Home Bibles ☰ Books रूथ 4:2 · नेपाली बाइबल
रूथ 4:2 · नेपाली बाइबल

तब बोअजले केही गवाहीहरू भेला गरे। बोअजले शहरका दशजना अगुवाहरूलाई भेला गरे। तिनले उनीहरूलाई भने, “यहाँ बस्नु होस्।” यसर्थ तिनीहरू बसे।

Cross references

प्रस्थान 18:21

तर तिमीले ती मानिसहरू मध्ये कोही मानिसहरू न्यायधीश र अगुवाहरू हुने पनि रोज्नु पर्छ।“जसमाथि भरोसा गर्न सक्छौ त्यस्ता असल मानिसहरूलाई छान जो परमेश्वरको सम्मान मान्छन्। यस्ता मानिसहरूलाई रोज जो पैसामा आफ्नो निर्णय परिवर्त्तन गर्दैनन्। अनि यी मानिसहरूलाई मानिसहरूमाथि शासकहरू नियुक्त गर। एक हजार, एक सय, पचास अनि दश मानिसहरूका समूहहरूका शासकहरू हुनु पर्छ।

प्रस्थान 21:8

यदि मालिकले विवाह गर्ने योजनामा कमारी किन्छ तर उसित खुशी हुँदैन भने उसको बाबुलाई त्यो कमारी केटी किन्न दिनुपर्छ। त्यो मालिकले अरूलाई बेच्नु हुँदैन किनभने उसले त्यस कमारीलाई धोका दिएको छ।

व्यवस्था 25:7

यदि मानिसले आफ्नो दाज्यू-भाइकी पत्नीलाई राख्न चाहँदैन भने दाज्यूकी पत्नीले शहरको सभा घरमा अगुवाहरू अघि जानु पर्छ। अनि तिनेले बूढा-प्रधानलाई भन्नु पर्छ, ‘मेरो मृत पति दाज्यू-भाइले आफ्नो दाज्यू-भाइको नाउँ इस्राएलमा जीवित राख्न चाँहदैनन्। मेरो मृत लोग्नेको दाज्यू-भाई भएको नातले ऊ आफ्नो कर्त्तव्य मसँग पूरा गर्न चाँहदैन।’

व्यवस्था 29:10

“आज तिमीहरू सबै जना परमप्रभु तिमीहरूका परमेश्वर अघि उभिरहेका छौ। तिमीहरूका अगुवाहरू, मुखियाहरू, बूढा-प्रधानहरू तथा इस्राएलका सबै बासिन्दाहरू यहाँ छन्।

व्यवस्था 31:28

तिमीहरूका कुल समूहका सबै अगुवाहरू र बूढा-प्रधानहरूलाई लिएर आऊ। म तिनीहरूलाई यी सबै कुराहरू बताउनेछु अनि पृथ्वी र स्वर्गलाई तिनीहरूको विरूद्धमा साक्षी बस्न लगाउने छु।

1 राजा 21:8

तब ईजेबेलले केही पत्रहरू लेखिन्। उनले पत्रमा आहाबको नाउँमा सही गरिन्। उनले पत्रहरू बन्द गर्नका लागि आहाबको मोहर प्रयोगगरिन्। त्यसपछि उनले अगुवाहरू र विशेष मानिसहरूलाई पत्र पठाइन् जो नाबोत बसेकै शहरमा बस्ने गर्दथे।

हितोपदेश 31:23

उनका पतिलाई सबैले आदर गर्छन् किनभने तिनी त्यस ठाउँका नेताहरूमा एक हुन्।

विलाप 5:14

बूढा-प्रधानहरू शहरका मूल ढोकाहरूमा भेला हुन छाडीदिए। जवान मानिसहरूले संगीत बजाउन छाडीदिए।

प्रेरित 6:12

यसो गरेर तिनीहरूले मानिसहरू, अग्रज यहूदी अगुवाहरू र शास्त्रीहरूलाई उक्साए (चम्काए) तिनीहरू क्रूद्ध भए अनि तिनीहरू आएर स्तिफनसलाई समाते अनि तिनीहरूले उनलाई यहूदी सभाघरमा यहूदीहरूका सभामा उपस्थित गराएर।

Interlinear

Choose Theme