Home Bibles यहूदा 1:23 · नेपाली बाइबल
यहूदा 1:23 · नेपाली बाइबल

तिमीहरु तिनीहरुलाई आगोबाट खोस। तर खुबै सावधान बन जब तिमी अन्य मानिसहरुलाई सहायता गर्छौ। तिनीहरुका वस्त्र समेतलाई घृणा गर जुन पापले फोहोर भएका छन्।

Cross references

लेवी 13:47

“जब कुनै लुगामा, त्यो लुगा ऊनी अथवा सूती जे होस्,

लेवी 13:48

कुनै बुनेको सूती अथवा ऊनी अथवा छालाको कुनै पनि चीज होस् यदि त्यसमा ढुस्सी पलायो भने र

लेवी 14:47

यदि कुनै मानिस त्यस घरमा सुते उसले आफ्नो लुगा धुनुपर्छ। यदि कसैले त्यस घरभित्र खाए पनि उसले आफ्नो लुगा धुनुपर्छ।

लेवी 15:17

लुगा अथवा छाला जसमा वीर्य झर्छ धुनु पर्छ अनि ऊ बेलुकीसम्म अशुद्ध रहनेछ।

हितोपदेश 7:8

त्यो केटो त्यस्तै एउटी स्त्रीको घरको छेउबाट गइरहेको थियो। उ उसको घरको दिशातिर अगि बढिरहेको थियो।

यशैया 64:6

हामी सबै पापले अशुद्ध भएका छौं। हाम्रा असल कामहरू पनि शुद्ध छैनन्। तिनीहरू रगतका दागहरू भएका लुगाहरू जस्ता छन्। हामी ओइलएर झरेका पातहरू झैं छौं। हाम्रा पापहरूले हामीलाई बतासले झैं उडाइलैजानेछ।

विलाप 4:14

अगमवक्ताहरू र पूजाहारीहरू अन्धा मानिस सरह गल्लीहरूमा हिंङ्दथे। तिनीहरू रगतले लत्‌पत् भएका थिए। एका अर्कामा लुगा छुन पनि घिनाउँथे।

आमोस 4:11

“मैले जसरि सदोम र गमोरालाई नष्ट परेकोथिएँ। त्यसरिनै तिमीहरुलाई नष्ट पारें। तिमीहरु आगोबाट निकलेको धुवाँसित बल्दैगरेको दाउरा जस्तै छौ। तर पनितिमीहरु मकहाँ सहायताको निम्ति आएनौ।” परमप्रभु भन्नुहुन्छ।

जकरिया 3:2

त्यससमय परमप्रभुका स्वर्गदूतले भने, “ए शैतान परमप्रभुले तँलाई हकारुन्। परमप्रभुले तँलाई अपराधी घोषित गरुन्। परमप्रभुले यरूशलेमलाई आफ्नो विशेष शहर चुन्नु भएकोछ। यो एउटा जल्दै गरेको आगोबाट निकालिएको अगुल्टो होइन र?”

रोमी 11:14

म आशा गर्छु कि म आफ्नै मानिसहरूलाई इर्ष्यालु बनाउन सक्छु। त्यस्तै प्रकारले म आशा गर्छु म तिनीहरूमा कतिपयलाई उद्धार गर्न सक्छु।

1 कोरिन्थी 3:15

तर त्यो भवन जल्यो भने, उसले नोक्सान खप्नु पर्नेछ। उसलाई बचाइनेछ तर उ आगोबाट फुत्के झैं हुनेछ।

1 कोरिन्थी 5:3

म शरीरमा तिमीहरूसित छैन तर आत्मामा म तिमीहरूसितै छु। अनि मैले त्यस मानिसलाई अधिबाटै न्याय गरिसकेको छु जसले यो यौन पाप गरेको छ। म आफू उसित भएकै जस्तो मैले उसलाई न्याय गरी सकेकोछु।

1 कोरिन्थी 5:9

मैले आफ्नो पत्रमा तिमीहरूलाई व्यभिचारको संगतदेखि अलग बस्नु भनेर लेखेको थिएँ।

1 कोरिन्थी 15:33

भ्रममा नपरः “खराब संगतले असल बानी नष्ट गर्छ।”

2 कोरिन्थी 7:10

परमेश्वरले चाहनु भए जस्तो पीरले एक व्यक्तिको हृदय र जीवनमा परिवर्त्तन ल्याउँछ। यसले मानिसलाई मुक्ति तर्फ डोरयाउँछ र हामी त्यसको लागि कुनै पीर मान्दैनौं। तर संसारिक शोकले मृत्यु गराउँछ।

2 थिस्सलोनिकी 3:14

यदि कसैले यस पत्रद्वारा दिएको आदेश नमाने त्यसलाई याद गरिराख। त्यससित सम्बन्धै नराख जसमा कि त्यो लज्जित होस्।

1 तिमोथी 4:16

आफ्नो जीवनको र आफ्नो शिक्षणको ध्यान राख। उचित रूपले जीवन जिउँदै अनि शिक्षा दिंदै जाऊ। तब तिमीले आफैलाई अनि तिम्रा शिक्षा सुन्नेहरूलाई बचाउनेछौ।

प्रकाश 3:4

तर सार्डिसको तिमीहरुसित तिमीहरुको समूहमा कोही मानिसहरु छन् जसले तिनीहरु स्वयंलाई स्वच्छ राखेका छन्। ती मानिसहरु मसित हिडेनेछन्। तिनीहरुले सेतो वस्त्र पहिरिने छन् किनभने तिनीहरु त्यसका योग्य छन्।

प्रकाश 3:18

म तिमीहरुलाई आगोमा शुद्ध पारिएको सुन मेरोबाट किन्ने सल्लाह दिन्छु। तब तिमीहरु साँच्चै धनवान हुन सक्ने छौ। म तिमीहरुलाई यो भन्दैछु। तिमीहरुको लज्जास्पद औ नग्नता ढाक्नु सेतो बस्त्र मबाट किन, अनि आँखामा लाउने औषधि किन। तब तिमीहरु साँच्चै देख्न सक्नेछौ।

Interlinear

Choose Theme