सादोक पनि त्यस समूहमा थिए। तिनी एक साहसी युवा सैनकि थिए। तिनी आफ्ना परिवारका बाईस जना अधिकारीहरूसित आए।
Cross references
अहीतूबका छोरा सादोक र एबीयातारका छोरा अहीमेलेक पूजाहारीहरू थिए। सरायाह सचिव थिए।
तर धेरै मानिसहरू अदोनियाहले गरेको कामसँग सहमत थिएनन् उनीहरू दाऊदका नै भक्त थिए। उनीहरू पूजाहारी सादोक, यहोयादाका छोरा बनायाह, नातान अगमवक्ता, शिमी, रेई अनि राजा दाऊदका विशेष अगंरक्षकहरू थिए। यसर्थ यी मानिसहरू अदोनियाहको पक्षमा भएनन्।
तब सुलेमानले यहोयादाका छोरा बनायाहलाई योआबको ठाउँमा सेनाको सेनापति बनाए। सुलेमानले एबीयातारको ठाउँमा सादोकलाई नयाँ पूजाहारीको पदमा नियुक्त पनि गरे।
अहीतूब सादोकका पिता थिए। सादोक अहीमासका पिता थिए।
सादोक अहीतूबका छोरा थिए। अहीमास सादोकका छोरा थिए।
यहोयादाका छोरा, बनायाह शक्तिशाली “मानिस” थिए। उनी कबसेलबाटका थिए। बनायाहले मोआब देशका दुईजना महान् वीरहरूलाई मारे। एक दिन हिउँ पर्दै थियो, बनायाह भूइँमा भएको खाडल भित्र पसे। अनि एक सिंहलाई मारे।
बनायाह यहोयादाका छोराले अनेक यस्ता साहसी कार्य गरे। बनायाह ती तीन वीरहरू जस्तै प्रसिद्ध थिए।
तेस्रो सेनापति बनायाह यहोयादाका छोरा बनायाह तेस्रो महीनाका निम्ति सेनापति थिए। यहोयादा मुख्य पूजाहारी थिए। बनायाहको समूहमा 24,000 मानिसहरू थिए।
“सबै पूजाहारीहरू लेवी कुल समूहका हुन्। तर जब इस्राएलका मानिसहरू मेरो विरूद्धमा फर्के त्यतिबेला केवल सादोक परिवारका पूजाहारीहरूले मात्र मेरो पवित्र ठाँउको हेरचाह गरे। यसकारण सादोकको परिवारले मलाई भेटी ल्याउने छ। तिनीहरू मेरो अघाडी उभिनेछन् अनि आफ्नो बलि चढाएको पशुहरूको बोसो अनि रगत मलाई भेटी चढाउनेछन्।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।