यो भूमि इस्राएलको शासकको सम्पत्ति हुन्छ। यस्तो प्रकारले शासकले मेरो मानिसहरूको भावी जीवन कष्टमय बनाउन आवश्यक पर्दैन। तर त्यो भूमि इस्राएलीहरूको निम्ति तिनीहरूको परिवार समूहलाई दिइन्छ।”
Cross references
यहोशूले इस्राएलको सम्पूर्ण भूमिलाई परमप्रभुले मोशालाई धेरै अघि भन्नु भए कै तरीकामा आफ्नो अधिकारमा लिए। अनि यहोशूले इस्राएलका कुल समूहहरूमा ती भूमिहरू विभाजन गरे। आखिरमा, युद्ध अन्त भयो अनि त्यो भूमिमा शान्ति कायम भयो।
यसरी अगुवाहरूले भूमि विभाजन गर्ने अनि विभिन्न कुल समूहलाई ती प्रदान गरिने कार्य पूर्ण गरे। तिनीहरूले कार्य समाप्त गरिसके पछि इस्राएलका समस्त मानिसहरूले नूनका छोरा यहोशूलाई पनि केही भूमि प्रदान गर्ने निश्चय गरे। तिनलाई प्रतिज्ञा गरिएको भूमि यो थियो।
जब एउटा शासकको विवेक हुदैन त्यहाँ धेरै अत्याचार हुन्छ, तर जसले भ्रष्टचारको उपायबाट कमाएको धनलाई घृणा गर्छ उसले लामो शासन गर्नेछ।
त्यस बालकले परमप्रभुलाई आदर गरेर आनन्दित हुनेछ। त्यस बालकले अनुहार हेरेर इन्साफ गर्ने छैन्। सुनेको कुराको आधारमा उनले न्याय गर्नेछैन्।
यो कुरा ध्यान दिएर सुन जो म भन्छु। राजा सदाचारी हुनु पर्छ जसले दया ल्याउन सक्छ। अगुवाहरूले मानसिहरूलाई नेतृत्व दिंदा निष्पक्ष निर्णय लिनु पर्छ।
तिमीमा अहिले काँसा छ, “म सुन ल्याई दिनेछु। तिमीसँग अहिले फलाम छ, म तिमीलाई चाँदी ल्याई दिनेछु। म तिम्रो काठलाई काँसा बनाई दिनेछु। म दण्डलाई शान्तिमा परिवर्तन गरिदिने छु। जब मानिसहरूले तिमीलाई चोट पुर्याउँछ तर अहिले मानिसहरूले तिमीलाई राम्रो व्यवहार गर्नेछन्।
तिम्रो आँखाहरूले तिमीलाई के लाभदायक छ त्यो मात्र देख्छ। तिमी निर्दोष मानिसहरूलाई मार्न, मानिसहरूलाई टुहनु र चक्नाचूर पार्न मात्र चिन्ता गर्छौ।
परमप्रभु भन्नुहुन्छ, “अब समय आइरहेछ कि म दाऊदको कुलमा एउटा धार्मिक शाखा स्थापित गर्नेछु। उसको ज्ञानले शासन चलाउनेछ र धर्म र न्याय गर्नेछ।
ती डमरूहरूमध्ये एउटालाई त्यसले हुर्काई। त्यो एउटा शक्तिशाली बलियो सिंह बनियो। त्यसले शिकार गर्न सिक्यो। त्यसले एउटा मानिसलाई मार्यो अनि खायो।
उसले महलहरूमा आक्रमण गर्यो, उसले शहरहरू नष्ट पार्यो। त्यो देशको प्रत्येक मानिस त्यति बेला साह्रै डराउँथे जतिबेला त्यसको गर्जन सुन्थे।
“‘हेर! यरूशलेममा प्रत्येक शासकले आफूलाई शक्तिशाली बनाएकोछ जसद्वारा तिनीहरूले अन्य मानिसहरूलाई मार्न सक्छन्।
“‘यरूशलेमका बूढा-प्रधानहरू आफूले पक्रेका पशुहरू खाँदै गरेका ब्वाँसाहरू जस्तै छन्। बूढा-प्रधानहरू फायदा लिनको लागि मानिसहरूलाई आक्रमण गर्छन् अनि मार्छन्।
अनि शासकले मानिसहरूको जमीनको कुनै पनि भाग लिँदैन अनि तिनीहरूलाई जमीन छोड्न बाध्य पनि गर्दैन। उसले आफ्नो जमीनको केही भाग आफ्नो छोराहरूलाई दिनु पर्छ। यस्तो प्रकारले हाम्रो मानिस आफ्नो जमीनबाट वंचित हुनुको लागि विवश गरिने छैनन्।”
फेरि मैले भनें, “हे याकूबका अगुवाहगरु, अब सुन्। इस्राएलको शासकहरु तिमाहरुले न्याय के हो सो जान्नु पर्छ।
इस्राएलमा बाँचेकाहरूले नराम्रो काम गर्नेछैनन्, तिनीहरूले झूटो बोल्ने छैनन्। तिनीहरूलो झूटो बोलेर मानिसहरूलाई ठग्ने छैनन्। तिनीहरू त्यो भेडा जस्तै हुनेछन् जुन खाए पछि शान्तसंग सुतिबस्छ, कसैले पनि तिनीहरूलाई सताउँने छैन।”
तर तिमीहरूले गरीब मानिसप्रति सम्मान देखाउँदैनौ। अनि तिमीहरू जान्दछौ कि धनी मानिसहरू ती मानिसहरू हुनु जसले सदैव तिमीहरूलाई आफ्नो वशमा राख्ने कोशिश गर्छन्। अनि ती मानिसहरूनै हुन् जसले तिमीहरूलाई न्यायलय तिर पुर्याउँछन्।
तिमी धनी मानिसहरू, सुन! विलाप गर अनि अत्यन्त शोकाकुल बन किनभने तिमीहरूमाथि अनेक आपतहरू आई पर्नेछ।
तब मैले खोलिएको स्वर्ग देखें। मेरो सामुन्ने एउटा सेतो घोडा थियो। घोड सवारलाई विश्वासी अनि सत्य भनिन्छ। तिनी ठीक न्याय गर्छन् अनि साँचो लडाँई लडाउँछन्।