Home प्रकाश 6 · नेपाली बाइबल

प्रकाश

Chapter 6

नेपाली बाइबल
1तब, भेंडाको पाठाले सातवटा मोहर मध्ये पाहिलो मोहर खोलेको बेला मैले हेरें। मैले ती चार सजीव वस्तुहरु मध्ये एक बस्तु गर्जनको जस्तै आवाजमा बोलेको सुनें, “आऊ”।
2अनि मैले देखें त्यहाँ मेरो अघि एउटा सेतो घोडा थियो। घोड सवारको धनु थियो। घोड-सवारलाई मुकुट प्रदान गरियो। अनि तिनी विजेता झैं अझ विजय हासिल गर्न अघि बढे।
3भेंडाको पाठाले दोस्रो मोहर खोल्यो। तब मैले दोस्त्रो सजीव वस्तुले “आऊ” भनेको सुनें।
4तब अर्को घोडा वाहिर आयो। त्यो रातो घोडा थियो। त्यो घोड-सवारलाई पृथ्वीदेखि शान्ति उठाएर लाने अनि मानिसहरुलाई एक-अर्कामा हत्या गराउने अधिकार प्रदान गरियो। त्यस घोड-सवारलाई एक विशाल तरवार दिइयो।
5त्यो भेंडाको पाठाले तेस्रो मोहर खोल्यो। तब मैले तेस्रो सजीव वस्तुले “आऊ” भनेको सुनें। मैले हेरे, अनि त्यहाँ कालो घोडा थियो। घोड-सवारले आफ्नो हातमा एक जोर तराजु लिएको थियो।
6तब मैले केही आवाज जस्तै सुनें। त्यो स्वर ती चार सजीव वस्तुहरु भएको स्थानबाट आएको थियो। त्यो आवाजले भन्यो, “एक दिनको पारिश्रमिक एक किलो गहुँ अनि एक दिनको परिश्रमिक तीन किलो जौं, तर तेल अनि दाखरस नष्ट नपार्नु।”
7त्यो भेंडाको पाठाले चौथो मोहर खोल्यो। तब मैले चौथो सजीव वस्तुले “आऊ” भनेको सुनें।
8मैले हेरें अनि त्यहाँ मेरो अघि पहेंलो रङ्गको घोडा थियो। त्यो घोडसवार मृत्यु थियो। उसको पछि पाताल लोकले पछ्याइरहेथ्यो। तिनीहरुलाई एक-चौथाइ पृथ्वीमाथि तरवार, अकाल, महामारी अनि पृथ्वीका जङ्गली पशुहरुद्वारा मानिसहरुलाई मार्ने अधिकार दिइएको थियो।
9त्यो भेंडाको पाठाले पाँचौं मोहर खोल्यो। तब मैले वेदी मूनि केही आत्माहरु देखें। ती आत्माहरु ती मारिएका मानिसहरुका थिए किनभने तिनीहरु परमेश्वरको सन्देश अनि तिनीहरुले प्राप्त गरेको सत्याप्रति विश्वासी थिए।
10यी आत्माहरुले ठूलो स्वरमा कराए, “पवित्र अनि सत्य परमप्रभु, हाम्रो हत्या गरेकोमा पृथ्वीका मानिसहरुको न्याय गर्नमा अनि उनीहरुलाई दण्ड दिनमा कति लामो समय र्पखिरहनु हुन्छ?”
11त्यसपछि ती आत्माहरु प्रत्येकलाई सेतो पोशाक दिइयो। तिनीहरुलाई केही समय प्रतीक्षा गर्नु भनियो। तिनीहरुका अझ कोही भाइहरु जसलाई तिनीहरु जस्तै मारिनु थियो ख्रीष्टका सेवामा तिनीहरुसित थिए। ती आत्माहरुलाई यो मार्ने काम पुरा नभए सम्म प्रतीक्षा गर्नु भनियो।
12तब, त्यो भेंडाको पाठाले छैटौं मोहर खोल्यो। त्यहाँ डरलाग्दो भूँईचालो गयो। सूर्य, केशले बनिएको वस्त्र जस्तै कालो भयो। चन्द्रमा पूर्ण रगत जस्तै रातो भइहाल्यो।
13आकाशका ताराहरु, तेज हावाले नेभाराको रुखबाट नेभाराहरु झरे जस्तै पृथ्वीमा भरे।
14आकाश पत्र बेह्रिए झैं हरायो। अनि हरेक पर्वत अनि द्वीप आफ्ना ठाँउबाट सरे।
15तब समस्त मानिसहरु गुफाहरुमा अनि पर्वतका चट्टानहरुमुनि लुके। त्यहाँ संसारका राजाहरु, शासकहरु, सेनाध्यक्षहरु, अनि शक्ति सम्पन्न मानिसहरु थिए। हरेक मानिस, दास अनि मुक्त सबैले स्वयंलाई लुकाए।
16मानिसहरुले पर्वत अनि चट्टानहरुलाई भने, “हामीमाथि खस। हामीलाई सिंहासनमा बस्ने तिनी एकबाट लुकाऊ। हामीलाई भेंडाको पाठाको क्रोधबाट बचाऊ।
17तिनीहरुको क्रोध दिवस आईपुग्यो अनि यसको विरुद्धमा को उभिन सक्छ?”
Bible Study with Steffi App

Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.

Download Free ↗

Choose Theme