दानियल 7:2 · नेपाली बाइबल
दानियलले भने, “राती मैले वरिपरि हावा चलिरहेको एउटा दर्शन पाएँ, हावाले सागर उचालिरहेको थियो।
Cross references
यशैया 17:12
धेरै धेरै मानिसहरूलाई सुन! तिनीहरू समुद्रमा उठेका छाल जस्तै चिच्याउँदै रोइरहेका छन्। ती हल्लाहरूलाई सुन, ती हल्लाहरू समुद्रमा छालहरू उर्लेको आवाजहरू जस्ता छन्।
यर्मिया 51:42
समुद्र उर्लेर बाबेलमाथि उठ्नेछ ढाकिने छ। यसको गर्जने छालहरूले उसलाई ढाकी दिन्छ।
प्रकाश 7:1
यो घटना पछि मैले चारवटा स्वर्गदूतहरुलाई पृथ्वीका चारकुनामा उभिएको देखें। ती स्वर्गदूतहरुले वायुलाई भूमिमा वा समुद्रमा वा कुनै बृक्षमा वहनदेखि रोक्नुुको लागि पृथ्वीका चारै वायुलाई समातिरहेका थिए।
प्रकाश 17:15
तब स्वर्गदूतले मलाई भने, “तिमीले त्यो वेश्या जहाँ बसेकी थिई त्यो पानी देख्यौ। त्यो पानी संसारका धेरै मानिसहरु, भिन्न-भिन्न वंशहरु, राष्ट्रहरु अनि भाषाहरु, हुन्।