तपाईंले तपाईंका सेवक दाऊदसित गर्नु भएको प्रतिज्ञा पुरा गर्नुभयो। दाऊद मेरा पिता थिए। तपाईंले तपाईंको मुखारबृन्दबाट प्रतिज्ञा गर्नुभयो। आज तपाईंले त्यो प्रतिज्ञालाई तपाईंका हातद्वारा सत्य तुल्याउनु भयो।
Cross references
“जब तिम्रो जीवन सिद्धिन्छ, तिमी मर्नेछौ अनि तिमीलाई तिम्रा पिता-पूर्खाहरूसितै गाडिने छ। तर त्यस समय म तिम्रो आफ्नै एक जना नानीलाई राजा बनाउनेछु।
तपाईंले आफ्ना सेवक, मेरा पिता दाऊदसँग प्रतिज्ञा गर्नु भएको थियो तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो तपाईंले प्रतिज्ञा आफ्नै मुखबाट गर्नु भएको थियो। अनि आफ्नो विशाल शक्तिको बलमा तपाईंले आफ्नो प्रतिज्ञालाई आज सत्य साबित गर्नुभयो।
तर तिम्रो छोराहरू मध्ये एकजना जो शान्ति प्रिय व्यक्ति हो। म शान्तिको समय प्रदान गर्नेछु। त्यसका वरिपरिका शत्रुहरूले त्यसलाई आक्रमण गर्ने छैनन्। त्यसको नाउँ सुलेमान हो। म इस्राएललाई उ राजा भएको समयमा शान्ति र आरम प्रदान गर्नेछु।
सुलेमानले भने, “परमप्रभु इस्राएलका परमेश्वरको स्तुति होस्। उहाँले मेरो पिता दाऊदसित बातचित गर्नुहुँदा जे प्रतिज्ञा गर्नु भएको थियो त्यो पूरा गरिदिनु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो त्यो यो होः