तर तिम्रो छोराहरू मध्ये एकजना जो शान्ति प्रिय व्यक्ति हो। म शान्तिको समय प्रदान गर्नेछु। त्यसका वरिपरिका शत्रुहरूले त्यसलाई आक्रमण गर्ने छैनन्। त्यसको नाउँ सुलेमान हो। म इस्राएललाई उ राजा भएको समयमा शान्ति र आरम प्रदान गर्नेछु।
Cross references
यसर्थ गिदोनले परमप्रभुको आराधना गर्न त्यस स्थानमा एक वेदी निर्माण गरे। गिदोनले त्यो वेदीको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ राखे।” त्यो वेदी अझ सम्म ओप्रा शहरमा छँदैछ। ओप्रा त्यो ठाउँ हो जहाँ अबीएजरका परिवार बस्छन्।गिदोनले बालको वेदी ढालि दिन्छन्
“जब तिम्रो जीवन सिद्धिन्छ, तिमी मर्नेछौ अनि तिमीलाई तिम्रा पिता-पूर्खाहरूसितै गाडिने छ। तर त्यस समय म तिम्रो आफ्नै एक जना नानीलाई राजा बनाउनेछु।
त्यसपछि दाऊदले आफ्नी पत्नी बेतशेबालाई सान्त्वना दिए। तिनले पत्नीसँग शारिरीक सम्बन्ध पनि स्थापित गरे। बेतशेबा फेरि गर्भवती भइन्। अर्को छोरा जन्माइन्। दाऊदले छोराको नाउँ सुलेमान राखे। परमप्रभुले सुलेमानलाई प्रेम गर्नु भयो।
अदोनियाहले भने, “तपाईंलाई सम्झना छ कुनै समय राज्य मेरो थियो। इस्राएलका सबै जनगण मलाई राजा ठान्दै थिए। तर स्थिति बदलियो। अहिले मेरो भाइ राजा भएको छ परमेश्वरले उसलाई राजाको रूपमा चुन्नुभयो।
यहूदा र इस्राएलमा धेरै संख्यामा मानिसहरू थिए। मानिसहरूको संख्या समुद्रतटका बालुवाका कण जति नै थिये। मानिसहरू सुखी जीवन व्यतीत गर्दैथिएः तिनीहरू खानपीन गर्दथिए अनि खुशी थिए।
सुलेमानको जीवनकालमा यहूदा अनि इस्राएलमा, दानदेखि बेर्शेबासम्मका सबै मानिसहरू शान्ति अनि सुरक्षामा थिए। मानिसहरू आफ्नै अंजीरका रूख अनि दाखको लहरा मुनी शान्तिका साथ बस्ने गर्दथे।
तर अहिले परमप्रभु मेरा परमेश्वरले मेरो देशको चारैतिर मलाई शान्ति दिनुभएकोछ। अब मेरो कोही शत्रु छैनन्। मेरा प्रजाहरू संकटमा छैनन्।
“परमेश्वरको स्तुति गर! उहाँले इस्राएलका आफ्ना मानिसहरूलाई शान्ति दिने प्रतिज्ञा गर्नुभएको छ। अनि उहाँले हामीलाई शान्ति दिनुभएको छ! परमप्रभुले आफ्नो सेवक मोशालाई प्रयोग गर्नु भएको थियो अनि इस्राएलका मानिसहरूलाई धेरै राम्रा-राम्रा प्रतिज्ञा गर्नु भएको थियो। अनि परमप्रभुले आफ्नो प्रत्येक प्रतिज्ञालाई पूरा गर्नु भएको छ!
