Cross references
त्यसपछि हारूनकी दिदी महिला अगमवादिनी मरियमले खैंजडी समातिन मरियम र अरू स्त्रीहरू गाउन र नाच्न थाले। मरियमले यी शब्दहरू दोहर्याइन।
मानिसहरू कसैले तुरही बजाए कसैले गाए ती एक व्यक्ति जस्तै थिए। तिनीहरूले एउटै ध्वनिमा बजाए जब तिनीहरूले परमप्रभुको स्तुति गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले तुरही, झ्याम्टा अनि वाद्य-यन्त्रबाट ठूलो आवाज निकाले। तिनीहरूले “परमप्रभुको स्तुति गरे किनभने उहाँ असल हुनुहुन्छ। उहाँको सत्य प्रेम सदा सर्वदा रहि रहन्छ” भनी गीत गाए।तब परमप्रभुको मन्दिर बादलले भरियो।
मासेयाह, शमायाह, एलाजार, उज्जी, यहोहानान, मल्कियाह, एलाम अनि एजेरले तिनीहरूका ठाउँहरू ग्रहण गर्यौं।गवैयाहरूले गाए अनि यिज्रहियाह अगुवा थिए।
म मेरो गीत तपाईंको प्रशंसाको लागि गाउनेछु। किन? किनभने तपाईं मेरो सुरक्षाको अग्लो पर्वत हुनुहुन्छ। तपाईं परमेश्वर हुनुहुन्छ जसले मलाई प्रेम गर्नुहुन्छ।
परमेश्वर, दश तारे बाजाहरू, वीणा र सारङ्गीहरू तपाईंको लागि बजाउनु असल कुरा हो।
आऊ, परमप्रभुको गुण-गान गरौं। चट्टान प्रति, ठूलो स्वरमा गुण-गान गरौं जसले हामीलाई बँचायो।
परमप्रभुको प्रशंसा गर। परमप्रभुले रच्नु भएको नयाँ कुराहरूको बारेमा नयाँ गीत गाऊ! महासभामा उहाँको प्रशंसा गर जहाँ उहाँका चेलाहरू आपसमा भेला हुँदछन्।
तब तिनीहरूले भजन गाए अनि उहाँहरू निस्केर जैतून डाँडातिर जानुभयो।
आपसमा भजन, स्तुति र आत्मिक गीतहरू सुनाऊ। प्रभुलाई आफ्नो हृदयमा संगीत बनाऊ।
ख्रीष्टको संदेश तिमीहरूभित्र समृद्ध भावमा रहोस्। एक-अर्कामा शिक्षा दिनु र दृढ बनाउन सम्पुर्ण बुद्वि खटाऊ। परमेश्वरलाई हृदयले धन्यवाद चडाउँदै भजन, गीत र आत्मिक स्तुतिहरू गाऊ।
यदि तिमीहरू मध्ये एक जनाले कष्टहरू भोगिरहेको छ भने उसले प्रार्थना गर्नु पर्छ अनि यदि तिमीहरू मध्ये एकजना सुखी छ भने, उसले गीतहरू गाउनु पर्छ।