म केही जाँन्दिन म के गरिरहेछु। किनकि म केही जान्दिँन म के गर्न चाहन्छु। यसको सट्टामा म त्यही गर्छु जुन कुरो म गर्न घृणा गर्छु।
Cross references
“तपाईंका मानिसहरूले तपाईंका विरूद्धमा पाप गर्नेछन्। म यो जान्दछु किनभने प्रत्येक मानिसले पाप गर्छ। तब तिनीहरूसँग तपाईं क्राोधित हुनुहुनेछ र तपाईंको क्रोधद्वारा। तपाईंले तिनका शत्रुहरूलाई तिनीहरूमाथि विजय हासिल गराउनु हुनेछ। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बन्दी बनाउने छन् अनि टाढा नजीक कतैं अर्को जग्गामा राख्नेछन्।
किन? किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ, तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।
हे परमप्रभु, कसैले पनि आफ्ना सबै भूलहरू देख्न सक्तैनन्। यसैले मलाई गुप्ती पापहरू गर्न नलगाउनु होस्।
राती उसले दुष्ट योजना तयार पार्दछ। ऊ उठ्छ तर राम्रो काम गर्दैन। तर उसले अधर्म गर्नलाई नाइँनास्ति गर्दैन।
जब हाम्रा पापहरू यति विघ्न बोझिला हुन्छन् तब तपाईंले ती पापीहरू लैजानुहुन्छ।
मानिसहरू जसले परमप्रभुलाई प्रेम गर्दछ उसले दुष्टतालाई घृणा गर्छ। परमेश्वरले धूर्तहरूबाट उहाँका भक्तजनहरूलाई बचाउँनु हुँदछ।
म आफू समक्ष कुनै मूर्तिहरू राख्ने छैन, म त्यस मानिसलाई घृणा गर्नेछु जो तपाईंको विरूद्ध जाँन्छ। म त्यस्तो गर्नेछैन!
शुद्ध जीवन जिउने मानिसहरू खुशी हुन्छन्। ती मानिसहरूले परमप्रभुको उपदेशहरू पछ्याउँदछ।
म खुशीले तपाईंको आज्ञाहरू पालन गर्नेछु। परमप्रभु, तपाईंका आज्ञाहरूले मलाई आनन्द दिन्छ।
हेर्नुहोस्, म तपाईंको आज्ञाहरू मन पराउँछु। तपाईंको धार्मिकतामा मलाई बाँच्न दिनुहोस्।
तपाईंका शिक्षाहरूले मलाई ज्ञानी बनाउँदछ, यसैले म झूटा शिक्षाहरूलाई घृणा गर्दछु।
हे परमप्रभु, म त्यस्ता मानिसहरूलाई घृणा गर्छु, जो तपाईं प्रति पूर्ण रूपले विश्वासी छैनन्। तर म तपाईंको शिक्षाहरू मन पराउँछु।
म खुब होशियारीसँग तपाईंको आज्ञाहरू पालन गर्छु। म झूटो शिक्षाहरूलाई घृणा गर्दछु।
म झूटाहरूलाई घृणा गर्दछु! म तिनीहरूलाई तिरस्कार गर्दछु! तर परमप्रभु म तपाईंको शिक्षाहरू मन पराउँछु।
परमप्रभुको डर मान्नु नै दुष्टतालाई घृणा गर्नु हो। अभिमान, अहंकार, कुटिल व्यवहार अनि छलपूर्ण बोलीलाई म घृणा गर्छु।
धर्मी मानिसहरूले झूटलाई घृणा गर्छन्। तर दुष्ट मानिसहरूले शर्मलाग्दो अनि बेइज्जतीपूर्ण व्यवहार गर्छन्।
वास्तवमा यस संसारमा कोही असल मानिस छैन जसले असल कुरा मात्र गर्छ र दुष्ट काम कहिले गर्दैन।
खराबीलाई घृणागर अनि भलाईलाई प्रेम गर। न्यायलयमा न्यायमा फर्कार्इ ल्याऊ, तब सम्भव छ कि सर्वशक्तिमान परमप्रभु परमेश्वरले यूसुफको कुलमा बाँचेकामानिसहरुलाई राम्रो गर्नुहुनेछ।
