Home Bibles जकरिया 12:5 · नेपाली बाइबल
जकरिया 12:5 · नेपाली बाइबल

तब यहूदाका कुलका अगुवाहरूले आफैं भन्नेछन्, ‘यरूशलेमका बासिन्दा, म परमप्रभु परमेश्वर सर्वशक्तिमानमा शक्ति पाउँनेछु।’

Cross references

न्यायकर्ता 5:9

मेरो हृदय इस्राएलका ती सेनापतिहरूसित छ जो स्वेच्छाले युद्धमा जाने भए!परमेश्वर प्रति धन्यवाद चढाऊ!

भजनसंग्रह 18:32

परमेश्वर मलाई शक्ति प्रदान गर्नु हुन्छ। उहाँले मलाई चोखो जीवन जिउन सहायता गर्नुहुन्छ।

भजनसंग्रह 18:39

हे परमेश्वर, तपाईंले मलाई शक्तिशाली बनाउनु भयो, युद्धमा तपाईंले मेरो शत्रुहरूलाई मेरो अघि झुकाउनु भयो।

भजनसंग्रह 20:6

अब म जान्दछु आफूले रोजेका राजालाई परमप्रभुले सहयोग गर्नुहुन्छ! परमेश्वर आफ्नो पवित्र स्वर्गमा हुनुहुन्छ अनि आफूले रोजेका राजालाई जवाफ दिनुहुन्छ। परमेश्वरले बचाउन आफ्नो महान् शक्ति चलाउनु हुन्छ।

भजनसंग्रह 46:1

परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ। संकटको बेला उहाँबाट हामी सधैं सहयोग पाउन सक्छौं।

भजनसंग्रह 68:34

परमेश्वरको प्रशंसा गाऊ किनभने उहाँ इस्राएल माथि महिमित राजा हुनुहुन्छ अनि उहाँको शक्ति आकाशमा छ।

भजनसंग्रह 118:10

धेरै शत्रुहरूले मलाई घेरेर राखे तर परमप्रभुको शक्तिले ती शत्रुहरूलाई मैले परास्त पारें।

भजनसंग्रह 144:1

परमप्रभु मेरो चट्टान हुनुहुन्छ, परमप्रभुको प्रशंसा गर। परमप्रभुले मलाई युद्धको लागि प्रशिक्षण दिनु हुन्छ। उहाँले मलाई युद्ध भूमिको निम्ति तयार पार्नुभयो।

यशैया 1:10

हे सोदोमका शासकहरू परमप्रभुको सन्देश ध्यान दिएर सुन! गमोराका मानिसहरू परमेश्वरका उपदेशहरू ध्यान दिएर सुन!

यशैया 1:23

तिमीहरूका शासकहरू विद्रोही अनि चोरका मित्रहरू भएका छन्। तिमीहरूका सम्पूर्ण अधिकारीहरूले घूस माग्दछन्-तिनीहरूले नराम्रा कामहरू गरेर पैसा लिन्छन्। तिम्रा सम्पूर्ण अधिकारीहरूले मानिसहरूलाई ठगेर ज्याला लिन्छन्। आमा-बाबु नभएका टुहुरा-टुहुरीहरूलाई तिम्रा अधिकारीहरूले सहयोग गर्ने प्रयास गर्दैनन्। तिनीहरूले विधवाहरूका गुनासोलाई पनि ध्यानै दिँदैनन्।”

यशैया 1:26

न्यायकर्त्ताहरूलाई म पहिले जस्तै फर्काई ल्याउनेछु। तिमीहरूका सल्लाहकारहरू जस्तो तिमीहरूसंग धेरै पहिला थिए त्यस्तै हुनेछन्। त्यसपछि तिमीहरूले भन्नेछौ ‘असल र विश्वासयोग्य शहर।’”

यशैया 28:5

त्यस समयमा उहाँ आफ्ना छोडिएका मानिसहरूका निम्ति सेनाहरूका परमप्रभु “सुन्दर मुकुट” हुनुहुने छ। “छक्क पर्दो फूलहरूको मुकुट” हुनुहुनेछ।

यशैया 28:6

तब परमप्रभुले मानिसहरूलाई शासन गर्नको लागि न्यायधीशहरूलाई न्यायको ज्ञान दिनु हुनेछ। परमप्रभुले शहरको प्रवेशद्वारमा लडाइँकालागि मानिसहरूलाई शक्ति दिनुहुनेछ।

यशैया 29:10

परमप्रभुले तिमीहरूमा गहीरो निद्रा ल्याइदिनु भएको छ। परमप्रभुले तिमीहरूका आँखाहरू बन्द गरिदिनु हुनेछ। (अगमवक्ताहरू नै तिमीहरूको आँखाहरू बन्नेछ।) परमप्रभुले तिमीहरूका टाउकाहरू छोपि दिनुहुनेछ (अगमवक्ताहरू तिमीहरूका शिर हुनेछन्।

