जकरिया
Chapter 12
नेपाली बाइबल1इस्राएलको बिषयमा परमप्रभुको दुःखको वचन। परमप्रभुले पृथ्वी र आकाश बनाउँनु भयो। उहाँले मानिसको आत्मा रच्नु भयो। अनि यी कुराहरू भन्नुभयो,
2“हेर, म यरूशलेमलाई चारैतिरका राज्यहरूका निम्ति यसलाई बिषको बोटुको जस्तो बनाउँछु। अनि सम्पूर्ण यहूदा यरूशलेम झैं घेरामा पर्नेछ।
3तर त्यदिन, म यरूशलेमलाईसबै जातिहरूको लागि गह्रै ढुङ्गा जस्तो बनाईदिनेछु अनि जसले त्यसलाई उठाउँने कोशिश गर्छ त्यो नै घाइते हुनेछ। तर पृथ्वीका सबै जातिहरू एकै साथ आउँनेछन् अनि यरूशलेमको बिरूद्धमा लडनेछन्।
4तर म घोडाहरूलाई भयभित पारिदिनेछु अनि घोडसवारहरू डराउँनेछन्। म शत्रुका सबै घोडाहरूलाई अन्धा बनाइदिनेछु। तर मेरा आँखाहरू अन्धा हुनेछैन। अनि म यहूदाका कुलका मानिसहरुलाई रक्षा गर्नेछु।
5तब यहूदाका कुलका अगुवाहरूले आफैं भन्नेछन्, ‘यरूशलेमका बासिन्दा, म परमप्रभु परमेश्वर सर्वशक्तिमानमा शक्ति पाउँनेछु।’
6त्यस समयमा यहूदाका परिवारलाई जंङ्गलमा लागि रहेको डढेलो जस्तै बनाउँनेछु, मुठ्ठाहरूको बीचमा बल्दै गरेको राँकोहरू जस्तै तिनीहरूले चारैतिरका शत्रुहरूलाई नष्ट गर्नेछन् अनि यरूशलेमका बासिन्दाहरू फेरि बस्ने अनि आराम गर्ने स्थितिमा हुनेछन्।
7परमप्रभुले पहिला यहूदाका मानिसहरूलाई बचाउँनु हुनेछ यसकारण यरूशलेमका बासिन्दाहरूले शेखी गर्नेछैनन्। दाऊदको घरानाको अनि यरूशलेममा बस्ने अन्य मानिसहरूको गौरव यहूदाको भन्दा बढी नहोस्।
8तर त्यसदिन परमप्रभुले यरूशलेमका मानिसहरूको साह्रै रक्षा गर्नु हुनेछ, यहाँ सम्म कि कमजोर मानिसहरू पनि दाऊद जस्तै योद्धा बन्नेछन् अनि दाऊदका परिवारहरू परमप्रभुको आफ्नो स्वर्गदूत जस्तै पथप्रदर्शक हुनेछन्।
9परमप्रभु भन्नुहुन्छ, “त्यस समय म ती यरूशलेमको बिरूद्धमा आउँने सारा जातिहरूलाई नष्ट गर्नेछु।
10म दाऊदको घर अनि यरूशलेमका बासिन्दाहरूको हृदयमा अनुग्रह र करूणाको भावना भरिदिनेछु। तिनीहरूले म पट्टि हेर्नेछन्। जसलाई छेंड बनाएकाथिए अनि दुःखी हुनेछन्, जो एउटै मात्र पुत्रको निम्ति बिलाप गर्छ अथवा उसको पहिला जन्मेको पुत्रको मृत्यूको निम्ति विलाप गर्छ। तिनीहरू त्यसै दुःखी मानिसहरू झैं हुनेछन्।
11त्यस दिन यरूशलेममा ठुलो दुःख अनि कष्ट आइपर्नेछ, त्यो यस्तो हुने छ जुन मगिद्दोको बेंसीमा हद्द-रिम्मोनको मृत्युमा मानिसहरू रोएका थिए।
12भूमिले शोक मनाउँनेछन् प्रत्येक घरना रूनेछन्। दाऊदका घरनाका मानिसहरू आफैंले शोक मनाउँनेछन् अनि उनीहरूका पत्नीले शोक मनाउँनेछन्। नातान घरनाको मानिसहरू आफैं रूनेछन् अनि तिनीहरूका पत्नी पनि अलग-अलग रूनेछन्।
13लेवी कुलका मानिसहरू अनि पत्नीहरू पनि अलग-अलग, एकलै-एकलै रूनेछन्। शिमी घरानाको मानिसहरू र पत्नीहरू पनि अलग-अलग रूनेछन्।
14अनि यहि घट्ना सबै वंशमा हुनेछ। मानिसहरू एकलै हुनेछन् अनि स्त्रीहरू एकलै रूनेछन्।
Bible Study with Steffi App
Download Free ↗
Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.