Home Bibles ☰ Books जकरिया 14:4 · नेपाली बाइबल
जकरिया 14:4 · नेपाली बाइबल

त्यससमय उहाँ भद्राक्ष एउटा पर्वतमा उभिनुरहनु हुनेछ। त्यो पहाड यरूशलेमको पूर्वपट्टि अवस्थित छ। जैतूनको पर्वत बिष्फोटन हुनेछ। पर्वतको एउटा भाग उत्तरपट्टि जानेछ, अनि अर्को भाग दक्षिणपट्टि जानेछ।

Cross references

2 शमूएल 15:30

दाऊद जैतून डाँडा उक्ले। तिनी रोए। टाउको ढाकेर खाली खुट्टै हिंडे। दाऊदका साथमा भएका अन्य मानिसहरूले पनि टाउको ढाके। तिनीहरू पनि रूँदै दाऊदसँग गए।

यशैया 64:1

यदि तपाईंले आकाश च्याति पृथ्वीमा झार्नु भयो भने प्रत्येक कुराहरू परिर्वतित हुने थियो। पर्वतहरू तपाईं समक्ष पग्लने थिए।

इजकिएल 11:23

परमप्रभुको महिमामाथि हावामा उठ्यो अनि उसले यरूशलेम छोडि दियो। अनि केही क्षणको लागि यरूशलेमको पूर्वी पहाडमा गएर बस्यो।

इजकिएल 43:2

त्यहाँ पूर्वबाट परमप्रभु इस्राएलको परमेश्वरको महिमा तल आयो। परमेश्वरको आवाज समुद्रको गर्जन बराबर उच्च थियो। परमेश्वरको महिमाबाट भूमि उज्जवल भयो।

इजकिएल 47:1

त्यो मानिसले मन्दिरको द्वारमा मलाई फेरि लिएर गयो। मैले मन्दिरको पूर्वी सँघारको मुन्तिरबाट पानी आउँदै गरेको देखें। पानी मन्दिरको दक्षिण सीमाको मुन्तिरबाट वेदीको दक्षिणबाट बगिरहेको थियो।

योएल 3:12

हे देशबासीहरु! उठ! यहोशापातको बेंसीमा आऊ! म त्यहीं बसेर सबै जातिहरुको न्याय गर्नेछु।

मीका 1:3

हेर, परमप्रभु आफ्नो वास स्थानबाट बाहिर जाँदै हुनुहुन्छ। उहाँ पृथ्वीको अग्लो ठाउँमा जानको निम्ति उभिएर तल आउँदै हुनुहुन्छ।

मीका 1:4

परमप्रभु परमेश्वरको चरणमुनि पर्वत पग्लेर जानेछ, जसरि आगोमा मैन पग्लन्छ, जसरी पहाडबाट पानी बगेर झर्छ।

नहूम 1:5

परमप्रभुको आगमन हुनेछ अनि पहाडहरु डरले काम्नेछन्, अमि पहाडहरु पग्लेर बग्नेछन्। परप्रभुको आगमन हुनेछ र पृथ्वी डरले काम्नेछ। यो संसार अनि यसमा रहने सबै डरले काम्नेछन्।

हबकूक 3:6

परमप्रभुले उभिएर पृथ्वीको नाप गर्नु भयो। उहाँले सबै जातिका मानिसहरुलाई तीब्र दृष्टिले हेर्नु भयो र तिनीहरु डरले काम्न थाले अनि प्राचीन पहाडहरु ढलेर टुक्रा-टुक्रा भएर फुटे अनि प्राचीन पहाडहरु ढले परमेशवर सदा यस्तै हुनुहुन्छ।

जकरिया 4:7

त्यो अग्लो पर्वत यरुबाबेलका निम्ति समतल भूमि जस्तै हुनेछ, त्यहाँ मन्दिर बनिने छ। जब अन्तिम ढुङ्गा त्यहाँ राखिनेछ तब मानिसहरु चिच्याएर कराउँनेछन्, ‘सुन्दर! अति सुन्दर।”‘

जकरिया 14:7

परमप्रभुले मात्र जान्हुन्छ यो कस्तो हुन्छ, तर कुनै दिन रात हुनेछैन, जब सामान्य रुपना अँध्यारो हुन थाल्छ, अनि उज्यालो पनि हुन्छ।

जकरिया 14:10

त्यससमय यरूशलेमको चारै तिर अराबा समतल जस्तै हुनेछ। गिबाबाट भएर नेगेवमा रिम्मोन जमीनसम्म मरूभूमि जस्तै हुनेछ। तर यरूशलेमको पूरै शहर फेरि बिन्यामीनको फाटकदेखि प्रथम फाटक सम्म अनि हनलेलको धरहरादेखि राजाको दाखको कोल सम्म फेरि बग्नेछ।

मर्कूस 11:23

म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूले यो पर्वतलाई भन्सक्छौ, जा अनि समुद्रमा खस्। अनि यदि तिमीहरूको मनमा कुनै शंका छैन, अनि तिमीले विश्वास गरेको खणडमा तिमीले भनेको कुरा घटने छ, तब परमेश्वरवले तिम्रो निम्ति यसो गरिदिनु हुनेछ।

Interlinear

Choose Theme