Home Bibles ☰ Books जकरिया 1:21 · नेपाली बाइबल
जकरिया 1:21 · नेपाली बाइबल

मैले उहाँलाई सोधें, “यी चारजना कारीगरहरु किन आएकाछन्?” उहाँले भन्नुभयो, “यी सींङहरु जसले यहूदालाई तितर बितर बनाए ता कि एउटै मानिसले पनि आफ्नो शिर खडा गर्दैनन्, तर यी कारीगरहरु ती देशहरु जसले यहूदा भूमिलाई छरपष्ट पार्न सींङहरु खडा पारे ती देशहरुलाई डर देखाउँन अनि तिनीहरुको सींङहरु फ्याँकिदिन आएका हुन्।”

Cross references

भजनसंग्रह 75:4

“कतिपय मानिसहरू अत्यन्त अंहकारी हुन्छन्।

भजनसंग्रह 75:10

म दुष्ट मानिसहरूको शक्ति खोसेर लानेछु, अनि धर्मी मानिसहरूलाई शक्ति प्रदानगर्नेछु।

विलाप 2:17

परमप्रभुले त्यही काम गर्नुभयो जो उहाँले परिकल्पना गर्नुभएको थियो। उहाँले त्यही काम गर्नुभयो जो उहाँले हामीहरूलाई गर्छु भन्नु भएको थियो। वहाँले त्यहि गर्नु भयो जो धैरे समय वहाँले गर्नु चाहानुहुन्थ्यो। उहाँले कुनै दया नदेखिाईकन ध्वंश गर्नु भयो। तिम्रो यो अवस्था देखेर तिम्रो शत्रुहरू अत्यन्तै खुशी भए। उहाँले तिम्रो शत्रुहरूलाई अत्यन्तै बलियो बनाउनुभयो।

दानियल 12:7

“त्यो मानिस जसले मलमलको लुगा लगाएको थियो अनि नदीको वहावको विरूद्ध उभिएको थियो उसले आफ्नो दुवै हात आकाश पट्टि उठायो। मैले त्यस मानिसलाई अमर परमेश्वरको नाउँ प्रयोग गरेर एउटा शपथ गर्दै गरेको सुनें। उसले भन्यो, ‘यो साँढे तीन वर्षको निम्ति हुनेछ। पवित्र मानिसको शक्ति घट्ने छ अनि यी सबै कुराहरू एकदमै समाप्त हुन्छन्।’

जकरिया 1:19

अनि मैले मसंग कुरा गर्ने स्वर्गदूतलाई सोधें, “यी सींङहरुको दर्शन के हो?”उनले भने, “यी ती सींङहरु हुन् जसले इस्राएल, यहूदा अनि यरूशलेमका मानिसहरुलाई छरपष्ट पारेका थिए।”

Interlinear

Choose Theme