Home यर्मिया 26 · नेपाली बाइबल

यर्मिया

Chapter 26

नेपाली बाइबल
1योशियाहका छोरो यहूदाका राजा यहोयाकीमको शासनकालको शुरूमा यो वचन परमप्रभुबाट आयो।
2परमप्रभुले भन्नुभयो “यर्मिया, परमप्रभुको मन्दिर चोकमा तिमी उभ र यो वचन भन। मन्दिरमा आराधना गर्न आउने यहूदाका सबै बासिन्दाहरूलाई भन। मैले भनेको प्रत्येक कुरा उनीहरूलाई भन। मेरो सन्देशको कुनै भाग पनि नछोड।
3यो हुनसक्छ, तिनीहरूले सुन्नेछन् अनि मेरो सन्देश पालन गर्नेछन् र तिनीहरू खराब काम गर्नुबाट रोकिनेछन्। यदि तिनीहरू परिर्वतन भए भने म मेरो तिनीहरूलाई तिनीहरूको दुष्टकर्मका निम्ति सजाय दिन जुन योजना तयार पारेकोछु त्यो बदलिनेछु।
4तिमीले तिनीहरूलाई भन्नेछौ, ‘यही नै परमप्रभु भन्नुहुन्छ यदि तिमीहरूले मेरा कुराहरू सुनेनौ अनि मैले तिमीहरू अघि राखेको शिक्षाहरू।
5मेरा दास अगमवक्ताहरू जसलाई मैले तिमीहरूकहाँ समय समयमा पठाएको थिए तर तिनीहरूका वचनहरू अनुसरण गरेनौ, तिमीहरूले तिनीहरूको कुराहरू सुनेनौ।
6तब म यो मन्दिरलाई शिलोहजस्तै बनाउनेछु अनि पृथ्वीभरिको मानिसहरूका निम्ति यो शहर एक श्राप झैं बनाउनेछु।”
7पूजाहारीहरू, अगमवक्ताहरू अनि सारा मानिसहरूले यर्मियाले परमेश्वरको मन्दिरमा भनेको ती शब्दहरू सुने।
8परमप्रभुले दिनुभएको आदेश अनुसार यर्मियाले सबै कुराहरू मानिसहरूलाई भनी समाप्त गरे। तब पूजाहारीहरू, अगमवक्ताहरू र सारा मानिसहरूले यर्मियालाई समाते अनि भने, “तिमी निश्चय नै मर्नेछौ।
9कसरी तिमीले परमप्रभुको नाउँमा यति नराम्रो कुरा गर्ने आँट गर्यौ? कसरी परमप्रभुको यो मन्दिर शीलोहमा ध्वंस भए जस्तो हुनेछ भन्ने आँट कसरी गर्यौ? कुन आँटले तिमीले यरूशलेम निर्जन मरूभूमि झैं हुनेछ भन्यौ?” परमप्रभुको मन्दिरमा सबै मानिसहरू यर्मियाको विरूद्ध भेला भए।
10जब यहूदाका शासकहरूले ती अप्रिय घटनाहरूको बारेमा कुराहरू सुने तिनीहरू राजाको राजदरवारबाट बाहिर निस्के। तिनीहरू परमेश्वरको मन्दिर भएतिर उक्लिए। त्यहाँ, तिनीहरूले नयाँ प्रवेशद्वारमा आफ्ना ठाउँ लिए।
11त्यसपछि पूजाहारीहरू र अगमवक्ताहरूले शासकहरू र सारा अन्य मानिसहरूलाई यसो भने। तिनीहरूले भने, “यर्मिया मारिनु पर्छ। उनले यरूशलेमको बारेमा नराम्रो कुराहरू भने। तपाईंहरूले उनले त्यस्तो कुराहरू भनेको सुनेकाछौं।”
12तब यर्मियाले यहूदाका सबै प्रशासकहरू र मानिसहरूसँग बात गरे। “परमप्रभुले मलाई यो मन्दिर र शहर बारे यी सबै कुराहरू जो तिमीहरूले सुन्यौ, भन्न पठाउनु भयो।
13तिमीहरूले आफ्नो मन अनि कार्य बद्लिन नै पर्छ। तिमीहरूले आफ्नो परमप्रभु परमेश्वरको आज्ञा पालन गर्नु नै पर्छ। यदि तिमीहरूले त्यसो गर्यौ भने उहाँले आफ्नो मनलाई बद्लनु हुनेछ र खराब कामहरू जो उहाँले तिमीहरूका विरूद्ध उद्घोषणा गर्नु भएको छ त्यो टर्नेछ।
