Home उपदेशक 4 · नेपाली बाइबल

उपदेशक

Chapter 4

नेपाली बाइबल
1मैले फेरि यो पनि बुझे कि कसै सित नराम्रो ब्याहावार गरिन्छ। मैले उसको आँसु देखेको छु र फेरि यो पनि देखेको छु कि ती दुखीहरूलाई सान्तवना सम्म दिने पनि कोही हुँदैन। मैले बुझेको छु, कठोर मानिसहरू सित सम्पूर्ण शक्ति हुन्छ, र तिनीहरूले जसलाई क्षति पुर्याँउछन् उनीहरूलाई ढाडस दिने कोही पनि हुँदैन।
2म यो निणर्यमा पुगें कि ती जो मरिसकेकाहरू छन् तिनीहरू अझै बाँचिरहनेहरू भन्दा असल छन्।
3अझ यो भन्दा असल जो अहिलेसम्म जन्मेको छैनन् तिनीहरूलाई छ। किन? किनभने, तिनीहरूले यस संसारको खराबी देखेका छैनन्।
4मैले फेरि सोचें, ‘मानिसहरू यति कठोर परिश्रम किन गर्छन्।’ मैले बुझें मानिस सफल हुनालाई र अरूहरू भन्दा ठूलो बन्नालाई परिश्रम गरिरहन्छन्। यस्तो कोशिश यसकारण गरिन्छ कि मानिस इर्ष्यालु हुन्छन्। आफ्नोमा जति छ, अरूकोमा त्यो भन्दा धेर नहोस् भन्ने उनीहरू चाँहन्छन्। यी सब अर्थहीन कुराहरू हुन्। यो हावालाई पक्रनु जस्तो हो।
5कति मानिस भन्छन्, हात बाँधेर बसिरहनु केही नगर्नु मूर्खता हो। यदि तिमी काम गर्दैनौ भने भोकै मर्छौ।
6धेरै भन्दा धेरै पाउँन हावाको पछि झगडा गर्दै भाग्नु भन्दा तिम्रो हातमा जे छ यसमा सन्तोषजनक भएर बस्नु असल हो।
7फेरि मैले अर्को पनि एउटा कुरो देखेका छु जसको कुनै अर्थ छैन
8एउटा मानिस सन्तानहीन हुन सक्छ। हुनसक्छ उसको कुनै छोरो वा यहाँसम्म कि कुनै दाज्यू-भाइ पनि छैनन् तर पनि त्यो मानिसले कठोर भन्दा कठोर परिश्रम गर्नमा लागिरहेको हुन्छ र जे जति उसित छ त्यतिबाट ऊ कहिल्यै सन्तुष्ट हुँदैन। तब म पनि यति कठोर मेहनत किन गर्दैछु? म आफैं पनि यस जीवनको आनन्द किन लिंदिन। अब हेर यो पनि एउटा दुखको र व्यर्थ कै कुरो हो।
9एक जना भन्दा दुइजना मानिस राम्रो हो। जब दुइ जना मिलेर सँगै काम गर्छन् भने जुन काम गर्छन् त्यसमा अधिक लाभ पाउँदछन्।
10यदि एक जना लडे अर्काले उठाउँदछ। तर कसैको लागि पनि एक्लो रहन राम्रो होइन, किनकि जब त्यो लडछ उसलाई सहायता गर्ने त्यहाँ कोही अर्को हुने छैन।
11यदि दुइजना एक साथ सुते त्यहाँ तातो हुनेछ, तर एक्लो सुत्ने मानिस तातिंदैन।
12एक्लो मानिसलाई शत्रुले हराउँन सक्छ, तर त्यही शत्रुले दुइजनालाई हराउँन सक्दैन, अनि तीन जनाको शक्ति त अझै धेरै हुँदछ। ती एउटा यस्तो डोरी जस्तो हुन्छन्, जो तीन पोयाले बाटिएको हुन्छ। त्यसलाई चुँडाउन कठिन पर्छ।
13एक जना गरीब तर बुद्धिमान युवा शासक, एउटा बृद्ध तथा मूर्ख राजाभन्दा असल हुन्छ। त्यो बृद्ध राजाले चेताउनीहरूमा ध्यानै दिंदैन।
14हुन सक्छ त्यो युवा शासक त्यस राज्यमा गरीब भएर जन्मेको होस् र हुनसक्छ ऊ जेलबाट छुटेर देशमा शासन गर्न आएको होस्।
15तर मैले यस जीवनमा देखेको छु र जान्दछु, मानिसहरू त्यस दोस्रा युवा शासकलाई नै मान्ने छन् र उही नयाँ राजा बन्ने छ।
16धेरै जना त्यस युवकका पछि लाग्नेछन्। तर पछि गएर ती मानिसहरूले उसलाई पनि मन पराउने छैनन् र यी सब पनि व्यर्थै हुन्। यो पनि त्यही हावालाई पक्रने प्रयास जस्तै हो।
Bible Study with Steffi App

Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.

Download Free ↗

Choose Theme