परमप्रभु असल हुनुहुन्छ! उहाँ कष्टको समयमा सुरक्षित स्थान हुनुहुन्छ। उहाँमाथि भरोसा गर्नेहरुको उहाँले हेरचाह गर्नु हुन्छ।
यसैले यो सिद्ध हुन्छ कि तिमीहरू तिम्रा पुर्खाहरूले गरेका कर्महरूमा सहमत भइरहेकाछौ। तिनीहरूले अगमवक्तहरूको हत्या गरे अनि तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ।
यदि मैले नचाहेको काम गरे भने म व्यवस्था राम्रो छ भनेर मान्छु।
आफूले चाहेको असल कुरा पनि म र्गदिनँ। त्यसको बदली गर्न नचाहेको नराम्रो कुरा चाहिं म गर्छु।
तिमीहरूको प्रेम शूद्ध हुनुपर्छ। ती कुराहरूलाई घृणा गर जुन कुरामा दुष्ट्याइँ छ। असल कुराहरू मात्र गर।
यी चिजहरूमा तिम्रो विश्वास परमेश्वर र आफूमाझ राख्नु पर्छ। अपराध बोध नगरी आफूले उचित ठहरयाएको काम गर्ने मानिस धन्य हो। उसलाई परमेश्वरबाट आशिष, प्रदान गरिन्छ।
हाम्रो पापपूर्ण स्वभावले यस्तो कुरो चाहन्छ जुन आत्मा विरुद्ध हुन्छ। अनि आत्माले चाँहि यस्तो कुरो चाहन्छ जुन हाम्रो पापपूर्ण स्वभावको विरूद्ध हुन्छ। यी दुइ कुराहरू एक अर्कोको विपरीत छन्। यसैकारण तिमीले साँच्चै गर्नु चाहेको कुरो गर्न सक्तैनौ।
परमेश्वरले मलाई चाहे जस्तै म भइसकेको छु भन्ने मेरो भनाई होइन। म त्यस लक्ष्यमा पुग्न सकेको छैन। तर त्यहाँ पुग्नु र लक्ष्य हासिल गर्न म निरन्तर चेष्टा चलाई रहेकोछु। ख्रीष्टले पनि त्यही चहानु हुन्छ र मलाई उहाँको आफ्नु बनाउनु भयो।
तर परमेश्वरको सुदृढ घडेरी सुदृढ नै रहिरहन्छ। त्यस घडेरीमा यी शब्दहरू लेखिएका छनः “प्रभु आफ्ना मानिसहरूलाई चिन्नुहुन्छ।”अनि यी शब्दहरू पनि लेखिएका छन् “प्रत्येक मानिस जसले प्रभुमा विश्वास छ भन्ने दावा गर्छ उसले पापपूर्ण कार्य गर्नु छोडनु पर्छ।”
तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ अनि दुष्टलाई घृणा गर्नुहुन्छ, त्यसैले हे परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई तपाईंको साथीहरूलाई दिएको भन्दा महान आनन्द दिनु भएको छ।”
हामी सबैले अनेकौ गल्तीहरू गर्छौं। यदि कसैले कहिल्यै पनि कुवचन बोलेनौं भने त्यो पक्का मानिस बन्नेछ। उ आफ्ना सम्पूर्ण सरिरलाई नियन्त्रणमा राख्न समर्थ हुनेछन्।
परमेश्वर ज्योतिमा रहनु हुन्छ। हामी पनि ज्योतिमा बस्नुपर्छ। यदि हामी ज्योतिमा बस्यौं भने हामी एक अर्कोमा सङ्गतिको सहभागी हुन्छौ। अनि जब हामी ज्योतिमा बस्छौं, येशूको रगतले हामीलाई सम्पूर्ण पापबाट धुन्छ।
तिमीहरु तिनीहरुलाई आगोबाट खोस। तर खुबै सावधान बन जब तिमी अन्य मानिसहरुलाई सहायता गर्छौ। तिनीहरुका वस्त्र समेतलाई घृणा गर जुन पापले फोहोर भएका छन्।