तर सरूयाहका छोरा अबीशैले भने, “शिमी जसले परमप्रभुद्वारा चुनिएका राजालाई श्रापे अवश्यै मार्नु पर्छ।”
Cross references
“तिमीहरूले तिमीहरूका परमेश्वर अथवा तिमीहरूका शासकहरूलाई सराप्नु हुँदैन।
दाऊदले मानिसहरूलाई भने, “परमप्रभुले मलाई आफ्नो मालिकलाई क्षति गर्नबाट रोकुन्। शाऊल परमप्रभुले छान्नु भएको राजा हुन र मैले त्यसो नगरको भए हुने थियो।”
तर दाऊदले अबीशैलाई भने, “शाऊललाई नमार! परमेश्वरले छान्नु भएको राजालाई घात गर्दा दण्ड पाइन्छ।
दाऊद बहूरीममा आए। बहूरीमबाट शाऊलका परिवारका एकजना मानिस निस्किए। त्यसको नाउँ शिमी थियो, जो गेराका छोरा थिए। शिमीले दाऊदलाई धेरै सराप्दै आए। लगातार नराम्रो नामले सराप्दै थिए।
शिमीले दाऊदलाई सराप दिए। उनले भने, “ए हत्यारा, भाग यहाँबाट छिटो भाग।
यसकारण दाऊद र तिनका मानिसहरू आफ्नो बाटो लागे। तर शिमीले दाऊदलाई पछ्याए। पहाडको बाटोको अर्कोतिर भएर शिमी हिंड्न थाल्यो। यात्राभरि दाऊदलाई गाली गर्दै शिमी हिडयो। शिमीले दाऊदलाई ढुङ्गा र धूलोले पनि हान्यो।
केही यस्ता मानिसहरू खोज जो नाबोतको लागि असत्य बोल्नेछन्। ती मानिसहरूले भन्ने छन्, तिनीहरूले नाबोतले राजा र परमेश्वरको विरोधमा बोलेको सुनेका छन्। तब नाबोतलाई शहरदेखि बाहिर निकाल अनि उसलाई ढुङ्गाले हिर्काएर मार।