यहोयादाले सेनाका सेना-नायकहरू, प्रमुखहरू, मानिसहरूका शासकहरू अनि देशका सबै मानिसहरूलाई आफ्ना साथ लिए। तब यहोयादाले राजालाई परमप्रभुको मन्दिर बाहिर ल्याए अनि माथिल्लोद्वार भएर तिनीहरू राज भवनमा गए। त्यस स्थानमा तिनीहरूले राजालाई सिंहासनमा बसाए।
Cross references
सेनापतिले सबै आदेशको पालन गरे जो येहोयादा पूजाहारीले आदेश गरेका थिए। प्रत्येक सेनापतिले आफ्ना मानिसहरू लिए। तिनीहरू सबै आए, जो त्यस हप्ता काममा थियो वा काममा थिएन। सबै मानिसहरू पूजाहारी योहोयदा कहाँ गए।
पूजाहारीले सबै मानिसहरूलाई बाटो देखाए। तिनीहरू परमप्रभुको मन्दिरबाट राजाको महलमा गए। राजाका विशेष रक्षकहरू र सेनापति राजासँगै गए। अनि अरू सबै मानिसहरूले उनीहरूको अनुसरण गरे। तिनीहरू राजाको घरको प्रवेशद्वारमा पुगे। तब राजा योआश सिंहासनमा बसे।
तर उनले अग्ला ठाउँहरूमा भएका बालका मूर्ति भत्काएनन्। मानिसहरू अझै ती अग्ला पूजास्थलहरूमा बलिदानद्वारा दिने गर्द थिए अनि धूपबलिहरू जलाउँने गर्दथे। योतामले परमप्रभुको मन्दिरको माथिल्लो ढोका बनाए।
तब सुलेमान राजाको रूपमा परमप्रभुको सिंहासनमा बसे। सुलेमानले आफ्ना पिताको स्थान लिए। सुलेमान खूबै सफल भए। इस्राएलका सम्पूर्ण मानिसहरूले सुलेमानको आज्ञा पालन गरे।