Home Bibles ☰ Books भजनसंग्रह 18:39 · नेपाली बाइबल
भजनसंग्रह 18:39 · नेपाली बाइबल

हे परमेश्वर, तपाईंले मलाई शक्तिशाली बनाउनु भयो, युद्धमा तपाईंले मेरो शत्रुहरूलाई मेरो अघि झुकाउनु भयो।

Cross references

2 शमूएल 22:40

परमेश्वर, तपाईंले मलाई युद्धको निम्ति शक्तिशाली बनाउनु भयो तपाईंले शत्रुहरूलाई मेरो समक्ष भगाउनुभयो।

1 इतिहास 22:18

दाऊदले ती अगुवाहरूलाई भने, “साच्चै नै परमप्रभु तिमीहरूका साथ हुनुहुन्छ। अनि उहाँले तिमीहरूलाई राजनीतिक शान्ति दिनुभएको छ। किनभने उहाँले यस भूमि निवासीहरूलाई परास्ता गर्न मलाई सहायता गर्नु भएकोछ अब परमप्रभु र उहाँका मानिसहरूले यस भूमिमाथि अधिकार गर्नेछन्।

भजनसंग्रह 18:32

परमेश्वर मलाई शक्ति प्रदान गर्नु हुन्छ। उहाँले मलाई चोखो जीवन जिउन सहायता गर्नुहुन्छ।

भजनसंग्रह 34:21

तर दुष्टहरूलाई संकष्ट र दुःखले मार्ने छन्। असल मानिसहरूका शत्रुहरू ध्वंश हुने नै छन्।

भजनसंग्रह 66:3

उहाँको कार्यहरू कति अदूभूतपूर्ण छन् भन! परमेश्वर, तपाईंको शक्ति महान् छ। तपाईंका शत्रुहरू झुक्दछन्। तिनीहरू तपाईंसँग डराउँदछू!

हितोपदेश 8:36

तर जसले मेरो बिरूद्ध पाप गर्छ, उसले आफैंलाई हानी पुर्याँउछ। जसले मलाई घृणा गर्छ उसले मृत्युलाई प्रेम गर्छ।”

यशैया 45:14

परमप्रभुले भन्नुहुन्छ, “मिश्र र कूश धनी छन् तर इस्राएल, तिमीले ती धनहरू पाउनेछौ। शबाईका अग्ला मानिसहरू तिम्रा हुनेछन्। तिनीहरूको गर्दन वरिपरि बाँधिएको साङ्गलोसितै तिनीहरू तिम्रो पछि पछि हिंडनेछन्। तिनीहरू तिमी समक्ष झुक्नेछन्। अनि तिनीहरूले तिमीसित प्रार्थना गर्ने छन्।” अनि त्यहाँ अन्य कोही परमेश्वर हुनेछैन्। इस्राएलका, परमेश्वर तिमीसँग हुनुहुन्छ।

विलाप 5:5

हामीलाई भञ्जयाङमा जुवा बोकेर लैजान जोर गरिइएकोछ। हामी थकित छौं र हामीलाई विश्राम छैन।

इजकिएल 30:24

म बाबेलको राजाको हातहरू शक्तिशाली बनाउँछु। म आफ्नो तरवार उसको हातमा दिन्छु। तर म फिराऊनको हात भाँचिदिन्छु। त्यस बेला फिराऊन पीडाले चिच्याउने छ, राजाको चिच्याई एउटा मर्न आँटेको मानिसको जस्तो हुनेछ।

यूहन्ना 15:23

जसले मलाई घृणा गर्दछ, उसले मेरो पितालाई पनि घृणा गर्दछ।

1 कोरिन्थी 15:25

जब सम्म परमेश्वरले जम्मै शत्रुहरूलाई ख्रीष्टको पाउमुनि दवाएर राख्नु हुँदैन त्यतिज्जेल सम्म ख्रीष्टले राजाले झैं शासन चलाउनु पर्छ।

एफिसी 1:22

परमेश्वरले हरेक कुरालाई ख्रीष्टको अधीनमा राखिदिनु भयो अनि मण्डलीको हरेक कुरामा उहाँले ख्रीष्टलाई नै सर्वोच्च अधिकारी बनाउनु भयो।

Interlinear

Choose Theme