यहोशू
Chapter 16
नेपाली बाइबल1यो त्यो भूमि हो जो यूसुफका कुलले प्राप्त गरे। यो भूमि यरीहो नजिकै यर्दन नदीबाट शुरू भएर यरीहोको जल क्षेत्रसम्म लगातार फैलिएको थियो। यो यरीहोको ठीक पूर्वमा थियो। यसको सीमाना यरीहो देखि माथि तिर बेतेलको पहाडी देशसम्म लगातार फैलिएको थिए।
2त्यसपछि त्यो सीमाना बेतेल (लाजः देखि अरकीको सीमाना अतारोत तर्फ लगातार गएको थिए।
3तब सीमाना थल्पेतीको सीमानासम्म पश्चिमतिर गयो। त्यो सीमाना निम्न बेथोरोन तर्फ गएको थिए। त्यसपछि त्यो सीमाना गेजेर तर्फ गएर भूमध्य समुद्र तिर फैलिएको थियो।
4यसरी मनश्शे अनि एप्रैमका मानिसहरूले आफ्ना भूमिप्राप्त गरे। मनश्शे अनि एप्रैम यूसुफका छोराहरू थिए।
5एप्रैमका मानिसहरूलाई दिइएको भूमि यो होः तिनीहरूको पूर्वी सीमाना अत्रोतद्दार, उच्च बेथोरोनको नजिकैबाट शुरू भएको थियो।
6अनि पश्चिमी सीमाना मिक्मतातबाट शुरू भएको थियो। त्यो सीमाना पूर्वतिर तानत्शीलो तर्फ घुमेर पूर्वतिर यानोहसम्म लगातार गएको थियो।
7त्यसपछि त्यो सीमाना यानोह देखि तलतिर अतारोत अनि नारासम्म गएको थियो। त्यो सीमाना यरीहोलाई नछोए सम्म लगातार गएर यर्दन नदीमा समाप्त भएको थिए।
8त्यो सीमाना तप्पूह देखि पश्चिम तिर कानाको बेसी तर्फ गएर समुद्रमा समाप्त भएको थियो। यो सबै भूमिहरू एप्रैमका मानिसहरूलाई दिइएका भूमिहुन्। त्यस कुल समूहका प्रत्येक वंशले यो भूमिको एक अंश पाए।
9एप्रैमको सीमानाका अनेक शहरहरू वास्तवमा मनश्शेका सीमाना भित्र थिए। तर एप्रैमका मानिसहरूले ती शहरहरू अनि ती वरिपरिका खेतहरू पाए।
10तर एप्रैमका मानिसहरूले कनानी मानिसहरूलाई गेजेर शहर छाड्न बाध्य तुल्याउन समर्थ थिएनन्। यसकारण कनानी मानिसहरू एप्रैमी मानिसहरू माझ बस्छन्। तर कनानी मानिसहरू एप्रैमी मानिसहरूका दास भएका छन्।
Bible Study with Steffi App
Download Free ↗
Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.