हेर, परमप्रभु आगोसित आउँदै हुनुहुन्छ। परमप्रभुको सिपाहीहरू आँधी-बेहेरी झैं आउँदै छन्। परमप्रभुको आफ्ना क्रोधले तिनीहरूलाई दण्ड दिनुहुनेछ। परमप्रभुले क्रोधको राँको जलाएर तिनीहरूलाई दण्ड दिनुहुनेछ।
Cross references
उहाँले तातो कोईलाहरू र जलेको गन्धक बर्षा जस्तै ती दुष्टहरूमाथि बर्षाउनु हुन्छ, ती दुष्ट मानिसहरूले तातो, कोईलाको हावा बाहेक केही पाउने छैनन्।
परमप्रभुले आकाश च्याति दिनु भयो, अनि उहाँ तल ओर्लनु भयो! उहाँ बाक्लो, कालो बादलमा उभिनु भयो।
हे परमप्रभु, तपाईं जब राजासँग हुनुहुन्छ, उनी तातो चूल्हा जस्तो हुन्छन्। जसले प्रत्येक कुरा दिंदछन्। आफ्नो क्रोधको ज्वालामा सबै शत्रुहरूलाई नष्ट पार्छ।
हाम्रो परमेश्वर आउनु हुँदैछ। अनि उहाँ चुपचाप बस्नु हुने छैन। उहाँको अघि आगो बल्छ। उहाँको वरिपरि ठूलो आँधी छ।
परमप्रभु पवित्र सीनै पर्वतमा आउनु भयो। उहाँको पछि लाखौंलाख रथहरू छन्।
परमप्रभुको सामुन्नेबाट एउटा आकाश जाँदछ अनि उहाँका शत्रुहरूलाई नाश गर्दछ।
हेर! परमप्रभुको नाउँ सुदूर जग्गाबाट आइरहेछ। उहाँको क्रोध यस्तो आगो झैं छ जो धुवाँको कालो मुस्लोसित मिसिए जस्तै छ। परमप्रभुको मुख क्रोधले भरिएको छ र उहाँको जिव्रो ज्वाला जस्तो छ।
परमप्रभुले उहाँको महान वाणी सुन्न मानिसहरूलाई विवश पार्नु हुनेछ। परमप्रभुले आफ्नो रिसले शक्तिशाली पाखुरा तल झरेको हेर्न मानिसहरूलाई विवश पार्नु हुनेछ। त्यो पाखुरा सम्पूर्ण कुराहरू जलाई दिने भयानक आगो सरह हुनेछ। परमप्रभुको शक्ति वर्षा र असिना बर्साउने भयानक तूफान जस्तो हुनेछ।
धेरै पहिले देखि नै तोपेतलाई तयार पारिएको छ। यो राजाको लागि तयार छ। यो एकदम गहिरो र चौडावाला थियो। त्यहाँ दाउराको थाक र आगो छ। अनि परमप्रभुको सास बलिरहेको गन्धकको तूफान जस्तै आउँने छ अनि यो बल्नेछ।
परमप्रभुले यही कुराहरू यहूदा र यरूशलेमलाई भन्नुभयो“तिम्रा खेतहरू जोत! काँढाहरू माझ बीऊहरू नछर।
“उहाँको छेउमा एउटा आगोको खोला बगेर आयो। हजारौं-हजार स्वर्गदूतहरूले उहाँको सेवा गर्दैथिए। दश-दशहजार स्वर्गदूतहरू उहाँको अघाडी सेवा गरिरहेका थिए। तब न्यायधीश न्याय दिन बसे अनि किताबहरू खोले।
“‘आखिरमा दक्षिणका राजाले उत्तरका राजाको विरूद्ध युद्ध चलाउनेछन्। उत्तरका राजा रथहरू पैदल फौजहरू अनि धैरे जहाजहरू लिएर आक्रमण गर्न आउँनेछ। ऊ भूमिबाट बाढी जस्तै आउनेछ।
मेरा स्वामी परमप्रभुले मलाई उहाँको भयानक न्याय, परेको पानी पोखिए जस्तै देखाउनुयो। आगोले बिशाल समुद्र जलायो आगोले जमीन नष्ट पारिदियो।
तब म चारैपट्टि घुमें। मैले माथि हेरें अनि चारवटा रथ दुईवटा काँसको पर्वतहरूको बीचबाट जाँदै गरेको देखें।
यो सुनेर राजा क्रोधित भए। राजाले आफ्नो सेना पठाए, ती हत्याराहरूलाई मारे अनि तिनीहरूको शहर जलाएर भष्म पारिदिए।
परमेश्वरले जे गर्नु हुन्छ ठिकसँग गर्नुहुन्छ। तिमीहरूलाई जसले कष्ट दिन्छन् तिनीहरूलाई परमेश्वरद्वारा कष्ट भोगाइनेछ।
तर, त्यो दिन जब परमप्रभु आउनु हुन्छ, चोर जस्तै एक अचम्म प्रकारले आउनु हुनेछ। आकाश एक प्रबल गर्जनले अदृष्य हुनेछ। आकाशमा भएका सबै थोकहरु आगोले नष्ट पार्नेछ। अनि पृथ्वी र यसमा भएका सबै थोकहरु आगोले जलाउनेछ।