14मेरो विषयको कुरा र म तिमीहरूकै हातमा छु। तिमीहरूलाई जे ठीक लाग्छ त्यही गर।
15तर यदि तिमीहरूले मलाई मार्यौ भने, एउटा कुराको लागि निश्चित हौ। कि तिमीहरू एक निर्दोष मानिसको हत्यारा हुनेछौ। तिमीहरूले यो शहर र यसमा बस्ने सबै मानिसहरूलाई दोषी बनाउँनेछौ। किनभने उहाँ परमप्रभु नै हुनुहुन्छ जसले मलाई ती वचनहरू तिमीहरूलाई भन्न पठाउनु भयो जो तिमीहरूले सुन्यौ।”
16त्यसपछि सबै प्रशासकहरू र मानिसहरू बोले। ती मानिसहरूले पूजाहारीहरू र अगमवक्ताहरूलाई भने, “यर्मियालाई मार्नु हुँदैन। जति कुराहरू यर्मियाले हामीलाई भने ती सबै परमप्रभु हाम्रा परमेश्वरबाट आएको हो।”
17तब कतिपय बूढा-पाकाहरू उठे र सबै मानिसहरूलाई भने।
18तिनीहरूले भने, “यहूदाका राजा हिजकियाहको शासनकालमा मारसेतबाट मीका नाउँ भएका एकजना अगमवक्ता आएका थिए। मीकाले यहूदाका सबै मानिसहरूलाई यी कुराहरू भनेसेनाहरूका परमप्रभु भन्नुहुन्छ “सियोन ध्वंस हुने छ। यो जोतेको खेतझैं हुनेछ। यरूशलेम ढुङ्गाको थाक हुनेछ। परमप्रभुको मन्दिर भएको डाँडा, जगंल र बनमाराहरूको रित्तो डाँडा बनिनेछ।“
19“यहूदाका राजा हिजकियाहले मीकालाई मारेनन्। यहूदाका कुनै मानिसले मीकालाई मारेन। हिजकियाह परमप्रभुदेखि डराए अनि उहाँको दया याचना गरे। अनि परमप्रभुले तिनीहरूको विरोधमा भन्नु भएको कुराहरू विषयमा आफ्नो मन बद्लिनु भयो। तर हामीहरूले हाम्रो आफ्नो जीवनमाथि महाविपद ल्याउन आटेकाछौं।”
20विगतमा त्यहाँ शमायाहको छोरो उरियाह नाउँ गरेका किर्यत्यारीमबाट आएका एकजना मानिस थिए। उसले यर्मियाले झैं यो शहर र यस भूमि विरूद्धमा परमप्रभुको सन्देश प्रचार गरे।
21राजा यहोयाकीम र उनका सैनिक अधिकारीहरू अनि यहूदाका प्रमुखहरूले ऊरियाहले गरेको प्रचार सुने। तिनीहरू क्रोधित भए। राजा यहोयाकीमले ऊरियाहलाई मार्न चाहन्थे। तर ऊरियाहले त्यो कुरा चाल पाए। ऊरियाह डराए र मिश्र देशमा भागेर गए।
22तर राजा यहोयाकिमले एलनातान नाउँ भएका एक मानिस र अन्य मानिसहरूलाई मिश्रमा पठाए। एलनातान अकबोरको छोरा थियो।
23तिनीहरूले ऊरियाहलाई मिश्रबाट ल्याए अनि यहोयाकीमलाई सुम्पिए। यहोयाकीमले ऊरियाहलाई तरवारले मार्नु भन्ने हुकुम दिए। ऊरियाहको मृत शरीर साधारण मानिसहरू गाडने चिहानमा फ्याँकिदिए।
24अब शापानको छोरो अहीकामले यर्मियालाई सुरक्षा दिए। यसर्थ तिनले तिनलाई मानिसहरूको हातबाट बचाए।
Bible Study with Steffi App

Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.

Download Free ↗

Choose Theme