Home प्रेरित 20 · नेपाली बाइबल

प्रेरित

Chapter 20

नेपाली बाइबल
1जब गडबडी शान्त भयो, पावलले येशूका चेलाहरूलाई उनलाई भेट्न भनी बोलाए। उनले तिनीहरूलाई उत्साह दिए र विदा लिए। पावल तिनीहरूसंग विदा लिएर म्यासिडोनिया गए।
2म्यासिडोनिया भएर जाँदा उनले येशूका चेलाहरूलाई उत्साह दिन धेरै कुरा गरे। तब उनी ग्रीस गए।
3उनी त्यहाँ तीन महीना बसे। उनी समुद्रयात्राबाट सिरिया जान ठीकठाक पर्दैथे, तर उनको विरुद्धमा केही यहूदीहरूले षडयन्त्रहरू रचेका थिए। यसैले पावलले म्यासिडोनिया भएर सिरिया जाने निर्णय लिए।
4कतिपय मानिसहरू उनीसंग थिए। तिनीहरू थिएः पाईरसको छोरो बिरियावासी सोपाटर, थिस्सलोनिकावासी, अरिस्तार्खस र सिकन्डस, डर्बी शहरका निवासी गायस, तिमोथी अनि एशियाबाट दुइजना जो टाइकिकस र त्रोफिमस थिए।
5तिनीहरू हामी भन्दा अघि गए अनि तिनीहरूले हामीहरूले हामीलाई त्रोअसमा र्पखिए।
6अखमीरी रोटीको चाड पछि हामी समुद्र यात्रा गरेर फिलिप्पीतिर गयौं। हामीले ती मानिसहरूलाई पाँच दिनपछि त्रोआसमा भेट्यौंै। हामी त्यहाँ सात दिन बस्यौं।
7सप्ताहको पहिलो दिन, हामी सबै प्रभुको भोज खान एकत्रित भयौं। पावलले अर्को दिन विदा लिने सम्झी तिनीहरूसंग बात मारे। पावलले मध्यरात सम्म गफ जारी राखे।
8हामी माथिल्लो तल्लामा जहाँ भेला भएका थियौंै। त्यहाँ धेरै बत्तीहरू झिलिमिलि बलिरहेको थियो।
9त्यहाँ एक युटाइकस नाउँको युवा थियो जो झ्यालमा बसिरहेको थियो। पावल गफमा मस्त थिए, अनि युटाइकसलाई निद्राले ग्रस्त पारयो। अन्तमा, युटाइकस त्यही निदायो अनि तेस्रो तल्लाको खिडकीबाट भूइँमा पछारियो। जब मानिसहरू उसलाई उठाउन गए तब उ मरिसकेको थियो।
10पावल युटाइकस कहाँ ओर्लिए। उनले घुँडा टेकेर अगाँलो हाले। पावलले अन्य विश्वासीहरूलाई भने, “सुर्ता नगर, यिनी जिउँदै छन्।”
11पावल फेरि माथिल्लो तल्लामा गए। उनले रोटी टुक्राए अनि खाए। पावल तिनीहरूसंग धेरै बेरसम्म कुरा गरिरहे। उनको गफ सकिन्दा मिर्मिरे बिहान भइसकेको थियो। त्यसपछि पावल गए।
12मानिसहरूले त्यस युवकलाई लिएर घर गए। उ जिउँदै थियो अनि तिनीहरूलाई आराम भयो।
13हामी अस्सोस तिर समुद्रयात्रामा पावल भन्दा अघि गयौं। हामीले प्रथम पावललाई नै भेट्यौ। उनले हामीसंग अस्सोसमा भेट्ने र जहाजमा सामेल हुने योजना गरे। पावलको जमीनबाटै अस्सोस जाने इच्छाले गर्दा यस्तो कार्यक्रम बनाए।
14पछि पावललाई हामीले अस्सोसमा भेट्यौं। अनि उनी हामीसंग हामीसंग जहाजमा आए। हामी सबै मितिलेनेमा गयौ।
15हामी जाहजबाटै गयौं अनि अर्को दिन चिओस टापु पुग्यौं। अर्को दिन हामी समुद्र यात्रा गरेर सामोस भन्ने टापू गयौं। एकदिन पछि हामी मिलेटस पुग्यौं।
16पावलले पहिले नै एफिससमा नरोकिने भनेर निर्णय लिएका थिए। उनी एशियामा धेरै दिन बस्न पनि चाहेनन्। उनी हतारमा थिए किनभने उनी सम्भव भए पेन्तिकोस पर्वमा यरूशलेममा हुन् चाहन्थे।
17मिलेटसबाट पावलले एफिससमा खबर पठाए अनि त्यो खबरमा पावलले एफिससको मण्डलीका अग्रजहरूलाई उनीकहाँ आइदिने निमन्त्रण गरे।
18जब अग्रजहरू आए, पावलले तिनीहरूलाई भने, “म एशियामा पहिलो पल्ट आएको दिनदेखि नै तिमीहरूलाई भने, “म एशियामा पहिलो पल्ट आएको दिनदेखि नै तिमीहरू जान्दछौ, तिमीहरूसंग जति समय बिताँए, म कस्तो प्रकारले बसे।
19तर यहूदीहरूले मेरो विरुद्ध धेरै षडयन्त्रहरू गरे जसले गर्दा मैले प्रभुकै सेवा गरे।
