Home Bibles मीका 1:11 · नेपाली बाइबल
मीका 1:11 · नेपाली बाइबल

हे शाफीरका वासिन्दाहरु हो, तिमीहरु आफ्नो बाटोमा नाङ्गो र लज्जित भएर जाऊ। ती मानिसहरु जो सानानको वासिन्दाहरु हुन् तिनीहरु बाहिर आउने छैनन्। बेतेसेलमा मानिसहरुको रूवाबासिले तिमीबाट सहाएता लिनेछन्।

Cross references

यशैया 16:2

मोआबका स्त्रीहरूले अर्नोनको अरोण नदी पार गर्ने प्रयास गर्छन्। तिनीहरू सहायताका निम्ति एक ठाउँ देखि अर्को ठाउँमा हेरिरहेछन्। तिनीहरू रूखबाट गुँड भूईंमा झरेपछि लापत्ता भएका बचेराहरू जस्ता भएका छन्।

यशैया 20:4

अश्शूरका राजाले मिश्र र कूश पराजित गर्ने छ। अश्शूरले कैदीहरू लिएर तिनीहरूलाई टाढा देशहरू तर्फ धपाउनेछ। बुढा मानिसहरू र युवावर्गलाई निवस्त्र र खाली खुट्टामा डोर्याउने छन्। तिनीहरू सम्पूर्ण रूपमा नाङ्गो हुनेछन्। मिश्रका मानिसहरू लज्जित हुनेछन्।

यशैया 47:2

अब तिमीले कठिन परिश्रम गर्नुपर्छ। तिमीले ढुङ्गाको जाँतो ल्याउनु पर्छ अनि अन्न पिँधेर पीठो बनाउनु पर्छ तिम्रो घुम्टो हटाऊ अनि तिम्रो सुन्दर पोषाकहरू खोल। तिमीले तिम्रो देश छोडनु पर्नेछ। तिम्रा फरियाहरू उठाऊ जबसम्म मानिसहरूले खुट्टाहरू देख्न सक्तैनन, अनि नदीहरूपार गर।

यर्मिया 13:22

यदि तिमीहरू स्वयंलाई सोधे, “किन मलाई यस्तो नराम्रो कुराहरू भयो?” ती कुराहरू तिमीहरूकै पापको कारणले तिम्रो पोशाकहरू च्यातियो अनि तिमीहरू अपमानित भयौ।

यर्मिया 48:6

भाग जाऊ! भाग आफ्नो प्राण बचाऊ, मरूभूमिको जंगलमा हुने पोथ्रा झैं बन।

यर्मिया 48:9

मोआबमा खेत बारि भरि नून छरिदेऊ किनभने यो निश्चय नष्ट हुनेछ अनि बासिन्दा कोही नभएर मोआब शून्य मरूभूमि हुनेछ।

इजकिएल 16:37

यसकारण, म तिम्रो सबै प्रेमीहरूलाई एकै ठाँउमा जम्मा गर्छु। म ती सबैलाई ल्याउँछु जोसँग तिमीले प्रेम गर्यौ तथा जुन मानिसहरूलाई घृणा गर्यौ। म ती सबैलाई एकै साथ लिएर आउँछु अनि तिनीहरूलाई तिम्रो नग्नता देखाउँछु। तिनीहरूले तिम्रो पुरै नग्नता देख्नेछन्।

इजकिएल 23:29

अनि तिनीहरूले देखाउँनेछन कि तिनीहरूले तिमीलाई कति घृणा गर्नेछ। तिनीहरूले तिम्रो प्रत्येक चीज लानेछन् जुन तिमीले कमाएकीछौ। तिनीहरूले तिमीलाई खाली हात र नाङ्गो छोडिदिन्छन्। मानिसहरूले तिम्रो पाप, वेश्यापना अनि लाज तिम्रो भक्तिहीन स्पष्ट देख्ने छन्।

मीका 1:8

म चाँडै बिनाशको बिषयमा शोकाकुल हुनेछु र म विलाप गर्नेछु। म खालि खुट्टा र नाङ्गै हिंड्नेछु। म स्याल जस्तै साह्रो कराउँनेछु र शतुरमुर्गा झैं विलाप गर्नेछु।

नहूम 3:5

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हे निनवे म तिम्रो बिरूद्धमा छु। म तिम्रो पोषाक तिम्रो अनुहारमाथि उठाउँनेछु। सबै राष्ट्रहरुलाई म तिम्रो नग्नता देखाईदिनेछु। ती राष्ट्रहरुले तिम्रो लाज हेर्नेछन्।

जकरिया 14:5

अनि तिमी पर्वतका भञ्ज्याङ हुँदै भाग्नेछौ जुन ओजेल सम्म जान्छ जसरी उज्जियाह यहूदाको राजा भएको बेलामा भूकम्प आउँदा तिमी भागेका थियौ। तर परमप्रभु, मेरा परमेश्वर आउनु हुनेछ अनि उहाँका सबै पवित्र मानिसहरू उहाँको साथमा आउनेछन्।

Interlinear

Choose Theme