योना
Chapter 4
नेपाली बाइबल1योनालाई यो साह्रै मनपरेन कारण परमेश्वरले शहर बचाउँनु भयो। त्यसैले योनालाई साह्रै रिस उठ्यो।
2उनले परमप्रभुलाई आरोप गर्दै भने, “मलाई थाहा थियो तपाईंले यो पापी शहरलाई बचाउनु हुनेछ। म त आफ्नो देशमा थिएँ, तपाईंले नै यहाँ बोलाएर ल्याउनु भयो। त्यसै समय मलाई थाहा थियो, तपाईंले यो पापी शहरलाई बचाउनु हुनेछ। मैले त्यसैबेला र्तशिश तिर भागेर जाने कोशिश गरेको थिएँ। मलाई थाहा थियो तपाईं एक दयालु परमेश्वर हुनुहुन्छ भनेर। मलाई थाहा थियो तपाईं करुणामय हुनुहुन्छ भनेर अनि मानिसलाई दण्ड दिन चाहनु हुन्न। मलाई थाहा थियो कि तपाईं दयापूर्ण हुनुहुन्छ। मलाई ज्ञान थियो यदि यिनीहरुले पाप गर्न छोडे भने तपाईंले यिनीहरुको विनासको योजना बद्ली गर्नु हुन्छ।
3यसकारण हे परमप्रभु, म तपाईंलाई यही माग्छु कि तपाईंले मलाई मार्नुहोस्। मेरो निम्ति बाँच्नु भन्दा मर्नु राम्रो छ।”
4तब परमप्रभुले भन्नुभयो, “मैले ती मानिसहरुलाई नष्ट नगर्दा तिमी रिसाउनु सही हो र?”
5यी सबै कुराहरुले योना अझैपनि रिसाई रहेका थिए। यसकारण उनी शहर बाहिर गए। योना यस्तो शहरमा गए जुन शहर पूर्वी प्रदेशको नजिकमा थियो। योनाले त्यहाँ आफ्नो निम्ति छाप्रो बनाए। फेरि त्यसको छायाँमा बसेर यस्तो कुरा सोच्न थाले कि अब शहरमा के घट्ने हो।
6परमप्रभु परमेश्वरले एउटा लौकाको बोट उमार्नु भयो अनि त्यसलाई छिटो-छिटो ठूलो पर्नुभयो अनि योना माथि छायाँ दिनुभयो भयो जसले योनालाई शितल स्थान बनायो। योनाले यसवाट अत्यन्तै आराम पाए। यो बोटको कारण योना अत्यन्तै प्रसन्न भए।
7अर्को दिन बिहानै बोटको एक भाग खानको निम्ति परमेश्वरले एउटा किरा पठाउनु भयो, किराले त्यो बोट खायो अनि त्यो बोट ओइलाई हाल्यो।
8सूर्य उदाएपछि परमेश्वरले पूर्वीय हावा चलाई दिनुभयो र घाम टनटलापुर सित योनाको टाउकोमा पर्यो र तिनीहरू हैरान भए। मरिने रहेछ भनेर परमेश्वरसित बिन्ति गर्न थाले, “मेरो निम्ति बाँच्नुभन्दा त मर्नु नै उचित छ।”
9अनि परमेशवरले भन्नुभयो, “के लौकाको बोटको निम्ति रिसाउनु उचित हो?” योनाले उत्तर दिए, “हो मेरो निम्ति रिसाउनुनै उचित हो, मलाई यस्तो रिस उठेको छ कि म मरिहालौं।”
10तब परमप्रभुले भन्नुभयो, “हेर, त्यो बोटको निम्ति तैंले केहि पनि गरिनस्। तैले रोपेको पनि हैनस्। त्यो एकै रातमा उम्रियो र एकै रातमा ओइलाईहाल्यो अनि त्यो बोटको निम्ति सहानभूति अनुभव गर्छस्।
11यदि तँ त्यो बोटको निम्ति व्याकुल हुन सक्छस् भने के यति ठूलो शहर निनवे, जसमा धेरै मानिसहरु अनि वस्तुहरुछन्। त्यस शहरमा 1,20,000 भन्दा बढ्ता मानिसहरुछन्, तिनीहरुले जान्दैनन् कि तिनीहरुले भूल गरिरहेका छन्।”
Bible Study with Steffi App
Download Free ↗
Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.