंको बनाउनुभयो। अनि तपाई परमप्रभु तिनीहरूको परमेश्वर बन्नु भयो।

1 इतिहास 28:5

परमप्रभुले मलाई धेरै छोराहरू दिनु भएको छ। अनि ती सबै छोराहरूबाट परमप्रभुले सुलेमानलाई इस्राएलको नयाँ राजा बनाउन निम्ति छान्नुभयो। वास्तवमा, इस्राएल परमप्रभुको राज्य हो।

1 इतिहास 29:10

त्यस पछि दाऊदले सबै मानिसहरूलाई परमप्रभुको प्रशंसा गर्न भेला गराएका थिए। दाऊदले भनेः “परमप्रभु इस्राएलका परमेश्वर, हे हाम्रा पिता, सदा सर्वदाका निम्ति तपाईको प्रशंसा होईरहोस्।

1 इतिहास 29:20

तब दाऊदले भेला भएका सबै समूहका मानिसहरूलाई भने, “अब परमप्रभु तिमीहरूका परमेश्वर प्रति प्रशंसा अर्पण गर।” यसर्थ सारा समुदायले परमप्रभु आफ्ना पुर्खाहरूको परमेश्वरको प्रशंसा अनि आराधना गरे! तिनीहरूले परमप्रभु अनि राजा प्रति सम्मान जनाउन आफ्ना शिर भूँइतिर झुकाए।

1 इतिहास 29:23

तब सुलेमान राजाको रूपमा परमप्रभुको सिंहासनमा बसे। सुलेमानले आफ्ना पिताको स्थान लिए। सुलेमान खूबै सफल भए। इस्राएलका सम्पूर्ण मानिसहरूले सुलेमानको आज्ञा पालन गरे।

2 इतिहास 2:10

काठका निम्ति बृक्षहरू ढाल्ने तपाईंका सेवकहरूलाई म जे दिनेछु त्यो यो हो। म तिनीहरूलाई खानका निम्ति 20,000 मुरीगहुँ, 20,000 मुरी जौं, 20,000 पाथीदाखरस अनि 20,000 पाथी तेल दिने छु।”

2 इतिहास 2:11

तब हूरामले सुलेमानलाई उत्तर दिए। हूरामले सुलेमानलाई एक खबर पठाए। त्यो खबरमा भनिएका कुराहरू यी हुन्; “सुलेमान, परमप्रभुले उहाँका मानिसहरूलाई प्रेम गर्नु हुन्छ। त्यसै कारणले उहाँले तपाईंलाई तिनीहरूको राजा चुन्नु भयो।”

2 इतिहास 13:8

“अब, तिमी मानिसहरूले परमप्रभुको राज्यलाई त्यो राज्य जसलाई दाऊदका छोराहरूले शासन गरेका छन् परास्त गर्ने निश्चय गरेका छौ। तिनीहरू सित धैरे मानिसहरू छन् अनि तिमीहरूका ती सुनौला बाछाहरू ती ‘देवताहरू’ छन् जो यारोबामले तिम्रा निम्ति बनाए।

भजनसंग्रह 18:19

परमप्रभुले मलाई प्रेम गर्नु हुन्छ यसैले उहाँले मलाई बचाउनु भयो। उहाँले मलाई सुरक्षित ठाउँमा ल्याउनु भयो।

Interlinear

Choose Theme