यशैया 32:1

यो कुरा ध्यान दिएर सुन जो म भन्छु। राजा सदाचारी हुनु पर्छ जसले दया ल्याउन सक्छ। अगुवाहरूले मानसिहरूलाई नेतृत्व दिंदा निष्पक्ष निर्णय लिनु पर्छ।

यशैया 41:10

सुर्ता नगर, म तिमीसितै छु। नडराऊ, म तिम्रै परमेश्वर हुँ। म तिमीलाई बलियो बनाउनेछु। म तिमीलाई सहायता दिनेछु, म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।

यशैया 45:24

मानिसहरूले भन्नेछन्, “धार्मिकता र शक्ति परमप्रभुबाटै मात्र आउने छ।”‘कतिपय मानिसहरू परमप्रभुसित कोधित छन्। तर परमेश्वरको साक्षी आउनेछ र परमप्रभुले गर्नु भएको कुराहरूको विषयमा बताउनु हुनेछ। यसकारण ती क्रोधित मानिसहरू लज्जित हुनेछन्।

यशैया 60:17

तिमीमा अहिले काँसा छ, “म सुन ल्याई दिनेछु। तिमीसँग अहिले फलाम छ, म तिमीलाई चाँदी ल्याई दिनेछु। म तिम्रो काठलाई काँसा बनाई दिनेछु। म दण्डलाई शान्तिमा परिवर्तन गरिदिने छु। जब मानिसहरूले तिमीलाई चोट पुर्याउँछ तर अहिले मानिसहरूले तिमीलाई राम्रो व्यवहार गर्नेछन्।

यर्मिया 30:21

तिनीहरू मध्येकै एक मानिस तिनीहरूका शासक हुनेछ। त्यो मानिस उसका मानिसहरूबाट हुनेछ। म उसलाई मेरो नजिक ल्याउनेछु र उ मेरो नजिक आउनेछ। यदि मैले उसलाई नबोलाए कसले मेरो अघि आउने सहास गर्छ, परमप्रभु भन्नुहुन्छ।

यर्मिया 33:26

तब याकूबका सन्तानहरू अस्वीकार गर्न सक्छु। अनि मेरो दास दाऊदका सन्तानहरूलाई अब्राहाम, इसहाक र याकूबको वंशहरूमाथि राज्य गर्नदिने छैन। तर तिनीहरूबाट जो खोसिएको छ त्यो पुन बहाल गरिनेछ र तिनीहरूमाथि दया गरिनेछ।”

इजकिएल 45:8

यो भूमि इस्राएलको शासकको सम्पत्ति हुन्छ। यस्तो प्रकारले शासकले मेरो मानिसहरूको भावी जीवन कष्टमय बनाउन आवश्यक पर्दैन। तर त्यो भूमि इस्राएलीहरूको निम्ति तिनीहरूको परिवार समूहलाई दिइन्छ।”

योएल 3:16

परमप्रभु परनेश्वर सियोनबाट गर्जनु हुनेछ। उहाँ यरूशलेमबाट गर्जनु हुनेछ। आकाश र पृथ्वी थरथर काँप्ने छ, तर परमप्रभु उहाँका मानिसहरुका निम्तिशरणस्थान हुनुहुनेछ। एउटा सुरक्षित स्थान इस्राएलका बासिन्दाका निम्ति हुनुहुनेछ।

जकरिया 10:6

म यहूदाका कुललाई शक्तिशाली बनाउँने छु। म यूसुफको कुललाई बँचाउँनेछु। म तिनीहरूलाई फर्काएर ल्याउनेछु किनभने तिमीहरूमाथि मेरो दया जागेकोछ। यो यस्तो हुनेछ मानौं मैले तिनीहरूलाई कहिल्यै छाडेको छैन। म परमप्रभु तिनीहरूको परमेश्वर हुँ अनि म तिनीहरूलाई सहयोग गर्नेछु।

जकरिया 10:12

परमप्रभुले आफ्ना मानिसहरूलाई शक्तिशाली बनाउँनु हुनेछ अनि तिनीहरू उहाँको नाउँको लागि जीवित रहनेछन्। परमप्रभुले यी सबैकुरा भन्नुभयो।

जकरिया 12:6

त्यस समयमा यहूदाका परिवारलाई जंङ्गलमा लागि रहेको डढेलो जस्तै बनाउँनेछु, मुठ्ठाहरूको बीचमा बल्दै गरेको राँकोहरू जस्तै तिनीहरूले चारैतिरका शत्रुहरूलाई नष्ट गर्नेछन् अनि यरूशलेमका बासिन्दाहरू फेरि बस्ने अनि आराम गर्ने स्थितिमा हुनेछन्।

2 कोरिन्थी 12:9

तर प्रभूले मलाई भने “मेरो अनुग्रह नै तिम्रो लागि प्रशस्त छ। दुर्वलतामा नै मेरो शक्ति सिद्ध हुन्छ।” यसैले म आफ्नो दुर्बलातको गर्व खुशीसित गर्छु। तब ख्रीष्टको शक्ति ममाथि रहनेछ।

Interlinear

Choose Theme