प्रस्थान
Chapter 27
नेपाली बाइबल1“बबुल काठको एउटा वेदी बनाऊ। त्यो वेदी पाँच हात लामो तथा पाँच हात चौडा र तीन हात उचाइ वर्ग आकारमा बनिनु पर्छ।
2त्यस वेदीको चारैवटा कुनामा एक एकवटा सींग बनाऊ र प्रत्येक सींगगलाई यस्तो प्रकारले जोड कि सबै एउटै टुक्राले बनिएको देखियोस्। तब वेदीलाई काँसाले मोहोरी देऊ।
3“वेदी सफा गर्न चाहिने सामग्रीहरू करूवा, मासु उठाउने काँटाहरू, तावाहरू कोप्रे भाँडाहरू यी सबै काँसाको बनाउनु पर्छ।
4वेदीको निम्ति एउटा काँसाको जाली जस्तै कोरेसो बनाऊ। त्यस कोरेसोको चारै कुनामा काँसाको चारवटा कुण्डलहरू लगाई देऊ।
5त्यो कोरेसो चाँहि वेदीको तहको मुनि टँसिएको हुनुपर्छ। अनि वेदीको तल आधा भागसम्म फैलिएको हुनुपर्छ।
6“वेदीको निम्ति डण्डाहरू बबुल काठको बनाऊ र त्यसलाई काँसाले मोहोर।
7वेदीमा भएका कुण्डलहरूमा दुइतिरबाट यी डण्डाहरू पसाउँनु र वेदी बोक्नु पर्दामा यी डण्डाहरू प्रयोग गर्नु पर्छ।
8वेदी बनाउँदा एउटा खाली सन्दूक जस्तो फल्याकबाट बनाउनु पर्छ। त्यो मैले तिमीलाई पर्वतमा देखाए जस्तै हुनुपर्छ।
9“पवित्र पालको आँगन हुनपर्छ। एक सय हात लामो एउटा पर्दा लगाएर आँगन बनाऊ यो दक्षिण भागमा हुनुपर्छ। त्यो पर्दा राम्रोसंग बुनेको सुतीको लुगाले बनाउनु पर्छ।
10र बीसवटा खम्बाहरू बनाऊ अनि ती बीसवटा खम्बाहरूको लागि बीसवटा काँसले बनिएका आधारहरू प्रयोग गर। डण्डाहरूको निम्ति अंकुसे र बन्धनहरू चाँदीको बनाउनु पर्छ।
11उत्तर तिर पनि एक सय हात लामो पर्दा अनि त्यो पर्दाको निम्ति पनि बीसवटा खम्बाहरूसंग बीसवटा काँसाको आधारहरू हुनुपर्छ। तिनीहरूको निम्ति अंकुशे र बन्धन चाँदीको बनाउनु पर्छ।
12“पवित्र पालको पश्चिम तिरको आँगनमा पचास हात लामो पर्दा होस। त्यस पर्दाको निम्ति दशवटा डण्डाहरू र दशैवटा आधारहरू लगाऊ।
13पवित्र पालको पूर्वपट्टि आँगनमा पनि पचास हात लामो पर्दा लगाऊ।
14एकापट्टि पन्ध्र हात लामो पर्दा हुनुपर्छ अनि त्यसमा तीनवटा खम्बा र तीनैवटा आधारहरू हुनुपर्छ।
15यसको अर्कोपट्टि पनि पन्ध्र हात लामो पर्दा, तीनवटा डण्डा र तीनैवटा आधारहरू हुनुपर्छ।
16“आँगनको प्रवेशद्वार ढाक्नको निम्ति बीस हात लामो निलो, बैजनी र रातो धागोले मसिनो बुनेको सुती कपडाको पर्दा लगाऊ। पर्दामा बेलबुट्टा काढेर नक्सा बनाउनु पर्छ। त्यस पर्दाको निम्ति चारवटा डण्डाहरू र चारवटा आधारहरू लगाउनु पर्छ।
17आँगनका चारैतिरका पर्दाहरूको अंकुसे र त्यसलाई अड्याउने सबै खम्बाका आधार पीतलले मोहरेको हुनुपर्छ।
18आँगन एक सय हात लामो अनि पचास हात चौडा हुनुपर्छ। आँगन वरिपरिको पर्दाको उचाइ चाँहि पाँच हात हुनुपर्छ। पर्दा मसिनो सुती कपडाको हुनुपर्छ। डण्डा तथा खम्बाको निम्ति लगाइने आधार काँसाको हुनुपर्छ।
19पवित्र पालमा प्रयोग गरिने सबै आँगन वरिपरिका वस्तुहरू अनि पालका चुकुलहरू अनि आँगन काँसाको हुनुपर्छ।
20“भद्राक्षको शुद्ध तेल ल्याई निरन्तर दियाहरू बाल्न इस्राएलीहरूलाई आदेश देऊ।
21हारून र उसका छोराहरूले दियोहरूको ध्यान राख्नेछन्। तिनीहरू भेट हुने पालको प्रथम कक्षामा जानेछन् अनि यो कक्षा पर्दाको पछाडी बाहिर जसले दुइटा कोठाहरूलाई छुट्याउँछ। तिनीहरूले परमप्रभुको सम्मुख दियोहरू निरन्तर बाली राख्नकालागि प्रत्येक साँझ विहान हेरचाह गर्नेछन्। इस्राएली मानिसहरू तथा तिनीहरूका सन्तानहरूले यो नियमका सदा-सर्वदा पालन गर्नु पर्छ।”
Bible Study with Steffi App
Download Free ↗
Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.