अनि तिमी पर्वतका भञ्ज्याङ हुँदै भाग्नेछौ जुन ओजेल सम्म जान्छ जसरी उज्जियाह यहूदाको राजा भएको बेलामा भूकम्प आउँदा तिमी भागेका थियौ। तर परमप्रभु, मेरा परमेश्वर आउनु हुनेछ अनि उहाँका सबै पवित्र मानिसहरू उहाँको साथमा आउनेछन्।
Cross references
अरू सबै इस्राएलका मानिसहरूले ती मानिसहरू पुरिदै गर्दाको आर्तनाद सुनेर चारैतिर तितर बितर हुँदै भने, “धर्तीले हामीलाई पनि निल्छ।”
मोशाले भने,“परमप्रभु सीनैबाट आउनुभयो, परमप्रभु सेईरमा बिहानी पखको प्रकाश झैं हुनुहुन्थ्यो। उहाँ पारान डाँडामा ज्योति झै चम्कनुभयो। परमप्रभु 10,000 पवित्र मानिसहरूसित आउनु भयो। परमप्रभुका शक्तिशाली सेनाहरू छेऊमा थिए।
खुशी बन किनभने परमप्रभु संसारमा “राज” गर्न आइरहनु भएको छ। उहाँले पक्षपात नगरी संसारमा न्याय गर्नु हुनेछ।
उहाँको बिजुली आकाशमा झलाक-झिलिक चम्किन्छ। मानिसहरू यसलाई देख्छन् र डराउछन्।
हे नदीहरू, आफ्ना हातहरूले थप्पडी मार! पर्वतहरू सबै एकैसाथ आनन्दको गीत गाऔं। परमप्रभुको सम्मुख गाऊ किनभने उहाँ संसारमा राज गर्न आइरहनु भएको छ। उहाँले संसारमा न्यायपूर्वक राज गर्नु हुनेछ। उहाँले धार्मिकतासित मानिसहरूमाथि राज गर्नुहुनेछ।
सेनाहरूका परमप्रभुले तिमीहरूलाई भूईंचालो, बज्रपात र डरलाग्दो होहल्लाद्वारा दण्ड दिनु हुन्छ। भुवँरी, आँधी-बेरी र आगो थिए, जेले जलाउँछन अनि नष्ट पार्छ।
यदि तपाईंले आकाश च्याति पृथ्वीमा झार्नु भयो भने प्रत्येक कुराहरू परिर्वतित हुने थियो। पर्वतहरू तपाईं समक्ष पग्लने थिए।
हेर, परमप्रभु आगोसित आउँदै हुनुहुन्छ। परमप्रभुको सिपाहीहरू आँधी-बेहेरी झैं आउँदै छन्। परमप्रभुको आफ्ना क्रोधले तिनीहरूलाई दण्ड दिनुहुनेछ। परमप्रभुले क्रोधको राँको जलाएर तिनीहरूलाई दण्ड दिनुहुनेछ।
“मैले हेर्दा हेर्दै त्यसको ठाउँमा सिंहासन राखियो अनि त्यसमा प्राचीन राजा बस्नु भयो। उहाँले हिँउ जस्तो सेतो लुगा लगाउनु भएको थियो, अनि कपाल सेतो ऊन जस्तो थियो। उहाँको सिंहासन बलिरहेको आगोको ज्वाला जस्तै थियो र त्यसको चक्काहरू दन्केको आगो जस्ता थिए।
मैले हेर्दा हेदै त्यो सींङले पवित्र मानिसहरूसँग युद्ध अनि अरू माथि आक्रमण गर्न शुरू गर्यो।
हे सबै देशका जातिहरु! छिटो गर! त्यहाँ भेला होऊ। हे परमप्रभु तपाईं पनि आफ्नो शक्तिशाली बीरहरु लिएर आउनु होस्।
आमोसको वचन! आमोस तको देशको एकजना भेडा गोठालो थिए। यहुदाका राजा उज्जियाह र योआशाका छोरा इस्राएलका राजा यारोबाबेलको पालामाभुइँचालोको दुइ र्बष अघि इस्राएलको विषयमा आमोसले दर्शन पाएका थिए।
हे शाफीरका वासिन्दाहरु हो, तिमीहरु आफ्नो बाटोमा नाङ्गो र लज्जित भएर जाऊ। ती मानिसहरु जो सानानको वासिन्दाहरु हुन् तिनीहरु बाहिर आउने छैनन्। बेतेसेलमा मानिसहरुको रूवाबासिले तिमीबाट सहाएता लिनेछन्।