Home Bibles रूथ 4:10 · नेपाली बाइबल
रूथ 4:10 · नेपाली बाइबल

म मेरी पत्नी बनाउनका निम्ति, महलोनकी विधवा पत्नी, रूथलाई पनि किनी रहेछु। म यसो गर्दैछु ताकि त्यो मृत मानिसको सम्पत्ति उसको आफ्नै परिवारमा रहन्छ। यस प्रकारले मृत मानिसको नाउँ आफ्ना परिवार अनि आफ्नो देशबाट अलग हुनेछैन। आज तपाईंहरू यसको साक्षी हुनुहुन्छ।”

Cross references

उत्पत्ति 29:18

याकूबले राहेललाई माया गर्दथ्यो। याकूबले लाबानलाई भने, “म सात वर्ष सम्म तपाईंको सेवा गर्छु यदि तपाईंले आफ्नी छोरी राहेलसित मेरो विवाह गर्ने अनुमति दिनु भयो भने।”

उत्पत्ति 29:27

विवाह-भोजको हप्ताहभरि उसित बस अनि तिमीलाई राहेलसित पनि विवाह गर्ने अनुमति दिन्छु। तर तिमीले अझै सात वर्ष मेरो सेवा गर्नु पर्छ।”

उत्पत्ति 38:9

ओनानलाई थाहा थियो तामार र ऊबाट जो नानीहरू हुन्छन् ती सबै उसका हुँदैनन्। ओनानले तामारसित सहवास गर्यो। तर उनले आफ्नो गर्भधारण हुन दिएन।

व्यवस्था 25:6

त्यसपछि उसले जन्माएको पहिलो छोराले आफ्नो मृत पिताको स्थान ओगट्नु पर्छ। तब मरेको दाज्यूको नाउँ इस्राएलबाट कहिल्यै नमेटियोस्।

यहोशू 7:9

कनानी मानिसहरू अनि यो देशका अन्य सबै मानिसहरूले जे भयो त्यस बारे सुन्ने छन्। तब तिनीहरूले हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई मार्नेछन्। तब तपाईंको महान नाउँको रक्षा गर्नका निम्ति तपाईं के गर्नु हुनेछ?”

भजनसंग्रह 34:16

तर परमप्रभु ती मानिसहरूका विरूद्ध हुनुहुन्छ जसले नरम्रा कामहरू गर्छन्। उहाँले तिनीहरूलाई पूर्ण प्रकारले ध्वंश पारिदिनु हुन्छ!

भजनसंग्रह 109:15

भरोसा छ परमप्रभुले ती पापहरू कहिल्यै बिर्सनु हुनेछैन। अनि शत्रुलाई पूर्ण प्रकारले भुल्नलाई परमप्रभुले मानिसहरूलाई वाध्य गर्नु हुनेछ।

हितोपदेश 18:22

जसले पत्नी भेटूछ उसले उत्तम कुरो भेटूयो। परमप्रभुबाट उसले अनुग्रह प्राप्त गरेको छ।

हितोपदेश 19:14

धन सम्पत्ति तथा घर आफ्नो आमा-बाबुबाट पाइन्छ, तर विवेकशील पत्नी चाहिँ परमप्रभुबाट आउँछे।

हितोपदेश 31:10

असल पत्नी पाउँन अतिनै गाह्रो हुन्छ किनभने एउटी आदर्श पत्नी, बहूमुल्य रत्नहरू भन्दा पनि मूल्यवान हुन्छे।

यशैया 8:2

मैले केही मानिसहरू जम्मा गरें जसलाई मेरा विश्वासयोग्य साक्षीहरू मान्न सकिन्छ। यी मानिसहरू येबेरक्याहका छोरा ऊरियाह र जकर्याह पूजाहारी थिए। तिनीहरूले मलाई शब्दहरू लेख्दै गरेको देखे।

यशैया 48:19

यदि तिमीहरूले मेरो कुराहरू मानेको भए तिमीहरूले धेरै छोरा छोरीहरू पाउने थियौ। तिनीहरू बालुवाका कणहरू जस्ता हुने थिए। यदि तिमीले मेरा आज्ञा पालन गरेको भए, तिमीहरू नाश हुने नै थिएनौ।” तिमीहरू लगातार मसँग नै हुने थियौ।”

होशे 3:2

यसैकारण मैले गोमेरलाई पन्ध्र सिक्क चाँदी र नौ बुशलजौ दिएर किनेर ल्याएँ।

होशे 12:12

“याकूब आरामको खेतमा भागेर गए। यस जग्गामा इस्राएलले पत्नीको निम्ति काम गरेको थियो। स्वास्नी पाउनको निम्ति उसले भेडाहरूको हेरचाह गर्यो।

जकरिया 13:2

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस समय पृथ्वीबाट सबै मूर्तिहरू हटाईदिनेछु। मानिसहरूले तिमीहरूको नामहरू पनि याद राख्ने छैनन्, म झूटा अगमवक्ता अनि अशुद्ध आत्मालाई पृथ्वीबाट हटाई दिनेछु।

मलाकी 2:14

तिमीहरू सोध्छौ, “हाम्रो भेटीहरू परमप्रभुले किन स्वीकार गर्नु भएन? किनभने तिमीहरूले गरेका नराम्रा कामहरू परमप्रभुले देख्नु भएको छ, उहाँ तिमीहरूको बिरूद्धसाक्षी हुनुहुन्छ। उहाँले देख्नुभएको छ, तिमीहरूले आफ्नो पत्नीलाई ठगी रहेछौ। तिमीहरूले त्यस स्त्रीसित तिमी जवान हुँदा नै बिवाह गरेको थियौ। ऊ तिम्रो प्रियसीथिई। त्यस समय तिमीले बैवाहिक करार गर्यौ अनि ऊ तिम्री पत्नी भई। तर तिमीले उसलाई ठग्यौ।

एफिसी 5:25

पतिहरू हो, आफ्ना पत्नीलाई प्रेम गर जस्तो ख्रीष्टले मण्डलीलाई प्रेम गर्नु भयो। ख्रीष्टले मण्डलीको निम्ति प्राण दिनुभयो।

हिब्रू 13:4

सबैका बीचमा विवाहचाहिं आदरणीय होस्। विवाहलाई दुईजना बीचमा पवित्र राख्नु पर्छ। जसले यौन-पाप र व्यभिचार गर्छ त्यसलाई परमेश्वरबाट अपराधीलाई जस्तो न्याय गरिन्छ।

Interlinear

Choose Theme