Home हितोपदेश 5 · नेपाली बाइबल

हितोपदेश

Chapter 5

नेपाली बाइबल
1हे मेरो छोरो! तिमी मेरो ज्ञानपूर्ण शिक्षाहरूमा ध्यान देऊ। मेरा बुद्धिका वचनहरू होशियार साथ सुन।
2यी कुराहरूबाट तिमीलाई कुन असल अथवा खराब त्यो बोध भइरहनेछ र तिम्रो ओठमा ज्ञानका कुराहरू वास गरिरहन्छन्।
3कारण पर स्त्रीको मुखबाट मह टप्किन्छ अनि ओठ भद्राक्षको तेल दले झैं चिप्लो हुन्छ।
4तर पछि परिणाम चाँहि नीमको पत्ता झैं तीतो तथा दुई धारे तरवार जस्तै धारिलो हुन्छ।
5परस्त्रीको गोडाहरू मृत्यु तिर लम्कन्छन र उसको पाइला चिहानतिर जान्छन्।
6उसको मार्गले कहाँ लगिरहेको छ त्यसले विचार गर्दिन त्यसले बाटो विराएर हिँडेकि हुन्छे तैपनि त्यसले त्यो जान्दिन।
7यस कारण अब मेरो छोराहरू सुन! त्यो मैले दिएको उपदेशहरूबाट निलित नहोऊ।
8स्त्री देखि टाढा बस अनि त्यसको घरको ढोका नजिक पनि नजाऊ।
9नत्र आफ्नो सर्वोत्तम शक्ति अर्कालाई दिनेछौ, अनि त्यस द्वारा तिम्रो सम्पूर्ण जीवनको प्राप्तिहरू निष्ठूर एउटा दुष्ट मानिसको हातहरूमा राख्ने छौ।
10यस्तो चाँहि नहोस कि तिम्रो धनमा अरूले आनन्द भोगोस् र तिमीहरूको परिश्रमले अन्य मानिसको ढिकुटी भरियोस्।
11जब तिम्रो धन सम्पत्ति शरीर तथा आयु सब शेष हुन्छ त्यतिबेला चिन्ता गरेर रोई बस्नु पर्ला।
12तिमीले भन्नेछौ, “अहा! मैले अनुशासनलाई किन घृणा गरें? किन मेरो हृदयले सुधारलाई अस्वीकार गर्यो?
13मैले आफ्नो शिक्षकहरूको कुरा मानिनँ अनि उनिहरू प्रति ध्यान नै दिइनँ।
14म प्रायः पूर्णरूपले ध्वंश भएको छु भनी प्रत्येकले जान्दछन्।
15तिमी आफ्नै पानीको कुवाबाट निकालेको पानी पिउने गर। तिमी आफ्नै जल श्रोतबाट स्वच्छ पानी पिउने गर।
16तिमी नै भन, के तिम्रो आफ्नो जल श्रोतबाट पानी बाटोमा जताततै बगोस्। तिम्रो जलश्रोतबाट निस्केको पानी बाहिर कहीं नबगोस्।
17त्यो पानी त केवल तिम्रो हो, तिम्रो मात्र। त्यसमा कुनै विदेशीको अंश नहोस्।
18तिम्रो श्रोत धन्य रहोस् अनि आफूले तन्नेरी हुँदा विहे गरेकी पत्नीसित आनन्द गर।
19ऊ एउटी सुन्दरी मृर्ग झैं होस्, एउटी प्यारी हरिणको बच्चा झैं होस्, उसका स्तनहरूले तिमीलाई सधैं तृप्त पारून् र उसको प्रेमले तिमीलाई सधैं बाँधोस्।
20हे मेरो छोरो, तिमीलाई किन व्यभिचारी स्त्रीले वशमा राख्छे। किन तिमीले अर्को स्त्रीको छातीलाई अंगालो हाल्नै पर्छ?
21परमप्रभुको आँखाहरूले मानिसको बाटोहरूलाई हेरीरहन्छन्, उसले गरेको प्रत्येक चीज उहाँले देख्नु हुन्छ।
22एकजना खराब मानिस उसले गरेको खराब कर्महरूद्वारा नै फँस्छ। उसको पापले उसलाई डोरीले झैं बाध्ने छ।
23एकजना खराब मानिस अनुशासनको अभावले मर्नेछ। उसको ठूलो मूर्खताले उसलाई पथभ्रष्ट बनाउँछ।
Bible Study with Steffi App

Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.

Download Free ↗

Choose Theme