Home Bibles ☰ Books 1 इतिहास 18:12 · नेपाली बाइबल
1 इतिहास 18:12 · नेपाली बाइबल

अबीशै, सरूयाहका छोराले 18,000 एदोमी मानिसहरूलाई नूनको बेंसीमा मारे।

Cross references

1 शमूएल 26:6

दाऊदले हित्ती अहीमेलेक र सरूयाहका छोरा अबीशैसित बात गरे। (अबीशै योआबका भाइ थिए।) तिनले भने, “मसँग शाऊलको छाउनीमा को जान्छ?”अबीशैले जवाफ दिए, “म तपाईंसँग जानेछु।”

1 शमूएल 26:8

अबीशैले दाऊदलाई भने, “आज परमेश्वरले तपाईंको शत्रुलाई तपाईंको हातमा सुम्पिनु भएकोछ उसको भालाले उसैलाई रोप्न मलाई दिनुहोस्। म एकै खेपमा काम सिध्याउँछु।”

2 शमूएल 3:30

अबनेरले तिनीहरूका भाई असाहेललाई गिबोनको युद्धमा मारेको कारण योआब र उसको भाई अबिशैले अबनेरलाई मार्यो।

2 शमूएल 7:13

उसैले मेरो मन्दिर निर्माण गर्नेछ। अनि म उसको राज्यलाई सदा सर्वदा एकदमै शक्तिशाली बनाउनेछु।

2 शमूएल 8:13

दाऊदले 18,000 अरामीहरूलाई खारको बेसीमा मारे। तिनी घर फर्कदा साह्रै ख्याती कमाए।

2 शमूएल 10:10

तब उसले बाँकी मानिसहरूलाई उसको भाइ अवीशैको अधिकारमा लगाए अनि तिनीहरूलाई अम्मोनीहरूको विरूद्धमा खटाए।

2 शमूएल 10:14

अम्मोनीहरूले अरामीहरू भागेका देखेर आफू पनि भाग्नथाले।यसरी तिनीहरू आफ्ना शहर फर्किए। यसरी योआब अम्मोनीहरूसँग लडेर यरूशलेम फर्किए।

2 शमूएल 16:9

सरूयाहका छोरा अबीशैले राजालाई भने, “हे मेरो मालिक राजा यो मरेको कुकुरले किन तपाईंलाई सराप्दैछ? दया गरी मलाई उसको टाउको छिनाउन दिनुहोस्।”

2 शमूएल 19:21

तर सरूयाहका छोरा अबीशैले भने, “शिमी जसले परमप्रभुद्वारा चुनिएका राजालाई श्रापे अवश्यै मार्नु पर्छ।”

2 शमूएल 20:6

दाऊदले अबीशैलाई भने, “बिक्रीको छोरा शेबा हाम्रो निम्ति अब्शालोम भन्दा डरलाग्दो हो। मेरा अधिकारीहरूसित शेबालाई पछ्याऊ। शहरको पर्खालमा पस्नु भन्दा अघि उसलाई समात। यदि शेबाले सुरक्षित शहरमा प्रवेश गर्यो भने हामीले त्यसलाई भेट्न सक्दैनौ।”

2 शमूएल 21:17

तर सरूयाहका छोरा अबीशैले त्यस पलिश्तीलाई मारेर दाऊदको ज्यान बचाए।तब दाऊदका मानिसहरूले दाऊदसँग प्रतिज्ञा गरे। उनीहरूले तिनलाई भने, “तपाईं अबदेखि हामीसँग युद्ध गर्न जानुहुने छैन। यदि जानुभयो भने, इस्राएलले साह्रै ठूला नेता हराउने छन।”

2 शमूएल 23:18

सरूयाहाका छोरा, योआबका भाइ अबीशै थिए अबीशै तीसजना वीरहरूका अगुवा थिए। अबीशैले आफ्नो भाला प्रयोग गरेर 300 शत्रुहरूलाई मारे।

2 राजा 14:7

अमस्याहले नूनको बेंसीमा 10,000 एदोमीहरूलाई मारेर। युद्धमा अमस्याहरूले सेनालाई जिते अनि त्यस ठाउको नाउँ “योक्तेल” राखे। त्यो ठाउँ आजसम्म “योक्तेल” भनिन्छ।

1 इतिहास 2:16

तिनीहरूका बहिनीहरू सरूयाह अनि अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू अबीशै, योआब अनि असाहेल थिए।

Interlinear

Choose Theme