20मैले प्रत्येक दिन जति पनि काम गरें तिमीहरूकै भलाईको लागि गरें। मैले येशूको विषयमा सुसमाचार तिमीहरूलाई भनें अनि मैले मानिसहरूको अघि अनि तिमीहरूको प्रत्येक घरमा सिकाँए।
21मैले सबै यहूदीहरू अनि ग्रीकहरूलाई हृदय परिणत गर्न परमेश्वरमा आउनु भने। मैले तिनीहरू सबैलाई हाम्रो प्रभु येशूमाथि विश्वास गर भनें।
22तर अब पवित्र आत्माको आदेश पालन गर्नै पर्छ। म यरूशलेम जानै पर्छ र म जान्दिम त्यहाँ मेरो के गति हुन्छ।
23म यति जान्दछु कि प्रत्येक शहरमा पवित्र आत्माले भन्छ कि बन्धन र कष्टहरूले यरूशलेममा मलाई र्पखिरहेको छ।
24म मेरो आफ्नै जीवनलाई ध्यान दिन्न। मुख्य कुरो मैले मेरो कार्य गरी सक्नु पर्छ। म त्यो कार्य सिद्धाउन चाहन्छु जुन प्रभु येशूले सुम्पिनु भयो मानिसहरूलाई परमेश्वरको अनुग्रहको सुसमाचार भन्नु।
25“अनि अब मलाई ध्यान दिएर सुन। म जान्दछु कि तिमीहरू कसैले पनि मलाई फेरि कहिल्यै देख्ने छैनौ। म तिमीहरूसंग सधैं थिएँ, मैले तिमीहरूलाई परमेश्वरको राज्यको विषयमा सुसमाचार भने।
26यसर्थ आज म भन्न लागिरहेछु कि म निःसन्देह छु यदि तिमीहरू मध्ये कसैले मुक्ति पाएनौ भने परमेश्वरले मलाई दोष लगाउनु हुनेछैन!
27म यो भन्न सक्छु किनभने म जान्दछु कि मैले तिमीहरूलाई सबै कुराहरू भनें जुन तिमीहरूले जानुन् भन्ने परमेश्वर चाहनु हुन्थ्यो।
28तिमीहरू आपै र सबै बगालको निम्ति सावधान बस्। पवित्र आत्माले तिमीहरूलाई त्यो बगालको हेरचाह गर्न अनि परमेश्वरको मण्डलीको गोठालो गर्न सुम्पिनु भएको छ, जुन परमेश्वरले मण्डलीलाई आफ्नै रगतले किन्नु भएको छ।
29म जान्दछु कि म गई सके पछि कतिपय पुरुषहरू तिमीहरूका दलमा आउनेछन्। तिनीहरू कुर ब्वाँसोहरू जस्ता हुन्। तिनीहरूले यो बथानलाई ध्वंश पार्ने कोशिश गर्नेछन्।
30तिमीहरूका आफ्नै झुण्डबाट पनि त्यस्ता मानिसहरू देखा पर्नेछन् जसले सत्य कुरोलाई बड्ग्याउने छ। तिनीहरूले येशूका चेलाहरू विभाजित गराउन चेष्टा गर्नेछन् अनि तिनीहरूलाई पछ्याउनु भन्नेछन्।
31यसैले सावधान बस्। प्रत्येक दिन यो कुरा याद गर्नुः म तिमीहरूसंग तीन र्वष सम्म थिएँ। त्यस समय मैले तिमीहरूलाई चेतावनी दिइरहें। मैले रात-दिन तिमीहरूलाई शिक्षा दिएँ। म प्रायः तिमीहरूको लागि रोएँ पनि।
32“अब म तिमीहरूलाई परमेश्वरको जिम्मामा अनि उहाँको अनुग्रहको संदेशमा छाडेर जाँदेछु जसले तिमीहरूलाई बलियो बनाउनेछ। त्यो सन्देशले तिमीहरूलाई आशीर्वाद दिनेछ जुन परमेश्वरले उहाँका सबै पवित्र मानिसहरूलाई दिनुहुन्छ।
33मैले कहिल्यै पनि आफ्नो लागि कसैको पैसा र लुगाहरू चाहिनँ।
34तिमीहरू जान्दछौ मैले आफ्नो र जो मसंग थिए तिमीहरूको खाँचो पूर्ति आफैं गरें।
35मैले तिमीहरूलाई सधैं म जस्तै खट भनेर देखाएँ अनि जो दुर्बल छन् तिनीहरूलाई मद्दत गर भनें। मैले प्रभु येशूको वचन याद गर्न सिकाँए। येशूले भन्नुभयो, ‘लिनु भन्दा पनि दिनुमा नै धेरै आनन्द छ।”‘
36जब पावलले ती कुराहरू भनिसके, उनी घुँडा टेकेर बसे र प्रत्येकले मिलेर प्रार्थना गरे।
37तिनीहरू प्रत्येक नै रोए, धेरै रोए। तिनीहरू अत्यन्त उदास भए कारण पावलले भनेका थिए कि विशेष गरी अब तिनीहरूले उनलाई कहिल्यै देख्ने छैनन्।
38तिनीहरूले पावललाई अङ्गालो हाले र चुम्बन गरे। तिनीहरू उनलाई विदा दिन जहाज सम्म गए।
Bible Study with Steffi App

Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.

Download Free ↗

Choose Theme