जब तेरो मृत्यु हुनेछ अनि तँ तेरा पिता-पुर्खाहरूसित मिल्नेछस म तेरो आफ्नै छोरालाई नयाँ राजा बनाउनेछ। नयाँ राजा तेरा छोराहरू मध्ये एक जना हुनेछ। अनि म उसको राज्यलाई शक्तिशाली बनाउनेछु।
परमप्रभुले मलाई धेरै छोराहरू दिनु भएको छ। अनि ती सबै छोराहरूबाट परमप्रभुले सुलेमानलाई इस्राएलको नयाँ राजा बनाउन निम्ति छान्नुभयो। वास्तवमा, इस्राएल परमप्रभुको राज्य हो।
तपाईंले तपाईंका सेवक दाऊदसित गर्नु भएको प्रतिज्ञा पुरा गर्नुभयो। दाऊद मेरा पिता थिए। तपाईंले तपाईंको मुखारबृन्दबाट प्रतिज्ञा गर्नुभयो। आज तपाईंले त्यो प्रतिज्ञालाई तपाईंका हातद्वारा सत्य तुल्याउनु भयो।
तर परमेश्वरले तिनीहरूलाई सहयोग नदिने निर्णय लिनुभयो भने कसैले पनि परमेश्वरको दोषको न्याय गर्न सक्तैन। यदि परमेश्वरले आफूलाई मानिसहरूदेखि लुकाउनु हुन्छ भने तब कसैले पनि उहाँलाई भेट्न सक्ने छैन। परमेश्वर प्रत्येक मानिस र जाति माथिका शासक हुनुहुन्छ।
हे परमेश्वर त्यस राजालाई सहायता गर्नुहोस्, ताकि उसले तपाईंद्वारा विवेकपूर्ण न्याय गरोस्। राजकुमारको सहायता गर्नुहोस् ताकि उसले तपाईंको धार्मिकता जानोस्।
उहाँको राज्यकालमा धार्मिकता फूलोस्, फूलोस्। जब सम्म जून रहँन्छ तब सम्म शान्ति रहोस्।
कुनै विशेष बालक जन्मदा त्यस्तो घट्ना हुनेछ। परमेश्वरले हामीलाई एउटा पुत्र दिनु हुनेछ। त्यही बालकले मानिसहरूमाथि शासन गर्ने जिम्मेवारी लिनेछ। उहाँका नाउँ “अचम्मका सल्लहाकार, पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाउनु हुनेछ।”
परमप्रभु, तपाईंले हामीलाई शान्ति दिनुहुनेछ, किनभने हामी जे गर्छौं ती सबै तपाईंले पूर्ण गर्नु भएकोछ।
मैले उज्यालो बनाएँ अनि मैले अंध्यारो बनाएँ। मैले शान्ति बनाएँ अनि मैले कष्टहरू बनाएँ। म परमेश्वर हुँ अनि मैले यी सबै चीजहरू बनाएँ।
तिनीहरूलाई मैले एक नयाँ वचन सिकाए ‘शान्ति’ मेरा नजिक साथै टाढा रहेका मानिसहरूलाई म शान्ति प्रदान गर्नेछु म ती मानिसहरूलाई क्षमा दिनेछु।” परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।
परमप्रभुले भन्नुहुन्छ, “हेर, म तिमीहरूलाई शान्ति प्रदान गर्नेछु। यो शान्ति ठूलो नदी सरह बग्नेछ। पृथ्वीमा भएका सारा जातिहरूको धनसम्पत्ति बग्दै तिमीहरूकहाँ आउनेछ। त्यो धन दौलत बाढी जस्तो आउनेछ। तिमीहरू स-सना शिशुहरू जस्तै हुनेछौ। तिमीहरूले त्यो दूध पिउनेछौ, म तिमीहरूलाई उठाउनेछु, आफ्ना पाखुराहरूमा पक्रनेछ, अनि मेरो गोडाहरूमा उफार्नेछ।
यस मन्दिरको गौरव पहिलाको गौरव भन्दा ज्यादा हुनेछ। सर्वशक्तिमान परमप्रभुले यसो भन्नुहुनेछ; “यस ठाँउमा म शान्ति स्थापित गर्नेछु।” सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ।आज आशिषको कार्यको आरम्भ