Home नहूम 2 · नेपाली बाइबल

नहूम

Chapter 2

नेपाली बाइबल
1हे निनवे, तिम्रो बिरूद्धमा युद्ध गर्ने शत्रुहरु आउँदैछन्। यसकारण तिमीले आफ्नो शहर शक्तिशाली भूमिहरु सुरक्षित राख। बाटोमा रक्षागर र युद्धका निम्ति तयार होऊ। लडाईंका निम्ति तत्पर होऊ।
2किभने परमप्रभुले इस्राएलको महिमा जस्तै याकूबको महिमा फर्काएर ल्याउँदै हुनुहुन्छ। शत्रुले तिनीहरुलाई ध्वंश पारेकोछ अनि तिनीहरुको दाखबारि नष्ट पारेकोछ।
3ती सैनिकहरुको ढालहरु राताछन्। तिनीहरुको पोशाक रातो चम्किलो छ। उनीहरुको रथहरु लडाईंको पंक्तिमा राखिएकाछन् अनि आगोको ज्वाला झैं चम्किरहेकाछन्। तिनीहरुका भालाहरु ठाडो राखिएकाछन्।
4तिनीहरुका रथहरु बाटोमा अत्यन्तै बेगसित दौडन्छन्। तिनीहरु खूल्ला मैदानमा यताउता गरिरहन्छन्। तिनीहरु बलिरहेको राँको जस्तै, ठाउँ-ठाउँबाट बिजुली चम्किरहे जस्तै देखिन्छन्।
5शत्रुले आफ्नो सर्वोत्तम सेनाहरुलाई बोलाइरहेका छन्। तर जब तिनीहरु बाटोमा कदम मिलाएर अघि बढ्छन् तब तिनीहरु धर्मराउँछन्। तिनीहरु भित्तातिर आतुरिंदै अघि बढ्छन् अनि तिनीहरुको रक्षा ढाल भित्ता भत्काउने यन्त्रमाथि राख्छन्।
6तर बाढीका फाटकहरु खुल्लाछन्। शत्रुहरु बाढी झैं भित्र पसिरहेकाछन् अनि राजाको महल ध्वंश पारिंदैछ।
7हेर, शत्रुहरुले रानीलाई लाँदैछन् अनि तिनका नोकर्नीहरु छात्ती पिट्दै ढुकुर झैं विलाप गर्दैछन्।
8निनवे पानीको तलाऊ जस्तैछ जसको पानी बगेर गइरहेकोछ। मानिसहरु चिच्याउँदै भन्दैछन्, “पर्ख! पर्ख! भागेर नजाऊ।” तर न त कोही रोकिए न त कसैले त्यसको वास्ता नै गरे।
9हे, सैनिकहरु ज-जसले निनवेको नष्ट गरिरहेका छौ तिमीहरुले चाँदी लैजाऊ। तिमीहरुले सुन लैजाऊ। यहाँ सुन र चाँदीका धेरै वस्तुहरु छन्। यहाँ धेरै बहुमूल्य वस्तुहरुछन्।
10अब निनवे रित्तियो। प्रत्येक चिज चोरियो। शहरको बिनाशभयो। मानिसहरुको साहस हरायो तिनीहरुको हृदय डरले गलेकोछ। तिनीहरुको घुँडाहरु काम्दैछन्, तिनीहरुको शरीर काम्छ, तिनीहरुको अनुहार डरले पहेंलो भएकाछन्।
11सिंहहरुको गुफा अब खोई? जहाँ सिंह अनि सिंहिनी बस्दथिए। उनीहरुको डम्मरूहरु निर्भय साथ रहन्थे।
12जुन सिंहहरुले आफ्ना डम्मरूहरु र सिंहिनीहरुको निम्ति कति शिकार मारेको थियो, अनि आफ्नो गुफा भरेको थियो। त्यसले आफ्नो ओढारमा शिकार गरेर ल्याएका पशुहरुले र चिथोरेका मासुहरुले भरपुर पार्थ्यो।
13सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “निनवे म तिम्रो बिरूद्धमा छु। म तिम्रो रथहरु जलाई दिनेछु। म तिम्रो जवान सिंहहरुलाई तरवारले मारिदिनेछु। तिमाले कसैलाई पनि पृथ्वीमा शिकार गर्नेछैनौ। मानिसहरुले कहिल्यै पनि तिम्रो बारेमा नराम्रो समचारहरु सुन्ने छैनन्।
Bible Study with Steffi App

Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.

Download Free ↗

Choose Theme