Home Bibles भजनसंग्रह 109:15 · नेपाली बाइबल
भजनसंग्रह 109:15 · नेपाली बाइबल

भरोसा छ परमप्रभुले ती पापहरू कहिल्यै बिर्सनु हुनेछैन। अनि शत्रुलाई पूर्ण प्रकारले भुल्नलाई परमप्रभुले मानिसहरूलाई वाध्य गर्नु हुनेछ।

Cross references

व्यवस्था 32:34

परमप्रभु भन्नुहुन्छ, ‘म त्यस दण्डलाई साँच्दैछु। मैले यसलाई मेरो भण्डारमा जम्मा गरेको छु।

अय्यूब 18:17

पृथ्वीमा भएका मानिसहरूले उसलाई सम्झने छैनन्। कसैले उसलाई एकैपल्ट पनि संम्झने छैन।

भजनसंग्रह 34:16

तर परमप्रभु ती मानिसहरूका विरूद्ध हुनुहुन्छ जसले नरम्रा कामहरू गर्छन्। उहाँले तिनीहरूलाई पूर्ण प्रकारले ध्वंश पारिदिनु हुन्छ!

भजनसंग्रह 34:17

परमप्रभुलाई प्रार्थना गर र उहाँले सुन्नु हुनेछ। उहाँले तिमीहरूका सबै संकष्टहरूबाट बचाउनु हुनेछ।

भजनसंग्रह 51:9

मेरो पापहरू तपाईं नहेर्नु होस्! ती सबै मेटी दिनुहोस्!

भजनसंग्रह 90:8

तपाईं हाम्रो सबै पापहरू जान्नु हुन्छ। हे परमेश्वर, तपाईंले हाम्रो गुप्त पापहरू सबै देख्नुहुन्छ।

भजनसंग्रह 109:13

मेरो शत्रुहरूलाई पूर्णरूपले ध्वंश गर्नोस्। अर्को आउने त्यसको सन्तानले चारैतिर बाट नाउँ सम्म हटाई दियोस्।

यशैया 65:15

तिमीहरूको नाउँ मेरा दासहरूकालागि एक नराम्रो शब्द हुनेछ।” परमप्रभु मेरो मालिकले तिमीहरूलाई मार्नु हुन्छ अनि उहाँले आफ्ना दासहरूलाई नयाँ नाउँले डाक्नु हुन्छ।

यर्मिया 2:22

तिमीले आफ्नो शरीर धेरै साबुनहरू दलेर खारयुक्त पानीले नुहाए पनि, अझ म तिम्रा अपराधहरूको दाग देख्नु सक्छ।” यो सन्देश मेरा मालिक परमप्रभुबाट आँउछ।

होशे 7:2

तर म तिनीहरूका सबै दुष्टकाम याद राख्दछु भनी तिनीहरू आफ्ना हृदयमा विचार गर्दैनन्। अब तिनीहरूको आफ्नै कालले तिनीहरूलाई घेरेर राखेको छ। ती कामहरू मेरै सामने छन्।

आमोस 8:7

परमप्रभुले ‘याकुब गर्व नामक आफ्नो नाम प्रयोग गर्नु भयो र शपथ लिनुभयो, “म उसको कर्म कदापि भुल्ने छैन।”

Interlinear

Choose Theme