Home एस्तर 7 · नेपाली बाइबल

एस्तर

Chapter 7

नेपाली बाइबल
1यसकारण राजा र हामान रानी एस्तर को भोजमा गए।
2दोस्रो दिनमा जब राजाले दाखरस पिउँदै थिए उनले एस्तरलाई भने, “तिमी जे पनि निवेदन गर्छौ, रानी एस्तर गर, त्यो तिमीलाई प्रदान गरिनेछ। तिमी जे चाहन्छौ, आधा राज्य पनि तिम्रो लागि दिइन्छ, भन तिम्रो विन्ती के छ?”
3अनि रानी एस्तरले जवाफ दिइन्, “यदि तपाईंले मलाई मन पराउनु हुन्छ भने, मलाई मेरो जीवन दिनुहोस यो मेरो निवेदन हो।
4किनभने म र मेरा मानिसहरू विनाश हुन मारिन र ध्वंश गरिन बेचिएका छौं। यदि हामी कमरा स्वरूप मात्र बेचिएको भए म शान्त हुने थिएँ। म यस्तो तुच्छतामा राजालाई झन्झट दिने थिईंन होला। म चुपचाप भए पनि हुनेथियो किनभने यस्तो अर्थ दासत्व सच्चाईले राजाले राजालाई दुखित नबनाएको भए पनि हुने थियो।”
5अनि राजा अहासूरसले झर्केर रानी एस्तरलाई भने, “यो को हो अनि त्यो कहाँ बस्छ जसले यस्तो कुरा गर्ने भनि सोच्न सक्छ?”
6अनि एस्तरले भनिन्, “त्यो अभिन मान्छे, हाम्रो शत्रु यो दुष्ट हामान हो।”हामान, राजा अनि रानी समक्ष भयभित भए।
7अनि राजा क्रोधले उठे तिनी दाखरस छाडेर भोजबाट राजमहलको वाटीका मा गए। अनि हामान रानीसँग आफ्नो प्राणको भिक्षा माग्न उभिए, किनभने तिनले सोंचे राजाको दण्ड ठूलो हुनेछ।
8तब राजा बगैंचाबाट भोजन कोठामा फर्किदै थिए अनि तिनले हामानलाई एस्तर रानी पल्टिरहेको सोफामा लडिरहेका देखे। राजाले रिसाएर भने, “म घरमा भएकै बेलामा तैंले रानीलाई आक्रमण गरिरहेछस्।” जब ती वचनहरू राजाको मुखबाट निस्किए राजाका नोकरहरूले हामानलाई बन्दी बनाए।
9तब हर्बोना, राजाको समक्ष सेवा गर्ने एक जना नपुंसकले भने, “राजालाई सावधान गराउनेमानिस मोर्दकैको निम्ति हामानले बनाएको 75 फीट अग्लो फाँसी हामानको छत्‌मा खडा छ।”राजाले भने, “त्यसलाई त्यो फाँसीमा भुण्डयाऊ।”
10यसरी तिनीहरूले हामानलाई त्यही फाँसीमा झुण्डयाए जो तिनले मोर्दकैको निम्ति बनाएका थिए। अनि राजाको क्रोध शान्त भयो।
Bible Study with Steffi App

Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.

Download Free ↗

Choose Theme