Home होशे 9 · नेपाली बाइबल

होशे

Chapter 9

नेपाली बाइबल
1हे इस्राएल, तिमी अरू देशका मानिसहरूले मनाए जस्तै खुशी नमनाऊ। तिमी खुशी न हौ किनभने तिमीले आफ्ना परमेश्वरलाई त्यागेर वेश्यावृत्ति गर्न लागेको छौ। तिमीले प्रत्येक खलोमावेश्यावृत्ति गरेको छौ।
2किनकि त्यो खेतमा उब्जेको अन्नले इस्राएललाई प्रर्याप्त भोजन दिन सक्दैन। इस्राएलका निम्ति दाखरस पनि प्रर्याप्त छैन।
3इस्राएलका मानिसहरू परमप्रभुको देशमा बस्ने छैनन्। एप्रैम मिश्रदेशमा फर्किजानेछ। अश्शूरमा उनीहरूले यस्तो खाना खाने छन् जुन खाना उनीहरूले नखानु पर्नेथियो।
4इस्राएलका मानिसहरूले परमप्रभुलाई अर्धको रूपमा दाखरस चढाउने छैनन्। न त उनीहरूले बलि नै चढाउँन पाउनेछन्। यो बलिदान उनीहरूको निम्ति मरेकाहरूका निम्ति शोक गर्ने रोटी जस्तै हुनेछ। त्यो खानेहरू सबै अशुद्ध हुनेछन्। परमप्रभुको मन्दिरमा उनीहरूको त्यो रोटी जान पाउँदैन। उनीहरूसंग त्यति मात्र रोटी हुन्छ जसले उनीहरू मात्र जीवित रहन सक्छन्।
5परमप्रभुको पवित्र महा-सभाको दिन अनि परमप्रभुको चाड मनाउँदा तिमी के गर्न जाँदैछौ?
6इस्राएलीहरू पूर्ण रूपले ध्वंश हुने डरले भाग्नेछन्, तर मिश्रदेशले तिनीहरूलाई बटुल्नेछ। अनि मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन्। तिनीहरूको बहुमूल्य चाँदीका वस्तुहरूको वरिपरि झारपात उम्रनेछ। तिनीहरूका पालहरूमा काँढा उम्रनेछ।
7अगमवक्ता भन्छन, “हे इस्राएल यो कुराहरूलाई बुझि राख, दण्ड दिने समय आएको छ। जुन नराम्रो कामहरू तिमीले गरेको छौ त्यसको भोग गर्ने समय आएको छ।” किनकि इस्राएलीहरू भन्छन्, “अगमवक्ता मूर्ख छ र परमेश्वरको आत्मा भएको मानिस चाँहि बौलाह सरह छ।” अगमवक्ता भन्छन् तिम्रो नराम्रो कामको लागि तिमीलाई दण्ड दिइनेछ। तिम्रो धृणित कामको निम्ति तिमीलाई दण्ड दिइनेछ।”
8परमेश्वर र अगमवक्ताको प्रजामाथिबाट एप्रैमको रखवाली गर्ने हो। किनकि उसको सबै बाटोमा शिकारी पासो थापिएकोछ, अनि उसको परमेश्वरको भवनमा त्यसप्रति दुश्मनी छ।
9गिबाका दिनमा झैं तिनीहरू आफैले आफैलाई साहै भ्रष्ट पारेकाछन्। परमप्रभुले इस्राएलीहरूको पापको सम्झना गर्दै तिनीहरूको पापकोलागि दण्ड दिनुहुन्छ।
10उजाड जमीनमा कसैले अङ्गुर पाए झैं मलाई इस्राएल पाउनु थियो। तिमीहरूको पिता-पुर्खा मैले यसरी भेट्टाए जसरी पहिलो ऋतुमा कसैले नेभाराको पहिलो फल प्राप्त गर्छ। तर तिनीहरू बाल पोरकोमा गए र बाल देवताकहाँ आफूलाई अर्पण गरे। कुनै सडेको घिनलाग्दो सामान जस्तो भए। उनीहरूले जुन भयानक वस्तुलाई प्रेम गर्थे त्यस्तै भए।
11इस्राएलको वैभव कतै त्यसरी उडिजाने छ जसरी जुनै पंक्षी उडिजान्छ। तिनीहरूमा न त कुनै जन्म न कोही गर्भवती न गर्भधारण हुनेछ।
12तर इस्राएलीले छोरा-छोरी पाएर हुर्काए तापनि एउटै बालक पनि नरहने गरि म तिनीहरूलाई निःसन्तान तुल्याउने छु, म उनीहरूलाई त्यागिदिने छु अनि विवादमा फसाउँनेछु।
13एकसमय एप्रैमको विषयमा मैले हरियो चौरमा रोपेको कलिलो खुजूरको रूख जस्तौ सोचेको थिएँ। तर अहिले एफ्रैमले छोराहरूलाई मार्नको लागि डोर्‌याउँनेछ।
14हे परमप्रभु! तपाईले उनीहरूलाईं जे चाहनुहुन्छ त्यो उनीहरूलाई दिनुहोस। उनीहरूलाई एउटा यस्तो गर्भ दिनुहोस् जुन तुयोस् र स्तन पनि यस्तो दिनुहोस् जसद्वारा दूध खुवाउनु नसकोस्।
15तिनीहरूको सबै दुष्टता गिलगालमा छ। त्यही मैले तिनीहरूलाई धृणा गर्न शुरू गरें। म तिनीहरूलाई तिनीहरूको कुकर्मले गर्दा मेरो राजमहलबाट मिल्काई दिनेछु। म तिनीहरूलाई फेरि कहिल्यै पनि प्रेम गर्ने छैन। तिनीहरूका सबै अगुवाहरू बागी भए।
16एप्रैमलाई दण्ड दिइनेछ, तिनीहरूको जरा सुकि हाल्यो। तिनीहरूमा फल लाग्नेछैन उनीहरूको अब धेरै सन्तान हुने छैनन्। यदि तिनीहरूले सन्तान जन्माए पनि म तिनीहरूका प्रिय बालकहरूको हत्या गरिदिने छु, जो तिनीहरूबाट जन्मलिनेछन्।
17मेरा परमेश्वरले तिनीहरूलाई अस्वीकार गर्नुहुनेछ, किनभने तिनीहरूले उहाँलाई सुनेन्। तिनीहरू फेरि अरू देशहरूमा बरालिनेछन्।
Bible Study with Steffi App

Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.

Download Free ↗

Choose Theme