Home Bibles ☰ Books न्यायकर्ता 6:24 · नेपाली बाइबल
न्यायकर्ता 6:24 · नेपाली बाइबल

यसर्थ गिदोनले परमप्रभुको आराधना गर्न त्यस स्थानमा एक वेदी निर्माण गरे। गिदोनले त्यो वेदीको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ राखे।” त्यो वेदी अझ सम्म ओप्रा शहरमा छँदैछ। ओप्रा त्यो ठाउँ हो जहाँ अबीएजरका परिवार बस्छन्।गिदोनले बालको वेदी ढालि दिन्छन्

Cross references

उत्पत्ति 12:7

त्यहाँ परमप्रभु अब्रामको अघि प्रकट हुनुभयो अनि भन्नुभयो, “म तेरो सन्तानहरूलाई (अनि अरू कसैलाई पनि होइन) यो भूमि दिनेछु।”अब्रामले त्यस ठाउँमा जहाँ परमप्रभु तिनी अघि प्रकट हुनु भएको थियो। पूजाको निम्ति वेदी बनाए।

उत्पत्ति 12:8

त्यसपछि अब्रामले त्यस ठाउँ छाडी बेतेलको पूर्वको पहाडतिर यात्रा गरे अनि तिनले त्यहीं आफ्नो पाल बनाए। त्यस ठाउँबाट बेतेल पश्चिममा थियो र ऐ शहर पूर्वमा पर्थ्यो। तिनले त्यस ठाउँमा परमप्रभुको निम्ति वेदी बनाए अनि परमप्रभुको उपासना गरे।

उत्पत्ति 22:14

यसकारण अब्राहामले त्यस ठाउँको नाउँ, “यहोवा यिरे” राखे। आज पनि मानिसहरूले भन्छन, “यस पर्वतमाथि परमप्रभुलाई देखिन सकिन्छ।”

उत्पत्ति 33:20

त्यहाँ उसले एउटा वेदी बनायो अनि त्यसको नाउँ “एल” इस्राएलका परमेश्वर’ राख्यो।

प्रस्थान 17:15

तब मोशाले त्यहाँ एउटा वेदी बनाए। उनले यसको नाउँ दिए, “परमप्रभु मेरो झण्डा हो।”

यहोशू 22:10

रूबेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरू गलीलोत नामक स्थानमा गए। यो यर्दन नदीको छेऊ कनान देश भित्र थियो। त्यहाँ तिनीहरूले सुन्दर बेदी निर्माण गरे।

यहोशू 22:26

“यसर्थ हामीले यो वेदी निर्माण गर्ने निश्चय गर्यौं। तर हामीले यसलाई भेटीहरू अनि बलि चढाउनको निम्ति उपयोग गर्ने योजना गरेका थिएनौं।

न्यायकर्ता 8:27

गिदोनले त्यो सुन एउटा एपोद निर्माण गर्नमा उपयोग गरे। तिनले त्यो एपोदलाई ओप्रा नाउँको शहर-तिनको निवास शहरमा राखे। इस्राएलका समस्त मानिसहरूले त्यो एपोदलाई पूजा गरे। यस प्रकारले इस्राएलका मानिसहरू परमेश्वर प्रति विश्वसनीय रहेनन्-तिनीहरूले एपोद पूजे। एपोद एक पासो बन्यो जसले गिदोन अनि तिनका घरानालाई पापगर्न लगायो।

न्यायकर्ता 8:32

यसरी योआशका छोरा गिदोनको पूरा बूढेसकालमा मृत्यु भयो। गिदोनलाई तिनका बाबुको चिहान छेउमा गाडिदिए। त्यो चिहान ओप्रा शहरमा थियो। जहाँ अबीएजरका परिवार बस्दथे।

न्यायकर्ता 21:4

अर्को दिन बिहानै इस्राएलका मानिसहरूले एक वेदी निर्माण गरे। तिनीहरूले त्यो वेदीमा परमेश्वरका निम्ति होमबलि अनि मेलबलि चढाए।

1 शमूएल 7:17

शमूएलको घर भने रामामा थियो। यसर्थ तिनी संधै त्यहाँ जान्थे। शमूएलले त्यस शहर देखि नै इस्राएलको न्याय र शासन गर्थे। परमप्रभुका निम्ति शमूएलले रामामा एउटा वेदी बनाए।

1 शमूएल 14:35

शाऊलले परमप्रभुको निम्ति वेदी बनाए। शाऊल आफैले वेदी बनाउन शुरू गरे।

2 शमूएल 24:25

त्यसपछि दाऊदले परमप्रभुको निम्ति एउटा वेदी त्यहाँ बनाए। दाऊदले होमबलि र मेलबलिहरू चढाए।परमप्रभुले उनले देशको निम्ति गरेको प्रार्थना स्वीकार गर्नुभयो। परमप्रभुले महामारीको प्रकोपबाट इस्राएललाई बचाउनु भयो। 

1 राजा 18:32

एलियाले परमप्रभुको वेदी स्थापित गर्न यी ढुङ्गाहरू प्रयोगगरे। उनले वेदीको वरिपरि एउटा खाडल खने। त्यो खाडल दुइ माना पानी राख्नका लागि पर्याप्त चौडा र गहिरो थियो।

एज्रा 3:2

योसादाकको छोरा येशूअ अनि तिनका संगी पूजाहारी र शालतीएलका छोरा यरूबाबेल अनि तिनका मानिसहरूले इस्राएलका परमेश्वरको बेदी पुन निर्माण गर्न शुरू गरे, जसमा कि तिनीहरूले, परमेश्वरका मानिस मोशाको निर्देशनमा लेखिए जस्तै गरी त्यसमा होमबलिहरूको बलिदान अर्पण गर्न सकुन्।

Interlinear

Choose Theme