Home Bibles 1 इतिहास 22:10 · नेपाली बाइबल
1 इतिहास 22:10 · नेपाली बाइबल

सुलेमान एउटा हो जसले मेरो निम्ति अवश्यै मन्दिर बनाउनेछ। सुलेमान मेरो छोरा हुनेछ अनि म उसको पिता हुनेछुन्। अनि म उसको राजवंशलाई शक्तिशाली तुल्याउने छु र उसको सन्तानहरूले इस्राएलमा सदासर्वदा शासन गर्ने छ।”‘

Cross references

2 शमूएल 7:13

उसैले मेरो मन्दिर निर्माण गर्नेछ। अनि म उसको राज्यलाई सदा सर्वदा एकदमै शक्तिशाली बनाउनेछु।

1 राजा 2:15

अदोनियाहले भने, “तपाईंलाई सम्झना छ कुनै समय राज्य मेरो थियो। इस्राएलका सबै जनगण मलाई राजा ठान्दै थिए। तर स्थिति बदलियो। अहिले मेरो भाइ राजा भएको छ परमेश्वरले उसलाई राजाको रूपमा चुन्नुभयो।

1 राजा 5:5

“परमप्रभुले मेरा पितासँग एउटा प्रतिज्ञा गर्नु भएको थियो परमप्रभुले भन्नुभयो, ‘तँपछि तेरो छोरालाई राजा बनाउनेछु अनि तेरो छोराले मेरा सत्कारमा एउटा मन्दिर बनाउने छ।’ अब म परमेश्वरको सत्कारमा मन्दिर निर्माण गर्ने योजना गर्दैछु।

1 राजा 8:19

तर तिमी नै त्यो मानिस होइनौ जसलाई मैले मन्दिर बनाउनका लागि रोजेको छु। तिम्रो छोराले मेरो मन्दिर बनाउने छ!’

1 इतिहास 17:12

तेरो छोराले मेरो निम्ति एक मन्दिर निर्माण गर्नेछ। म तेरो परिवारालाई सर्वदा शासन गर्ने बनाउनेछु।

1 इतिहास 28:6

परमप्रभुले मलाई भन्नुभयो, ‘दाऊद, तेरो छोरा सुलेमान त्यही एउटा हो जसले मेरो निम्ति मन्दिर र त्यसका चोकहरू बनाउनेछ। किन? किनभने मैले सुलेमानलाई मेरो छोरा हुन चुनेकोछु अनि म त्यसको पिता हुनेछु।

भजनसंग्रह 89:26

त्‍यसले मलाई यसो भनी पुकार्नेछ, ‘तपाईं मेरा पिता हुनुहुन्‍छ, मेरा परमेश्‍वर र मेरो उद्धारको चट्टान हुनुहुन्‍छ।’

भजनसंग्रह 89:36

कि त्‍यसको वंश सदाको निम्‍ति रहनेछ, र त्‍यसको सिंहासनचाहिँ सूर्यझैँ मेरो अगाडि स्‍थिर रहनेछ।

यशैया 9:7

उहाँको राज्यमा शक्ति र शान्ति रहनेछ। दाऊद परिवारको यस राजा सदा अभिवृद्धि भइरहनेछ। यस राजाले सदा-सदाकोलागि धार्मिकता अनि न्यायका साथ देश शासन गर्नु हुनेछ। सेनाहरूका परमप्रभुसित आफ्ना मानिसहरूप्रति उत्कट प्रेम छ। यस उत्तेजित जोशले गर्दा यो सबै उहाँद्वारा गरिनेछ।

जकरिया 6:12

उसलाई भन, ‘सर्वशक्तिमान परमप्रभुले भन्नुभएको छ, “त्यहाँ एकजना मानिस छ जसलाई ‘हाँगो’ भनिन्छ। त्यो ‘हाँगो’ जहाँछ त्यहाँबाट निकालिने छ र त्यसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ।

हिब्रू 1:5

परमेश्वरले यी कुरा कुनै पनि स्वर्गदूतहरूलाई भन्नुभएको थिएन “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता बनेको छु।” भजनसंग्रह 2:7उहाँले कुनै स्वर्गदूतलाई यो कुरो भन्नु भएन “म तिनका पिता बन्नेछु र तिनी मेरा पुत्र बन्नेछन्।”

Interlinear

Choose Theme