उनका पतिलाई सबैले आदर गर्छन् किनभने तिनी त्यस ठाउँका नेताहरूमा एक हुन्।
Cross references
“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको प्रत्येक शहरमा न्यायकर्त्ता तथा अधिकारीहरू हुने मानिसहरूलाई रोज। प्रत्येक कुल समूहले यस्तो गर्नुपर्छ। यी मानिसहरू निष्पक्ष न्याय गर्ने योग्य हुनुपर्छ।
तब माता-पिताले उसलाई शहरको सभा घरमा बूढा-प्रधानहरूको अघि लैजानु पर्छ।
बोअज त्यो स्थानमा गए जहाँ शहरद्वारको नजिक मानिसहरू भेला हुन्छन्। बोअजका नजिकको आफन्त पार नभएसम्म बोअज त्यहाँ बसे। बोअजले उनीहरूलाई भने, “यहाँ आऊ साथी! यहाँ बस।”
यसर्थ समस्त मानिसहरू अनि अगुवाहरू जो शहरद्वारको छेउमा थिए, साक्षी भए। तिनीहरूले भने,“मेरो परमप्रभुले यो स्त्रीलाई, जो तिम्रो घरमा आउँदै छिन्, तिनलाई राहेल अनि लेआ जस्तै तुल्याउन्। जसले इस्राएलको वंश निर्माण गरे। तिमी इस्राएलमा शक्तिशालि बन। बेतलेहेममा प्रसिद्ध बन।”
त्यस्ता दिनहरू थिए जब म शहरको द्वारमा जान्थें अनि शहरका मुखियाहरूसँग सभा-गृहमा बस्दथें।
एक योग्य पत्नी आफ्नो पतिको निम्ति शिरको मुकुट हो, तर पति माथि अपमान ल्याउने गृहिणी लोग्नेको शरीरमा मककाउँदै गरेका हड्डीहरू जस्तै हो।
मूर्ख मानिसले ज्ञान के हो बुझ्न सक्तैन शहरको फटकमा बसेर कुनै महत्वपूर्ण विषयमा तर्क गरिरहेको समय मूर्ख मानिसले केही बोल्न सक्तैन।-23-