“आज तिमीहरू सबै जना परमप्रभु तिमीहरूका परमेश्वर अघि उभिरहेका छौ। तिमीहरूका अगुवाहरू, मुखियाहरू, बूढा-प्रधानहरू तथा इस्राएलका सबै बासिन्दाहरू यहाँ छन्।
Cross references
होरेब पर्वतमाथि परमप्रभु तिमीहरूका परमेश्वरको अघि उभिएको दिन सम्झना गर। त्यस समय परमप्रभुले मलाई भन्नुभयो, ‘मेरो कुरा सुन्न मानिसहरू भेला गर, तब तिनीहरूले मलाई सम्मान गर्न सिक्ने छन् जबसम्म तिनीहरू पृथ्वीमा बाँच्छन्। अनि तिनीहरूले आफ्ना छोरा-छोरीहरूलाई मेरो इज्जत गर्न सिकाउने छन्।’
पुरूष, स्त्रीहरू, साना-साना नानीहरू र तिमीहरूका शहरहरूमा बस्ने विदेशीहरूलाई एकसाथ भेला गर। तिनीहरूले व्यवस्था सुनेर परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्नु सिकनेछन् अनि उपदेशमा भनिएको सबै कुराहरू गर्नु सक्षम हुनेछन्।
इस्राएलका समस्त मानिसहरू त्यहाँ भेला भएका थिए। सबै स्त्रीहरू, केटा-केटीहरू अनि सबै विदेशीहरू त्यहाँ थिए जो इस्राएलका मानिसहरूसित बस्थे। अनि यहोशूले प्रत्येक आज्ञा पढे जो मोशाले दिएका थिए।
यसर्थ तिनीहरूलाई जीवित रहन देऊ। तर तिनीहरू हाम्रा सेवक हुनेछन्। तिनीहरूले हाम्रो निम्ति दाउरा काट्नेछन् अनि हाम्रा सबै मानिसहरूका निम्ति पानी बोक्ने छन्।” यसर्थ ती अगुवाहरूले ती मानिसहरूसित गरेका प्रतिज्ञा भङ्ग गरेनन्।
शीलोमा परमप्रभु शमूएलकहाँ प्रकट हुनु भयो। उहाँ आफै शमूएलको अघि परमप्रभुको वचन जस्तै प्रकट हुनु भयो।
इस्राएलभरी शमूएलको विषयमा समाचार फैलिन थाल्यो। तर एली भने साह्रै बुढो भइसकेका थिए। तर उनका छोराहरूले भने अझै पनि परमप्रभुका अघि दुष्ट कार्य गरिनै रहे।त्यस समय, इस्राएलीहरू पलिश्तीहरूका विरूद्धमा युद्ध गर्नको निम्ति तयार भए। इस्राएलीले एबेन-एजेरमा छाउनी हाले अनि पलिश्तीहरूले अपेकमा छाउनी हाले।
यहूदाका समस्त मानिसहरू तिनीहरूका बालकहरू, पत्नीहरू अनि छोरा-छोरीहरू परमप्रभुको सामुन्ने उभिए।
तब यहोयादाले सबै मानिसहरू अनि राजासित एक करार बाँधे। तिनीहरू सहमत भए कि तिनीहरू सबै परमप्रभुका मानिस हुनेछन्।
तब राजा योशियाहले यहूदा अनि यरूशलेमका सबै अग्रज मानिसहरूलाई आउनु अनि तिनीसित भेट्नु भनी बोलाए।
यसर्थ पूजाहारी एज्राले व्यवस्थाको पुस्तक समूहको समक्ष ल्याए, जो पुरूष अनि स्त्री दुवै, हरेक जसले सुनेका कुरा बुझ्न सक्थे तिनीहरूद्वारा गठन भएको थियो। यो सातौं महीनाको पहिलो दिन थियो।
अब, यो महीनाको चौबीसौं दिनमा इस्राएलका मानिसहरू उपवास बसे एकत्रित भए र भागङ्गरा लगाए अनि तिनीहरूले आफै माथि धूलो हाले।
यी सबै हुँदाहुँदै पनि हामी लिखित रूपमा बाचा बाँध्छौं।
बाँकीरहेका मानिसहरू, पूजाहारीहरू लेवीहरू, द्वारपालहरू, गायकहरू, मन्दिरका सेवकहरू, परमेश्वरको व्यवस्था पालन गर्नको निम्ति वरिपरि भूमिका मानिसहरू बाट स्वयंलाई पृथक गरेका मानिसहरू, तिनीहरूका पत्नी र छोरा छोरीहरू, बुझ्न सक्ने सबै जना तिनीहरूका आफन्त,
मानिसलाई भेला गर। त्यो विशेष सभाकोलागि उनीहरुलाई बोलाऊ। तिमीले बूढा-प्रधानहरु अनि नानीहरुलाई भेला गर। त्यो दुधे-बालकलाई पनि लिएर आऊ, नयाँ दुलहा-दुलहीलाई सिधै तिनीहरुको कोठाबाट बोलाऊ।
तब समस्त मानिसहरु गुफाहरुमा अनि पर्वतका चट्टानहरुमुनि लुके। त्यहाँ संसारका राजाहरु, शासकहरु, सेनाध्यक्षहरु, अनि शक्ति सम्पन्न मानिसहरु थिए। हरेक मानिस, दास अनि मुक्त सबैले स्वयंलाई लुकाए।
अनि मैले ती महान अनि साधारण मानिसहरु जो मरिसकेका थिए, सिंहासन अघि उभिएका देखें। अनि त्यो जीवनको पुस्तक खोलियो। त्यहाँ अन्य पुस्तकहरु पनि खुल्ला थिए। यी मरेका मानिसहरुलाई तिनीहरुले गरेका कर्महरुको आधारमा जुन ती किताबरुमा लेखिएका थिए न्याय गरियो।