Cross references
जब यहोशू यरीहोको नजिक थिए उनले माथितिर हेरे अनि आफ्नो अघि एकजना मानिसलाई उभिरहेको देखे। त्यो मानिसको हातमा एउटा तरवार थियो। यहोशू त्यस मानिसकहाँ गए र सोधे, “तपाईं हाम्रा मानिसहरूको मित्र हुनुहुन्छ, अथवा शत्रु?”
अश्शूरका राजा तिग्लत पिलेसेर इस्राएलको विरोधमा युद्ध गर्न आए। इस्राएलका राजा पेकह भएको समय थियो। तिग्लत पिलेसेर इय्योन, आबेल-बेत्माका, यानोह, केदेश, हासोर, गिलाद, गालील अनि नप्तालीका सबै क्षेत्रहरू वसमा लिए। तिग्लत पिलेसेरले ती ठाउँहरूबाट मानिसहरू बन्दीको रूपमा अश्शूर लगे।
एलाका छोरा होशेले सामरियामा इस्राएलमाथि शासन शुरू गरे। यो समय यहूदाका राजा आहाजको शासनकालको 12 औं वर्ष थियो। होशेले नौ वर्ष शासन गरे।
अश्शूरका राजा शल्मनेसेर सामरियाको विरोधमा युद्ध गर्न गए। उनको सैनिकले शहरलाई घेरे यो घटना यहूदाका राजा हिजकियाहको शासन कालको चौथो वर्षमा भयो। एलाका छोरा होशे इस्राएलका राजा भएको सातौ वर्ष पनि थियो।
यहोयाकीमको समयमा बाबेलका राजा नबूकदनेसर यहूदा देश आए। यहोयाकीमले तीन वर्षसम्म नबूकदनेस्सरको सेवा गरे। तब यहोयाकीम नबूकदनेसरको विरोधमा गए अनि उनको शासनबाट स्वतन्त्र भए।
हे राजा! तपाईं महान राजा, राजाहरूको पनि राजा हुनुहुन्छ, जसलाई स्वर्गका परमेश्वरले राज्य, सामर्थ्य, अधिकार अनि मान दिनु भएको छ।
तब मैले चारवटा ठूल्ठूला पशुहरू समुद्रबाट बाहिर आइरहेको देखें। तिनीहरू चार विभिन्न प्रकारका पशुहरू थिए।
मैले माथि आँखा उठाएर हेरें, ऊलै नदीको किनारमा साँढ भेडो उभिरहेको थियो। त्यसका दुइवटा लामो सींङहरू थिए एउटा भन्दा अर्को लामो थियो। लामो सींङ पछि उम्रेको थियो।
“‘ऊ धेरै धन सम्पत्ति लिएर आफ्नो देश फर्कने छ। फेरि त्यो पवित्र वाचा प्रति नराम्रो कर्म गर्ने निर्णय लिनेछ। उसले आफ्नो योजना अनुसार काम गर्नेछ अनि आफ्नो देश फर्कनेछ।
तब मैले माथि हेरें अनि एउटा मानिसलाई नाप्ने फिता लिएको देखें।
तब म उँभो हेर्दै फर्किएँ अनि मैले एटा उड्दै गरेको पत्रको मुट्ठो देखें।
त्यस समयमा मसंग कुरा गरिरहेका स्वर्गदूत बाहिर गए। उनले मलाई भने, “हेर अनि निरीक्षण गर के भइरहेछ।”
तब मैले मेरो आँखा खोलें अनि दुईजना स्त्रीहरु तिनीहरुको पंखेटाले हावामा बाहिर उड्दै गरेको देखें। तिनीहरुको पंखेटाहरु सारसको जस्तै थिए। तिनीहरुले बाल्टी उठाए अनि यसैसित निरन्तर हावामा उडिरहे।