रोमी
Chapter 10
नेपाली बाइबल1दाज्यु-भाइहरू र दिदी-बहिनीहरू, यहूदीहरूको उद्धार हुनसकोस् भनेर म हृदयबाटै चाहन्छु। यो मेरो परमेश्वरप्रति प्रार्थना छ।
2यति मात्र म यहूदीहरूको विषयमा भन्न सक्छुः तिनीहरू साँचि नै परमेश्वलाई पछ्याउन चाहन्छन्। तर तिनीहरू ठीक बाटो जान्दैनन्।
3तिनीहरूले धर्मी बनाउने परमेश्वरको बाटो चिनेनन्। तिनीहरूले आफ्नै तरिकाबाट धार्मिक बन्न खोजे अनि त्यसैले मानिसहरूलाई धर्मी बनाउने परमेश्वरको बाटो तिनीहरूले स्वीकार गरेनन्।
4ख्रीष्टले व्यवस्था समाप्त गरिदिनुभयो ताकि प्रत्येक मानिस जसले विश्वास गर्छ उ धर्मी हुन सक्छ।
5व्यवस्थाले दिएको धार्मिकताको बारे मोशा भन्दछन्“व्यवस्था अनुसार हिंड्ने मानिस त्यसबाटै बाँच्नेछ।”
6तर विश्वासले दिएको धार्मिकताको विषयमा धर्मशास्त्रले भन्छ “तिमीहरू स्वयंले नसोध, ‘स्वर्गमा को जानेछ?” (जसको अर्थ हुँदछ “ख्रीष्टलाई पृथ्वीमा उतार्न को स्वर्ग जानेछ?”)
7र नभन, पातालमा को जानेछ?” (जसको अर्थ हुँदछ, “ख्रीष्टलाई मृत्युबाट फर्काउन पातालमा को जानेछ?”)
8धर्मशास्त्रले यसरी भन्छः “परमेश्वरको शिक्षा तिमीहरूको नजिक छ, त्यो तिम्रो मुखमा र तिम्रो हृदयमा छ।”यो शिक्षा विश्वासको शिक्षा हो जुन हामी प्रचार गर्छौं।
9यदि तिमीहरूले “येशू नै प्रभु हुनुहुन्छ,” भन्न मुख खोल्यौ भने अनि यदि परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो भन्ने कुरामा तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूको उद्धार हुनेछ।
10हो, हामी हृदयले विश्वास गर्छौं त्यसैले हामी धर्मी बनाइका छौं। अनि हामी विश्वास गर्छौं भन्ने स्वीकार गर्न हामी आफ्ना मुख खोल्दछौं त्यसैले हामी बचाईएका छौं। हामीले मुख खोल्यौं र विश्वास गर्यौ अनि हाम्रो उद्धार भयो।
11हो, धर्मशास्त्रले भन्छ, “जसले पनि उहाँमा विश्वास गर्छ भने, उ लज्जित हुने छैन।”
12किनभने यहूदी र गैर-यहूदीहरूमा भिन्नता छैन। उहाँनै परमप्रभु सबैका लागि प्रभु हुनुहुन्छ। ज-जसले उहाँमा विश्वास राख्दछ ती सबैलाई उहाँ पूर्ण आशिष दिनुहुन्छ।
13हो, धर्माशास्त्रले भन्छ, “जसले परमप्रभुमा भरोसा राख्छ उसको उद्धार हुँदछ।”
14तर मानिसहरूले प्रभुलाई पत्याउन भन्दा पहिले उहाँमा विश्वास गर्नुपर्छ? अनि विश्वास गर्न अघि, तिनीहरूले उहाँको बारेमा सुनन्नुपर्छ। तर उहाँको बारेमा सुन्नलाई कसैले उहाँ बारे तिनीहरूलाई प्रचार गर्नुपर्छ।
15तर कसैले प्रचार गर्नु भन्दा अघि, उसलाई पठाइनु पर्छ। धर्मशास्त्रले भन्छः “सुसमाचार ल्याउनेहरूको खुट्टा सुन्दर हुन्छन्।”
16तर सबै यहूदीहरूले त्यो सुसमाचार स्वीकार गरेनन्। यशैयाले भने, “परमप्रभु हाम्रो सन्देशलाई कसले विश्वास गरे?”
17यसैले सुसमाचार सुनेपछि विश्वास आउँदछ। अनि यदि कसैले मानिसलाई ख्रीष्टको बिषयमा बताए तिनीहरूले सुसमाचार सुन्नेछन्।
18तर म सोध्छु, “के तिनीहरूले सुसमाचार सुने?’ हो, तिनीहरूले सुने। धर्मशास्त्रले भन्छः“तिनीहरूका आवाज सार संसारमा फैलिउन्। तिनहरूका शब्द संसारका चारै दिशा पुगुन्”
19फेरि म सोध्छु, “के इस्राएलका मानिसहरूले बुझेनन्?’हो तिनीहरूले बुझे। मोशा पहिले परमेश्वरका कुरा भन्छन्“म ती मानिसहरूलाई प्रयोग गरेर तिनीहरूमा इर्ष्या उत्पन्न गराउँछु, जो एक जाति होइन। एउटा मूर्ख जातिलाई प्रयोग गरेर म तिमीहरूलाई क्रुद्ध बनाउँछु।”
20त्यसपछि यशैया अझ निर्भयताका साथ परमेश्वरलाई भन्छन्“जुन मानिसहरूले मलाई खोज्दै खोजेका थिएनन्, तिनीहरूले मलाई पाए। जसले मलाई सोध्दै सोधेका थिएनन्, म तिनीहरूकहाँ प्रकट भएँ।”
21परमेश्वरले यी कुराहरू यशैया द्वारा गैर-यहूदीहरूलाई भन्नुभयो। तर यहूदीहरूका बारेमा परमेश्वर भन्नुहुन्छ, “सारा दिन मैले ती मानिसहरूलाई पर्खें, तर तिनीहरूले मेरो आज्ञा मानेनन् अनि मलाई पछ्याएनन् पनि।”
Bible Study with Steffi App
Download Free ↗
Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.