Home Bibles उत्पत्ति 29:27 · नेपाली बाइबल
उत्पत्ति 29:27 · नेपाली बाइबल

विवाह-भोजको हप्ताहभरि उसित बस अनि तिमीलाई राहेलसित पनि विवाह गर्ने अनुमति दिन्छु। तर तिमीले अझै सात वर्ष मेरो सेवा गर्नु पर्छ।”

Cross references

उत्पत्ति 2:2

परमेश्वरले आफूले गर्दै गरेको काम पूरा गर्नुभयो। यसर्थ, सातौं दिनमा परमेश्वरले आफ्ना कामहरुबाट विश्राम लिनुभयो।

उत्पत्ति 8:10

नूहले अझै सात दिन पर्खेर फेरि त्यस ढुकुरलाई जहाजबाट बाहिर उडाइदिए,

उत्पत्ति 29:20

याकूबले सात वर्षसम्म लाबानको सेवा गर्यो तर उनले राहेललाई अत्यन्तै माया गरेकोले सात वर्ष समय बिताउन केही गाह्रो परेन।

उत्पत्ति 31:41

बीस वर्षसम्म कमारा झैं तिम्रो सेवा गरें। पहिलो चौध वर्ष तिम्री दुइवटी छोरीहरूको निम्ति अनि पछिको छ वर्ष तिम्रो वस्तुहरू पाउनको निम्ति खटें। अनि त्यस समयमा तिमीले मेरो ज्याला दश पल्ट हेरफेर गर्यौ।

लेवी 18:18

“जब तिम्री स्वास्नी अझै जीवित नै छिन् भने तिमीले उसकी दिदी बहिनीसित सहवास गर्नु हुँदैन, आफ्नी स्वास्नी जीवित रहे उसकी बहिनीलाई बिहे गर्नु हुँदैन कारण ती दिदी-बहिनीमा शत्रुता हुन्छ।

न्यायकर्ता 14:10

शिमशोनका बाबु ती पलिश्ती केटीलाई हेर्न झरे। दुलहाहरूको दस्तूर अनुसार भोज दिनु आवश्यक थियो। यसर्थ शिमशोनले त्यहाँ एउटा भोज दिए।

न्यायकर्ता 14:12

तब शिमशोनले ती तीस मानिसहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्न चाहन्छु। यो भोज सात दिनसम्म रहने छ। त्यो समय भित्र उत्तर पाउने कोशिश गर। यदि तिमीहरूले अड्कोको उत्तर त्यो समय भित्र दियौ भने म तिमीहरूलाई तीसवटा मलमलको कमेज अनि तीस जोर लाउने लुगाहरू दिनेछु।

मलाकी 2:15

परमेश्वर चाहनु हुन्छ पत्नीहरू एक शरीर अनि एक आत्माहुन्। किन? जसबाट उसको नानीहरू पवित्र होस्। यसकारण त्यो आत्मीय एकताको रक्षा गर। आफ्नी पत्नीलाई नठग। त्यो तिम्री पत्नी त्यही बेला देखि भई जति बेला तिमी जवान थियौ।

1 तिमोथी 6:10

पैसा प्रतिको प्रेमले हर प्रकारको खराबीलाई सृष्टि गर्छ। कसैले त सत्य विश्वासलाई नै त्यागिसकेकाछन् किनभने तिमीहरूमा धेरैभन्दा धेरै धन संग्रह गर्ने प्रबल इच्छा थियो। तर त्यसो गरेर तिनीहरूले आफैलाई घोर दुःख अनि अफसोसमा पारेकाछन्।

Interlinear

Choose Theme